default_image

8 years ago

September 19, 2016

प्रशिक्षक के.सी: प्रतिद्वन्दी कम्जोर भएर फराकिलो जित निकल्न सफल

113 views

0 Bookmark

नेपालको रुस्लान थ्रीस्टार क्लबले भारतको सिलोङमा जारी ६४ औ संस्करणको बोर्डोलोई ट्रफी फुटबल प्रतियोगितमा विजयी सुरुवात गरेको छ । लिग चरणको आफ्नो पहिलो खेलमा थ्रीस्टारले नागाल्याण्डको बारक फुटबल क्लबलाई ६–१ गोल अन्तरले पराजित गरेको हो ।

meghraj-kc

जितपछि खेलाडीको प्रर्दशनमा प्रशिक्षक मेघराज केसी खुसी देखिए । ‘पहिलो म्याच अवश्य पनि गाह्रो हुन्छ, तर थपिएका दुई नयाँ खेलाडीले पनि राम्रो खेले ।’ उनले भने ‘प्रतिद्वन्दी कमजोर भएकाले त्यही अनुसार फराकिलो जित निकाल्न सफल भयौ । खेलाडीको प्रर्दशनबाट म खसी छु ।’ ६ बर्ष अघि थ्रीस्टारलाई प्रतियोगिताको उपविजेता बनाएका मेघराज केसीले टिममा विस्तारै सेटिङ मिल्दै गएको बताए ।

‘टिम विस्तारै बलियो बन्दै छ । खेलाडीको क्षमतामा निखार आउदै छ, अर्को खेलमा हामी अझ राम्रो खेल्नेछौ’ उनले भने । बढी कन्फिडेन्ट भएर पहिलो हाफमा केही गल्ति दोहरिएपनि दोस्रो हाफपछि खेलाडीले सुधारिएको प्रर्दशन गरिएको उनको भनाई छ ।

स्रोत: एनएसजीएफ

March 15, 2025

चर्च ब्वाइजलाई मेचीनगर गोल्डकपको उपाधि

हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]

March 15, 2025

महिला फुटबल- भरतपुर २४ विजयी

सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]

March 15, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको नयाँ च्याम्पियन

दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]

Success

Thank you for your time.