4 years ago
November 30, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली १३ ‘ए’ डिभिजन क्लबले दिएको क्लब लाइसेन्सको आवेदनलाई खारेज भएपनि सन् २०२१ मा ती क्लबले एसियली फुटबल महासंघ (एएफसी) ले आयोजना गर्ने कुनै पनि प्रतियोगितामा लिन नपाउने भएका छन् ।
सन् २०२१ का ‘ए’ डिभिजन क्लबका १३ टोली क्लब लाइसेन्सका लागि आवश्यक मापदण्ड पुरा गर्न नसकेकै कारण एफसीले सबैको आवेदन खारेज गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । गत वर्ष पनि एएफसीले नेपाली क्लबहरुको आवेदनलाई खारेज गरेको थियो ।
एएफसीको फस्र्ट इन्स्टेन्स बडी (एफआइबी) ले नेपाली क्लबको डकुमेन्टको आधारमा यो निर्णय गरेको एन्फाले जनाएको छ । क्लब लाइसेन्स पाउन नसकेपछि नेपाली क्लबले २०२१ मा पनि एएफसीका कुनैपनि प्रतियोगिता खेल्न पाउने छैनन् ।
२०२० मा पनि सबै क्लबको आवेदन खारेज हुदा नेपाली क्लब एएफसीको प्रतियोगिता खेल्नबाट वञ्चित बनेको थियो । ‘ए’ डिभिजनमा १४ क्लव रहेपनि सरस्वती युथ क्लव ‘बी’ डिभिजनमा घटुवा हुदा आवेदन दिएको थिएन । अन्यको कागजपत्र पर्याप्त नभएको भनिएको छ ।
क्लब लाइसेन्सिङको मापदण्ड पुरा नगरेपनि गत वर्ष सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबले एफसी कप खेल्न पाएको थियो । तर पछि एएफसीले एन्फालाई १० हजार अमेरिकी डलर जरिवाना गरेको थियो । क्लब लाइसेन्स नभएकै कारण ए डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लबले एएफसी कपको छनोट चरण खेल्न पाएन ।
एएफसीले त्रिभुवन आर्मी क्लवले एएफसी लाइसेन्सका लागि गरेको प्रयासको भने तारिफ गरेको छ । एएफसीले क्लब लाइसेन्सको लागि मुख्य गरी ५ बुँदे मापदन्ड तोकेको छ । तीन बुँदाभित्र १९ वटा सहायक बुदा छन् । जसमा क्लबहरुको स्पोर्टिङ गतिविधि, एकेडेमी, खेलाडी, प्रशिक्षक र अफिसियल अनुबन्ध लगायत छन् । अर्को कानूनी प्रक्रिया हो । यस्तै क्लबको वार्षिक बजेट, अडिट रिपोर्टदेखि कर चुक्ताको प्रमाण पनि पेश गर्नुपर्नेछ ।
क्लबहरुको आफ्नै रंगशाला हुनुपर्ने, एकेडेमी, खेलाडीको होस्टेल, प्रशिक्षणस्थल रहनुपर्ने मापदण्ड छ । यस्तै क्लबको आफ्नै युथ स्तरका दुई टिम र ग्रासरुट कार्यक्रमहरु समावेश गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।
May 16, 2025
एजेन्सी – बार्सिलोनाले विहीबार रातको खेलमा छिमेकी प्रतिद्वन्द्वी एस्पान्योललाई पराजित गर्दै स्पेनिस ला लिगाको उपाधि पक्का गरेको छ । प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा उपाधि जित्ने क्रममा बार्सिलोनाले एस्पान्योललाई २-० ले पराजित गर्यो । समग्रमा क्याटलान क्लबको यो २८ औं लिग उपाधि हो । बार्साको जितमा लामिन यमाल र फर्मिन लोपेजले १-१ गोल गरे । खेलको […]
May 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पूर्व अध्यक्ष गणेश थापालेअखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभामा सहभागी हुन रोक लगाइएपछि एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङकोविरुद्ध अवहेलनाको मुद्दा दायर गरेका छन् । थापाको मुद्दामा सुनवाइ गर्दै उच्च अदालत पाटनले ७ दिनभित्र लिखित जवाफ दिन बिहीवार एन्फा अध्यक्ष नेम्वाङलाई आदेश दिएको छ । बैशाख २६ गते काभ्रेपलाञ्चोकको धुलिखेलमा भएको […]
May 15, 2025
एजेन्सी – इन्ज्युरी समयमा याकोबो रामोनले निर्णायक गोल गरेपछि रियल म्याड्रिड स्पेनिस ला लिगामा बुधवार मालोर्कालाई २-१ ले हराएको छ । रियलको जितले बार्सिलोनालाई ला लिगाको उपाधि जित्न अझै कम्तीमा एक दिन कुर्न पर्ने भएको छ। हान्सी फ्लिकको टोली बुधवार नखेली च्याम्पियन हुने केहि सेकेन्ड मात्र टाढा थियो । तर बर्नाबेउमा अन्तिम प्रहारजस्तै लागेको गोलले […]