4 years ago
December 17, 2020
एजेन्सी – फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले १० खेलाडीमा समेटिएको लोरिएन्टमाथि सहज जित हात पारेको छ ।
दोस्रो हाफमा केलियन एमबाप्पे र मोइस किनले गोल गरेपछि पीएसजीले लोरिएन्टलाई २–० ले पराजित गरेको हो । घरेलु मैदानमा बल पोजेसनमा बलियो पकड बनाएपनि गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो ।
४९औं मिनेटमा केलियन एमाबाप्पेलाई फल गरेपछि एन्ड्रिउ ग्राभिलियनले पेनाल्टी बक्समा सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिदा पीएसजीले पेनाल्टी पाएको थियो । जसमा एमबाप्पे आफैले गोल गर्दै पीएसजीलाई १–० को अग्रता दिलाए ।
५३औं मिनेटमा एमबाप्पेले सुवर्ण अवसर खेर फाल्दा पीएसजी अग्रता दोब्बर पार्नबाट चुक्यो ।५७औं मिनेटमा लोरिएन्टका गोलरक्षक नार्डीले राफिन्हा र फ्लोरेन्जीको दोहोरो बचाउ गर्दै थप गोल टारे । ६०औं मिनेटमा राफिन्हाको पासमा मोइस किनले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे ।
६४औं मिनेटमा पीएसजीका गोलरक्षक सर्जियो रिकोले योआने विसाको प्रहारलाई बचाउदा लोरिएन्टले गोलअन्तर घटाउन सकेन । त्यसपछि पनि दुवै टोलीले गोलका केही प्रयास गरेपनि थप गोल निस्कन नसक्दा पीएसजी विजयी हुन सफल भयो ।
यो जितसँगै पीएसजी १५ खेलबाट ३१ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ । शीर्षस्थानको लिलको ३२ अंक छ । पराजित लोरिएन्ट ११ अंक जोडेर १८औं स्थानमा छ ।
February 8, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सर्वाधिक सफल टोली मध्येको एक नेपाल पुलिस क्लब यसपटक पनि सेमिफाइनलमा प्रवेश गरेको छ। आहा राराको जारी २४ औं संस्करणको पहिलो क्वाटरफाइनलमा शनिवार ब्रिगेड ब्वाइज एफसीलाई २-० ले हराउँदै पुलिस अन्तिम चारमा पुगेको हो।पुलिसलाई जित दिलाउन विवेक पाण्डे र कप्तान राम वाजीले गोल गरे। विवेकले २८ औं […]
February 8, 2025
पोखरा (हाम्रो खेलकुद)- १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत व्हिल चियर तथा दृष्टिविहीन दौड प्रतियोगिता सम्पन्न भएको छ। पोखरा रंगशालामा आज भएको पुरुष व्हिल चियर २ किलोमिटर दौडमा सन्तोष कार्कीले पहिलो भए। उनले ९ मिनेट ५१. २० सेकेन्डको टाईमिङमा दौड पूरा गरे। दीपक आले मगर १० मिनेट ०१. ३६ सेकेन्डमा निर्धारित दूरी तय गर्दै […]
February 8, 2025
पोखरा (हाम्रो खेलकुद)- २४ औंआहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा आज सुरु हुँदैछ। पहिलो क्वाटरफाइनलमा आहा राराको सर्वाधिक सफल सफल टोली मध्येको एक नेपाल पुलिस क्लबले पहिलो पटक सहभागी ब्रिगेड ब्वाइज क्लब युकेको सामना गर्दैछ। पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ। पुलिस क्लब पहिलो खेलमा आयोजक सहारा क्लबलाई १-० के हराउँदै अन्तिम […]