default_image

9 years ago

September 15, 2016

गुरुङ्सेनी गर्ल्सद्वारा सहारा एकेडेमीलाई आर्थिक सहयोग

116 views

0 Bookmark

३० भदौ, पोखरा ।

पोखराका गुरुङ युवतीहरुको समुह गुरुङ्सेनी गल्सले सहारा क्लबद्वारा संचालित सहारा एकेडेमीलाई नगद तिस हजार पाँच रुपैयाँ सहयोग गरेको छ ।

gurung seni girls sahara

सहारा क्लबको १८ औं वार्षिकत्सब तथा साधारण सभाको समुद्घाटन समरोह बिच गुरुङ्सेनी गल्सबाट क्लबका अध्यक्ष श्री विरभद्र आचार्यलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।गुरुङ्सेनी गल्सले बिगत केही बर्ष देखि हारेक बर्ष महिलाहरुको बिशेष चाड हरितालिका तीजको अवसरमा दर खाने कार्यक्रमको आयोजना गरी उठेको रकमको फाईदा सामाजिक कार्यहरुमा खर्च गरिदै आइरहेको र यस बर्ष पनि दर खाने कार्यक्रमबाट उठेको फाईदा रकम सहारा एकेडेमीलाई सहयोग दिएको कुरा समुहकी सदस्य नमुना गुरुङ्ले बताउनु भयो । गत बर्ष पनि उक्त समुहले दर खाने कार्यक्रमबाट उठेको फाईदा रकम बृद्धआश्रमलाई सहयोग गरेका थिए ।त्यसै गरी  गएको पुसमा पनि तमु ल्होछारको अवसरमा स्योकै(भोजखाने) कार्यक्रम आयोजना गरि उठेको फाईदा रकम कास्कीको बाटुलेचौर–१६ मा रहेको अन्नपूर्ण बाल आश्रममा रहेका ३१ बालबालिकालाई २५ हजार रुपैयाँ बराबरको ज्याकेट वितरण गरेका थिए ।

पोखरालाई कर्म थलो बनाएर बिभिन्न ब्यवसाय गर्दै आएका युवतीहरुको समुह गुरुङसेनी गल्समा नमुना गुरुङ ,तिर्थ गुरुङ , पुनम गुरुङ ,बबिता गुरुङ ,सुश्मा गुरुङ ,चन्द्र गुरुङ ,धन माया गुरुङ र माया गुरुङ रहेका छन् । महिलाहरुले महिनै भरी पार्टी प्यालेसमा अनावश्यक रुपमा तीज मनाउदै गरेको भन्दै बिरोध जनाइरहदा कार्यक्रमको आयोजना गरेर उठेको रकम सामाजिक कार्यमा खर्च गर्न पाउँदा आफुहरु निकै खुशी भएको कुरा समुहकी अर्की सदस्य तिर्थ गुरुङ्ले बताउनु भयो र आउदो दिनमा पनि यस्तै सहयोग गर्ने वचन पनि दिनु भयो ।

त्यसै गरी  गएको पुसमा पनि तमु ल्होछारको अवसरमा स्योकै(भोजखाने) कार्यक्रम आयोजना गरि उठेको फाईदा रकम कास्कीको बाटुलेचौर–१६ मा रहेको अन्नपूर्ण बाल आश्रममा रहेका ३१ बालबालिकालाई २५ हजार रुपैयाँ बराबरको ज्याकेट वितरण गरेका थिए ।

March 15, 2025

फुटबलर आशिषलाई आर्थिक सहयोग हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद)- चिनियाँ क्लबसँगको‌ मैत्रीपूर्ण खेलका दौरान खुट्टा भाँचिएका नेपाली युवा टोलीका आशिष राईलाई ३ लाख १५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ। चिनियाँ नयाँ वर्षको अवसरमा गत महिना दशरथ रंगशालामा भएको खेलमा आशिषको खुट्टा भाँचिएको थियो। पछि उनको खुट्टाको शल्यक्रिया गरिएको थियो। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा शनिवार पुरुष राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले […]

March 15, 2025

अल-नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

Success

Thank you for your time.