8 years ago
September 21, 2016
हाम्रो खेलकुद – स्पेनिश ला लिगा अन्तर्गत आज राति (नेपाली समयानुसार विहान १:४५बजे) हुने खेलमा बार्सिलोना र एट्लेटिको म्याड्रिड भिड्दै छन्।
चार खेलमा नौ अंक बोकेर लिगको तेश्रो स्थानमा रहेको बार्सिलोना ८ अंक जोडेको पाँचौ स्थानको एट्लेटिको म्याड्रिडसंग ‘क्याम्प नउ’मा खेल्दै छ। नवप्रवेशी क्लब अलाभेससंग २-१को हार व्यहोरेपछि सम्हालिएको बार्सिलोना एट्लेटिकोलाई पराजित गर्दै दोश्रो स्थानमा पुग्ने दाउमा छ। यता एट्लेटिको पनि लगातार दुइ जित दर्ता गरेसंगै उत्साहित देखिएको छ।
बार्सिलोनाको लागि नयाँ खेलाडी स्यामुएल उम्टिटि मैदानमा हुने छैनन् भने एट्लेटिकोका सरसी, मोया र टियागो चोटका कारण मैदान बाहिर रहनेछन् ।
यी दुइ टोलीबीचको पछिल्लो छ खेलमा बार्सिलोना पांच पटक विजय भएको छ भने एट्लेटिकोले एक खेल जितेको छ। पछिल्लो खेलमा बार्सिलोना एट्लेटिकोसंग २-१ ले पराजित भएको थियो। सो खेलमा दुवै गोल एट्लेटिकोका एन्टोईन ग्रिज्मनले गरेका थिए।
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]