10 years ago
September 7, 2015
राजविराज, २० भदौ
राष्ट्रिय स्तरको प्रतियोगिता गराउन सक्ने रंगशालाका रुपमा परिचित सगरमाथा अञ्चलकै एकमात्र रंगशाला राज रंगशाला बेवारिसे अवस्थामा पुगेको छ ।
रंगशालाका संरक्षण र आवश्यक मर्मत सम्भारको अभावनमा सो अवस्थामा पुगेको हो । रंगशालमा २ फिटसम्म पानी जमेर माछा पोखरीको रुपमा परिणत भएको छ । जसका कारण विगत ३ महिनादेखि खेलकुद प्रतियोगिता तथा अभ्यास हुन सकेको छैन ।
२ विघा ७ कठा ४ धुर क्षेत्रफलमा अवस्थीत राज रंगशालामा पानी निकासको उचित ब्यवस्था हुन नसक्दा वर्षायाममा प्रत्येक वर्ष जलमग्न हुने गरे पनि समाधानका लागि कुनै पहल नभएको स्थानिय सरोकार वालाको गुनासो छ ।
प्याराफिट समेत जीर्ण भई जोखिमपूर्ण अवस्थामा पुगेको छ । कराातेका सहायक प्रशिक्षक संजय परियारले जिर्ण प्याराफीट भत्केर दुर्घटना हुन सक्ने औल्याए। सो विषयमा खेलकुद मन्त्री र राष्ट्रिय खेलकुद परिषद्लाई गुहारे पनि आश्वासन बाहेक केही नपाइएको जिल्ला खेलकुद विकास समिति सप्तरीका कार्यालय प्रमुख लक्ष्मण मण्डल बताउछन् ।
२०३६ सालमा तत्कालीन अञ्चलाधीश लक्ष्य बहादुर गुरुङको पालामा निर्माण भएको सो रंगशालाको झण्डै ३ दशक भन्दा बढी समय वितिसक्दा पनि एकपल्ट पनि मरम्मत कार्य हुन सकेको छैन । आर्थिक वर्ष आर्थिक बर्ष २०६८।०६९ देखि लगातार चार पटक रंगशालाको स्तरोन्नतिका लागि योजना बनाए तर केहि हुन नसकेको मन्डल बताएाछन् । राष्ट्रिय खेलकुद परिषद् समक्ष बजेटको माग गरे पनि हालसम्म प्राप्त नभएकाले रंगशालाको दुरावस्था टुलुटुलु हेरेर बस्नु परेको समितिका कार्यालय प्रमुख मण्डलको भनाई छ।
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टिम काठमाडौं रेजर्सले आज जर्सी सार्वजनिक गरेको छ । क्लबका सहमालिक, प्रायोजक र प्रशिक्षक लगायतले जर्सी सार्वजनिक गरे । होम जर्सी सेतो र अवे जर्सी रातो रंगको रहेको छ । जर्सी सार्वजनिक कार्यक्रममा काठमाडौं रेजर्सको सम्पुर्ण टिमको पनि उपस्थिति रहेको थियो । जहाँ काठमाडौंका बेल्जियन […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक आज दोस्रो दिन पनि बस्दैछ। विविधसहित १६ वटा विभिन्न एजेण्डामा तय बैठक छलफल बाँकी नै रहेकाले एन्फाले सोमवार बैठक स्थगित गरेको थियो। आज दिउँसो १:०० बजे बैठक सुरु हुनेछ। आज नै एएफसी एसिया कप छनोटमा नेपालले घरेलु टोली मलेसियाको सामना गर्दैछ । एन्फा बैठकले साधारण […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीले यस पटकको विदेश यात्रामा एउटा इतिहास रचिसकेको छ। नेपालले सिंगापुरलाई शुक्रवार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा १-० हराएको थियो। पुरुष फुटबलमा नेपालले सिंगापुरलाई हराएको र गोल गरेको त्यो पहिलो खेल थियो। जिलेस्पी जंग कार्कीले गरेको अग्रतालाई नेपाली टोली जोगाउन सफल भएको थियो। मुख्य प्रशिक्षक म्याट रोसले टोली सम्हालेयता त्यो पहिलो खेल […]