4 years ago
November 4, 2020
बंगलादेशसँगको अर्को साता सुरु हुने दुई मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक बालगोपाल महर्जनले २५ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेका छन् । नियमित खेलाडीलाई कोरोना संक्रमण र चोटका कारण यसपटक ८ नयाँ अनुहार सिनियर टोलीमा परेका छन् ।
ढाका जाने ३४ सदस्यीय नेपाली टोलीलाई बुधबार दशरथ रंगशालमा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेश सिलवाल, अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ लगायतले बिदाई गरे । बंगलादेश जाने टोलीमा २५ खेलाडी र ९ जना अफिसियल तथा पदाधिकारी छन् ।
टोलीका मुख्य सदस्य रोहित चन्द चोटका कारण टोलीमा समावेश छैनन् । यस्तै अन्य ७ खेलाडी कोरोनाका कारण टोलीमा रहनेछैनन् । बंगलादेशसँगको मैत्रीपुर्ण खेलका लागि नेपालले १२ कार्तिकबाट प्रशिक्षण थालेको थियो ।
३५ जनालाई बन्द प्रशिक्षणमा बोलाउँदा दुई चरणमा सात जनामा कोरोना पोजेटिभ देखिएको थियो । नेपाली टोली ढाका पुगेर होटेलमा नै क्वारेन्टिन बस्नेछ । कोरोना परिक्षणपछि मात्रै टोलीको प्रशिक्षणको मौका पाउनेछ । नेपालले १३ र १७ नोभेम्बरमा ढाकाको बंगबन्धु रंगशालामा बंगलादेशसँग मैत्रीपुर्ण खेल खेल्नेछ ।
मुख्य प्रशिक्षक योहान कालिनको अनुपस्थितिमा टोलीको प्रशिक्षणको जिम्मेवारी बालगोपाल महर्जनले सम्हालेका छन् । प्रशिक्षकमा किरण श्रेष्ठ र गोलकिपिङ प्रशिक्षकमा बिकास मल्ल रहेका छन् । टिम व्यवस्थापकमा कृष्णभक्त मानन्धर छन् । फिजियोमा आविस्कार पुडासैनी र सहायक फिजियोमा रोशन पुडासैनी छन् । टिम डक्टरमा प्रविन श्रेष्ठ र एन्फा मिडिया अफिसरमा विवेक सुवेदी र अर्का एक पत्रकार मुक्तिबाबु रेग्मी पनि टोलीसँगै रहनेछन् ।
यसपटक घोषणा गरिएको टोलीमा एरिक विष्ट, विकास खवास, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्ताम, पुजन उपरकोटी, सेसेहाङ आङदेम्बे र छिरिङ गुरुङ पहिलो पटक टोलीमा परेका हुन् । एरिक र दर्शन एनआरटीबाट मिडफिल्डमा खेल्दै आएका छन् भने दीपले मनाङबाट खेल्दै गत सिजन ए डिभिजन लिगमा उत्कृष्ट गोलरक्षकको उपाधि हासिल गरेका थिए । दर्शन लिगको उदीयमान खेलाडी हुन्
विकास र सेसेहाङले त्रिभुवन आर्मी क्लबबाट खेल्दै आएका छन् । पुजन मनाङको मिडफिल्डमा खेल्छन् भने दिलेनले जावलाखेलको डिफेन्स सम्हालेका थिए । डिफेन्डर छिरिङले च्यासलबाट व्यावसायिक फुटबल खेल्दै आएका छन् ।
नेपाली टोलीः अजित भण्डारी, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, भरत खवास, विकास खवास, विक्रम लामा, विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्ताम, जर्ज प्रिन्स कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रन्जित धिमाल, रवि पासवान, सरोज दाहाल, सेसेहाङ आङदेम्बे, सुभास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ र छिरिङ गुरुङ
पहिलोपटक टोलीमा परेका खेलाडीहरु :
एरिक विष्ट :
एनआरटीको मिडफिल्डमा खेल्दै आएका एरिक एन्फा एकेडेमी र बाँसबारी क्लबका उत्पादन हुन् । उनी पछिल्लो पटक प्रशिक्षणमा सहभागी हुन कोरोनाबाट संक्रमित भएका थिए । उनले उमेर समूहको राष्ट्रिय टोलीबाट खेल्दै सन् २०१८ मा भुटानमा भएको साफ यू-१८ समेत जितेका थिए ।
विकास खवास
१३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण जित्दा टोलीका मुख्य सदस्य रहेका विकास उमेरले १९ वर्ष पुग्दैछन् । त्रिभुवन आर्मी क्लबको सिनियर टोलीमा नियमित स्थान बनाएका उनी २०७५ सालको ए डिभिजनमा उदियमान खेलाडी घोषित भएका थिए ।
दर्शन गुरुङ
ए डिभिजन लिगको उदीयमान खेलाडी दर्शन आक्रामक मिडफिल्डर हुन् । एनआरटीका लागि उत्कृष्ट प्रदर्शन गरेका उनी गतवर्ष यू-१६ टोलीबाट खेलिरहेका थिए । लिगमा उच्च प्रदर्शन गरेपछि उनी सिनियर टोलीमा परेका हुन् ।
दीप कार्की
ए डिभिजन लिगका उत्कृष्ट गोलरक्षक घोषित दीपले अघिल्लो सिजन मनाङको गोलरक्षण सम्हाले । ए डिभिजनमा पहिलो रोजाइका रुपमा सिधै मनाङबाट खेलेका उनी १३ औं दक्षिण एसियाली खेलकुदमा पनि टोलीमा रहेका थिए ।
दिलेन लोक्ताम
जावलाखेलका डिफेन्डर दिलेनले लिगमा उच्च प्रदर्शन गरेका थिए । जावलाखेलले ठूला टोलीबाट अंक खोस्दा उनको प्रदर्शनले कालिनलाई लोभ्याएको थियो । उमेरले ३० वर्ष काटेपनि घरेलु फुटबलको अनुभव भरपुर बोकेका उनी पहिलो पटक प्रारम्भिक छनोटमा परेका हुन् ।
पुजन उपरकोटी
मनाङको मिडफिल्ड सम्हाल्दै आएका पुजनले झापा-११ बाट आफ्नो करिअर सुरु गरेका थिए । उनले च्यासलबाट बि डिभिजन खेलेपछि मनाङको यात्रा तय गरेका थिए । यू-२३ उमेर समूहमा पनि उनले नेपालको प्रतिनिधित्व गरेका छन् ।
सेसेहाङ आङदेम्बे
ए डिभिजन लिगमा आर्मीको मिडफिल्ड सम्हालेका सेसेहाङलाई नेपालको भविष्यको रुपमा हेरिएको छ । १३ औं दक्षिण एसियाली खेलकुदमा टोलीमा रहेका उनले उमेर समूहमा नेपालको प्रतिनिधित्व गरेका छन् । एन्फा एकेडेमीका उत्पादन उनले नियमित आर्मीमा सिनियर फुटबल खेल्दै आएका छन् ।
छिरिङ गुरुङ
डिफेन्डर छिरिङ गुरुङ च्यासलले गत सिजन औसत प्रदर्शन गर्दाका मुख्य खेलाडीमध्य थिए । उनी १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण जित्दा पनि टोलीमा थिए । नेपालको उमेर समूह टोलीबाट खेल्दै आएका उनी पहिलोपटक टोलीमा परेका हुन् ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित। साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]
February 23, 2025
हिमाल खरेल,भद्रपुर काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा काउर्नले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । काउर्नले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । […]