4 years ago
November 13, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशविरुद्ध पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा हार बेहोरेको छ । ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा नेपाल २-० ले पराजित हुँदै बंगलादेशसँग ५ वर्षपछि हार बेहोर्न बाध्य भयो ।
पहिलो हाफमा फितलो प्रदर्शन गरेको नेपालले दोस्रो हाफमा प्रदर्शन सुधारेपनि नतिजा सुम्पन पुग्यो । पहिलो हाफमा १-० ले पछि परेको नेपाल दोस्रो हाफको सुरुवातमा खेलमा फर्कने सम्भावना देखाएपनि काउन्टर अट्याकमा गोल खाँदै हार बेहोर्न पुग्यो । बंगलादेशले दुवै हाफमा १-१ गोल गरेको थियो ।
नेपाल यसअघि सन् २०१५ को डिसेम्बरमा भएको मैत्रीपूर्ण खेलमा बंगलादेशसँग पराजित भएको थियो । बंगबन्धु रंगशालामा नै भएको उक्त खेलमा नेपाल १-० ले हारेको थियो । त्यसयता नेपालले सन् २०१६ गोलरहित बराबरी तथा २०१८ को साफ च्याम्पियनसिपमा २-० को जित दर्ता गरेको थियो ।
झन्डै ८ महिनापछि मैदान फर्केका खेलाडीमा फिटनेसको समस्या पनि देखिएको थियो । एक वर्षपछि राष्ट्रिय टोली खेलमा फर्कंदा नतिजा भने पराजय नै भोग्नुपर्यो । खेलमा नेपालका लागि विकास खवासले सुरुवाती रोजाइमा तथा एरिक विष्ट र दर्शन गुरुङले बेन्चबाट मैदान प्रवेश गर्दै डेब्यु गरे ।
खेलको सातौँ मिनेटमा सुजल श्रेष्ठको कर्नरलाई नेपालले सदुपयोग गर्न सकेन । लगत्तै अर्कोतर्फ विश्वनाथ घोषको लामो थ्रो विकास खवासद्वारा क्लियर भएपनि रिबाउन्डमा आएको बललाई गोलरक्षक तथा कप्तान किरण चेम्जोङले बचाए ।
नवौं मिनेटमा नै बंगलादेशले अग्रता लियो । नविद जीवनले गोल गर्दै गह्रेलु टोलीलाई अग्रता दिलाए । बायाँ विन्ग्समा सादले दुई डिफेन्डरलाई छक्याउँदै दिएको लो क्रसलाई जीवनले पहिलो टचमा नै गोल गर्न सफल भए ।
१४ औं मिनेटमा सुजलकै फ्रिकिकमा बंगलादेशी डिफेन्डरले हेडरमार्फत बल क्लियर गरे । १८ औं मिनेटमा अन्जन विष्टले खोसेको बलमा नवयुगले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन ।
२१ औं मिनेटमा जीवनको क्रसमा किरण चेम्जोङको डाइभ सफल नहुँदा ब्याकपोस्टमा रहेका विकास खवासले गोलको अवसरलाई क्लियर गरेका थिए । २३ औं मिनेटमा विश्वनाथको लामो थ्रोमा टोपू बर्मनको फ्री हेडर बाहिरिँदा बंगलादेश अग्रता दोब्बर गर्नबाट चुक्यो ।
२५ औं मिनेटमा सुजलको पासमा रवि पासवानको प्रहार पोस्टभन्दा माथि गयो । लगत्तै नवयुगले गरेको फितलो प्रहारलाई डेब्यु गरिरहेका गोलरक्षक अनिसुर रहमानले बचाए । २७ औं मिनेटमा माणिक मोल्लाहले गरेको लामो दुरीको प्रहार गोलरक्षक किरणको हातमा लाग्दै क्रसबारमा ठोक्किन पुग्यो ।
सुरुवाती आधा घण्टामा बंगलादेशले एकपछि अर्को आक्रमण बुंदा नेपालले भने बल पोसेसन पनि आफ्नो पक्षमा राख्न संघर्ष गरेको थियो । ३१ औं मिनेटमा सादको क्रसमा जीवनको हाफ भली प्रहार पोस्टभन्दा माथिबाट गयो । ३९ औं मिनेटमा रविको क्रसमा नवयुगको प्रयास सफल हुन नसक्दा फुस्केको बलमा अन्जनको प्रहार गोलरक्षकको हातमा पुग्यो ।
खेलको ४२ औं मिनेटमा विक्रम लामाको स्थान लिँदै एरिकल विष्ट मैदान प्रवेश गरे । विक्रम घाइते भएपछि उनी मिडफिल्ड सम्हाल्न छिरेका थिए । एरिक राष्ट्रिय टोलीमा पहिलो पटकमै डेब्यु गर्न सफल रहे ।
पहिलो हाफमा १-० ले पछि रहेको नेपालले दोस्रो हाफमा नवयुग श्रेष्ठको स्थानमा जर्जप्रिन्स कार्कीलाई मैदान प्रवेश गराएको थियो । दोस्रो हाफको सुरुवातमा नेपालले बलमा पकड जमाउँदै आक्रमणको केहि प्रयास गरेपनि गोलरक्षकमाथि दबाब बनाउन भने असफल रहयो ।
५५ औं मिनेटमा नेपालले खेल बराबरीमा ल्याउने अवसर सदुपयोग गर्न सकेन । जर्जप्रिन्सको क्रसमा रवि पासवानले नियन्त्रणमा लिएर गरेको डिफेन्डरलाई डीफ्लेक्ट हुँदै बाहिरियो । ७१ औं मिनेटमा भरत खवासको प्रयास पोस्टभन्दा माथि जाँदा खेलमा बंगलादेशको अग्रता कायम रहयो ।
७५ औं मिनेटमा बंगलादेशका बर्मनले प्रहार गरेको फ्रिकिकलाई गोलरक्षक किरणले विफल पारे । ७८ औं मिनेटमा विकास खवासको लामो थ्रोमा अनन्त तामाङको फ्लिक हेडर गोलरक्षक अनिसुर रहमानले मुस्किलले बचाए ।
८० औं मिनेटमा बंगलादेशले अग्रता दोब्बर पार्यो । मिडफिल्डमा बल खोसेपछि काउन्टर अट्याकमा महबुबुर रहमानले विंगबाट बल अघि बढाउँदै वन भर्सेस वन अवस्थामा गोल गर्न सफल रहे । खेलको अन्त्यतिर नेपालले दबाब कायम गर्दै लगातार कर्नर प्राप्त गरेपनि गोलपोस्टतर्फ प्रहार गर्न भने सकेन । अनन्तले अन्तिम मिनेटमा गरेको प्रहार पोस्टभन्दा बाहिर गएको थियो ।
मैत्रीपूर्ण सिरिज अन्तर्गत नेपालले अब दोस्रो खेल मङ्सिर २ मा खेल्नेछ । सिरिजको उपाधि जित्न नेपालले कम्तिमा जितको नतिजा निकाल्नुपर्ने छ । बंगलादेशलाई भने बराबरीले पनि उपाधि जित्न पर्याप्त हुनेछ ।
February 24, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुलले आइतवार म्यानचेस्टर सिटीलाई २-० ले हराएको छ । सिटीको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई दिलाउन मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएयो । ३७औं मिनेटमा स्जोबोस्लाईले लिभरपुलका लागि अर्को गोल गरे । जितसँगै लिभरपुल २७ खेलबाट ६४ अंकका साथ […]
February 24, 2025
एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित। साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]