4 years ago
November 22, 2020
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुदैछ । चोटसँग जुधिरहेको लिभरपुलले लयमा रहेको लेस्टर सिटीसँग प्रतिस्पर्धा गर्दा लिड्स युनाइटेडले आर्सनलसँग खेल्दैछ ।
लिभरपुल र लेस्टर सिटीबीचको खेल एनफिल्डमा राति १ बजे हुनेछ । चोटसँग जुधिरहेको लिभरपुल लेस्टर सिटीलाई हराउदै शीर्षस्थानको टोटेनहमसँगको अंक दुरी बराबरी गर्ने लक्ष्यमा हुनेछ । लिभरपुलको ८ खेलबाट १७ अंक रहेको छ । शीर्षस्थानको टोटेनहमको २० अंक रहेको छ ।
लिभरपुलसँग साडियो माने, रोबर्टाे फिर्मिन्हो, डिएगो जोटा, जर्जिन्हो वाइनाल्डम, जेम्स मिल्नर, एन्ड्रिउ रोबर्टसन, नावी केइटा र गोलरक्षक एलिसन बेकर रहनेछन् । चोटका कारण भर्जिल भान डाइक, जोर्डन हेन्डरसन, थियागो अलकान्तरा, भर्जिल भान डाइक, ट्रेन्ट एलेक्सान्डर अर्नाेल्ड, जोए गोमेज, एलृक्स अक्सलेड चेम्वरलेन र कोरोना संक्रमणका कारण मोहम्मद सलाह टोलीमा हुनेछैनन् ।
यता, लयमा रहेको लेस्टर सिटी चोटिलो लिभरपुललाई हराउदै शीर्षस्थानमा उक्लने दाँउमा हुनेछ । लिभरपुलमाथि जित हात पार्न सके लेस्टरले शीर्षस्थानको टोटेनहमलाई एक अंकले पछि पार्नेछ । लेस्टरको १८ तथा टोटेनहमको २० अंक छ ।
लेस्टरका लागि जेमी भार्डी, जेम्स म्याडिसन, डेनिस प्रायट, जेम्स जस्टिन, युरी टिलेमान्स, टिमोथी कास्टाग्ने, जोनी इभान्स र गोलरक्षक कास्पर रहनेछन् ।
यि दुई टोलीबीचको पछिल्लो १४ भेटमा लिभरपुल ९ खेलमा विजयी भएको छ । २ खेल बराबरीमा सकिदा ३ खेल लेस्टरले आफ्नो पक्षमा पारेको छ । लिभरपुल लेस्टरसँग २०सेप्टेम्वर २०१७ को इएफएल कपमा २–० ले पराजत भएयता अपराजित छ । लिभरपुल सोही अपराजित यात्रालाई निरन्तरता दिने दाँउमा रहँदा लेस्टर लिभरपुललाई हराउने लक्ष्यमा हुनेछ ।
अन्य खेल
फुलहमविरुद्ध एभर्टन (साँझ ५ः१५ बजे), सेफिल्डविरुद्ध वेस्टह्याम (राति ७ः४५ बजे) र लिड्सविरुद्ध आर्सनल (राति १०ः१५ बजे)
February 7, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दुई पटकको च्याम्पियन संकटा क्लबले यसपटक प्रि क्वाटरफाइनलबाट आफ्नो यात्रा सुरु गर्दैछ। पोखरा रंगशाला जारी आहा राराको २४ औं संस्करणको अन्तिम प्रि क्वाटरफाइनलमा आज संकटाले भारत सिक्किमको थन्डरबोल्ट युनाइटेडको सामना गर्नेछ। पछिल्लो ४ वर्षमा दुईपटक च्याम्पियन बनेको संकटा आहामा सर्वाधिक सफल टोली मध्ये चौथोमा पर्दछ। नेपाल […]
February 7, 2025
एजेन्सी – लिभरपुल लिग कपको फाइनलमा प्रवेश गरेको छ । टोटनहमलाई बिहीवार सेमिफाइनलको दोस्रो लेगको ४- ० ले हराएपछि समग्रमा ४-१ को अग्रतासहित लिभरपुल उपाधि नजिक पुगेको हो। सेमिफाइनलको पहिलो लेगमा टोटेनहम १-० ले विजयी भएको थियो। घरेलुु मैदान एनफिल्डमा लिभरपुलका लागि कोडी गाक्पो, मोहमद सलाह, डोमिनिक सबुसलाय र भर्जिल भान डाइकले गोल गरे । गोक्पोले […]
February 7, 2025
एजेन्सी – बार्सिलोना कोपा डेल रेको सेमिफाइनल पुगेको छ । भ्यालेन्सियालाई बिहीवार भएको क्वाटरफाइनलमा ५-० ले हराउँदै बार्सिलोना अन्तिम चारमा पुगेको हो । बार्सिलोनाको जितमा फेरान टोरेसले ह्याट्रिक गरे । फर्मिन लोपेज र लमिन यमालले समान १ गोल गरे । टोरेसले ३० मिनेट भित्र नै ह्याट्रिक पूरा गरे भने बार्सिलोनाले पहिलो हाफमा नै ४-० को […]