4 years ago
November 29, 2020
एजेन्सी – जर्मन बुन्डेस लिगामा शीर्षस्थानमा रहेको बायर्न म्युनिखले जित दर्ता गर्दा बोरुसिया डर्टमुन्डले हार बेहोरेको छ ।
बायर्नले भिएफबी स्टुटगार्टमाथि उसकै मैदानमा ३–१ को पूनरागमन जित निकालेको हो । बायर्नको जितमा किङ्सले कोमान, रोबर्ट लेवान्डोस्की र डगलस कोस्टाले गोल गरे । घरेलु टोलीका टांगे कोउलीवालीले गरेको गोल सान्त्वना बन्यो ।
शनिबार राति भएको खेलको २०औं मिनेटमा कोउलीवालीले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाएका थिए । उनले सिलास वामाङगीटुका फुन्डुको पासमा गोल गरेका थिए । ३८औं मिनेटमा किङ्सले कोमाले गोल गरेपछि बायर्न खेलमा फर्किएको थियो । उनले थोमस मुलरको पासमा गोल गरेका थिए ।
लगत्तै ३९औंमिनेटमा फिलिप फोर्सटरले गोल गरेपनि भिएआरबाट मान्यता नपाउदा स्टुटगार्ट पुनः अग्रता लिनबाट चुक्यो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा कोमानको पासमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई खेलमा २–१ को अग्रता दिलाए ।
८७औं मिनेटमा लिरोए सानेको पासमा सब्सिच्युट डगलस कोस्टाले गोल गर्दै बायर्नको जित पक्का गरे । कोस्टा ६९औं मिनेटमा कोमानको स्थानमा मैदान छिरेका थिए । यो जितसँगै बायर्न ९ खेलबाट २२ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । पराजित स्टुटगार्ट ११ अंकसहित १०औं स्थानमा छ ।
बुन्डेसलिगाकै अर्काे खेलमा बोरुसिया डर्टमुन्ड घरेलु मैदानमा एफसी कोल्नसँग २–१ ले स्तब्ध बनेको छ । डर्टमुन्डलाई स्तब्ध बनाउन कोल्नका इलयसले दुई गोल गरे । इलयसले नवौं र ६०औं मिनेटमा गोल गरेका थिए ।
थोर्गन हाजार्डले ७४औं मिनेटमा गोल गरेपनि डर्टमुन्डको हार टरेन । यो हारले डर्टमुन्ड १८ अंक जोडेर तेस्रा स्थानमा झर्दा कोल्न ६ अंकसहित १५औं स्थानमा उक्लिएको छ ।
अन्य नतिजा
अग्सवर्गविरुद्ध फ्रेइवर्ग (१–१), आरबी लाइप्जिगविरुद्ध अर्मेनिया बिलेफिल्ड (२–१), युनियन बर्लिनविरुद्ध फ्रान्कफर्ट (३–३), बोरुसिया मोन्चेनग्लाडवाकविरुद्ध साल्के (४–१)
February 4, 2025
एजेन्सी – चेल्सी इंग्लिस प्रिमियर लिग अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । चेल्सीले सोमवार वेष्टहम युनाइटेड २-१ ले हराउँदै अंक तालिकामा म्यानचेस्टर सिटीलाई पछि पारेको छ । १-० ले पछि परेको खेल उल्टाउन चेल्सी सफल रह्यो । चेल्सीको घरेलु मैदानमा भएको खेलको ४२ मिनेटमा जारोर्ड बोवेनको गोलबाा चेल्सीले अग्रता बनायो ।पेड्रो नेटोले ६४ औं […]
February 3, 2025
हिमाल खरेल,बिर्तामोड मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लब झापाको जयपुरमा सुरु आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको उद्घाटन खेलमा झापाको काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३-२ ले हराउँदै नव प्रगति अन्तिम ४ मा पुगेको हो। नव प्रगतिका लागि खेलको तेस्रो मिनेट र ६७ औं मिनेटमा ओसन राईले गोल […]
February 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्नेपाल एपिएफ स्कुल कीर्तिपुर ‘बी’ र नेपाल पुलिस स्कुल साँगा विजयी भएको छ। कीर्तिपुरमा जारी प्रतियोगिताको दोस्रो दिन सोमवार एपिएफ ‘बी’ ले राराहिल मेमोरियल स्कुल कीर्तिपुर लाई ४-१ गोलले पराजित गर्यो । एपिएफ स्कुलका मिसन के.सी, सौभाग्य बुढाथोकी, उत्सव खड्का र सुवायु श्रेष्ठले समान १ गोल गरे । एपिएफका सुवायु […]