default_image

9 years ago

September 8, 2015

प्रशिक्षक प्याट्रीक ओजेम्सद्वारा औपचारिक प्रशिक्षण सुरु

104 views

0 Bookmark

२२ भाद्र | हाम्रो खेलकुद

नवनियुक्त प्रशिक्षक प्याट्रिक ओजेम्सले नेपाली राष्ट्रिय टिमको प्रशिक्षण सुरु गरेका छन्| भारतविरुद्धको खेलका लागि ३० जनाको सुचिमा पर्न सफल खेलाडीलाई मात्र आजको प्रशिक्षणमा सहभागि दराइएको छ|

Nepali national team training

एन्फाका अनुसार राष्ट्रिय लिगको खेल हेरेर प्रशिक्षकले आफुलाई चाहिने खेलाडी बोलाउन सक्नेछन्| राष्ट्रिय लिग यहि भाद्र २८ गतेदेखि सुचारु हुँदैछ| पुर्व प्रशिक्षक ध्रुव कसी अब सल्लाहाकारका रुपमा काम गर्नेछन् भने हरि खड्का सहायक प्रशिक्षक रहनेछन्|

यस सुचिमा सन्तोष साहुखल र दिनेश राजवंशी, जो यसअघि राष्ट्रिय टोलीमा अटाएका थिए, संलग्न छैनन्| साहुखल व्यक्तिगत कारणले पहिलाको प्रशिक्षणमा पुर्ण संलग्न हुन सकेनन् भने दिनेश घाइते छन्|

प्रशिक्षणमा  बोलाईएका खलाडीहरु:  किरण कुमार लिम्बु, विकेश कुथु, रितेश थापा, विराज महर्जन, रोहित चन्द, सागर थापा, सन्दिप राई, रन्जित धिमाल, अनन्त तामागं, आदित्य चौधरी, अजित भण्डारी, रबिन श्रेष्ठ, जितेन्द्र कार्की, विक्रम लामा, विशाल राई, भोलानाथ सिलवाल, जगजित श्रेष्ठ, सुशील केसी, श्याम नेपाली, राजु तामागं, हेमन्त थापा मगर, विश्वास श्रेष्ठ, रञ्जन विष्ट, जुमानु राई, अनिल गरुङ, भरत खवास, नवयुग श्रेष्ठ, विमल घर्ती मगर, भरत शाह र  अञ्जन विष्ट

November 23, 2024

चेल्सीले लेस्टरलाई हरायो

एजेन्सी – इङ्लिस प्रिमियर लिगमा शनिवार चेल्सीले लेस्टर सिटीलाई २-१ ले पराजित गरेको छ। निकोलस ज्याक्सन र एन्जो फर्नान्डेजको गोल चेल्सी विजयी भएको हो। प्रिमियर लिगमा चेल्सीको यो सिजनमा यो छैटौं जित हो। किङ्स पावर स्टेडियममा चेल्सीले सुरुआतदेखि नै घरेलु टाेली लेस्टरमाथि दबदबा कायम राखेको थियो। १५औं मिनेटमै फर्नान्डेजकै क्रसमा ज्याक्सनको गोलमा चेल्सी अग्रता लियो । ७५औं मिनेटमा […]

November 23, 2024

सरस्वती क्लबले थ्री बाइथ्री स्ट्रिट विश्व फुटबल च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले थ्री बाइ थ्री स्ट्रिट विश्व फुटबल च्याम्पियनसिप खेल्ने भएको छ । ‘बी’ डिभिजन सरस्वती क्लबको प्रतिनिधित्व गर्दै पानमा नेपालका खेलाडीले चीनको क्विन्डहोमा मंसिर ११ देखि १६ गतेसम्म हुने च्याम्पियनसिप खेल्न लागेको हो । विश्व फुटबल महासंघ (फिफा) अन्तर्गत आइएसएफएले सञ्चान गर्ने यस च्याम्पियनसिपमा आयोजक चीनसहित २४ देशको सहभागिता […]

November 23, 2024

रोनाल्डोको गोलको बाबजुद अल नासारको हार

एजेन्सी – अग्रता जोगाउन नसक्दा साउदी प्रो लिगमा अल नासार पराजित भएको छ। अल कादसियाले अल नासरविरुद्ध २-१ ले जित निकालेको छ । किङ्ग साउदी युनिभर्सिटी स्टेडियममा शुक्रवार अल नासरले सुरुवाती अग्रता लिएको थियो । खेलको ३२औं मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गर्दै अल नासरलाई अग्रता दिलाए। तर, त्यसको ५ मिनेटपछि अल कादसियाका जुलियन क्विनोन्सले […]

Success

Thank you for your time.