8 years ago
September 21, 2016
इंगल्याण्डको लिग कप मंगलबार राति भएको खेलमा चेल्सीले अतिरिक्त समयमा गोल गर्दै लेस्टरलाई ४-२ ले पराजित गरेको छ।
शिंजी ओकाजाकीले पहिलो हाफमा दुइ गोल गरेपछि चेल्सी दुइ गोलले पछि परेको थियो। तर, ग्यारी केहिलले ४५औं मिनेटमा गोल गर्दै चल्सिलाई खेलमा फर्काएका थिए।दोश्रो हाफको सुरुवातमै सेजर एज्पिलीक्वेटाले गोल गर्दै खेललाई बराबरीमा ल्याए। खेलको अन्त्यतिर लेस्टरका मर्सिन वाजिलेविसकीले रातो कार्ड पाएका थिए।
निर्धारित ९०मिनेटको खेल सकिएपछि थप ३० मिनेटको सुरुवातमै सेस फेब्रिग्यासले दुइ गोल गरे। उनले दोश्रो र चौथो मिनेटमा गोल गर्दै चेल्सीको जित सुनिश्चित गरेका हुन्।
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]