9 years ago
September 11, 2016
स्वान्सी (एजेन्सी) – चेल्सी प्रिमियर लिगमा आइतबार हारबाट जोगिएको छ । स्पेनिस अन्तर्राष्ट्रिय डिएगो कोस्टाले २ गोल गरेपछि एन्टोनियो कोन्टेको टोली चेल्सीले स्वान्सी सिटीसँग २–२ को बराबरी खेल्दै अंक बाडेको छ ।
कोस्टाको गोलमा चेल्सीले पहिलो हाफमा अग्रता लिएको थियो । तर, दोस्रो हाफमा तीन मिनेट भित्र दुई गोल गर्दै स्वान्सीले अग्रता बनाएको थियो ।
चेल्सीका गोलकिपर थिवाउट कोर्टियोसले ग्लिफी सिर्गुडसनलाई पेनाल्टी बक्समा लडाएपछि स्वान्सीले पेनाल्टी पाएको थियो । ५९ औं मिनेटमा आइसल्यान्डका मिडफिल्डर सिर्गुडसनले पेनाल्टीमार्फत बराबरी गोल गरेका थिए । त्यसको तीन मिनेट पछि नै लेरोय फ्रेले गोल गर्दै स्वान्सीलाई अप्रत्यासित अग्रता दिलाएका थिए ।
तर खेल सकिन ९ मिनेटअघि कोस्टाले गोल गर्दै टोलीलाई सिजनको पहिलो हारबाट जोगाए । सतप्रतिसत जितको नतिजाबाट विमखु चेल्सी शीर्षस्थानको म्यानचेस्टर सिटी (१२) भन्दा दुई अंकले पछि परेको छ । अघिल्लो दिन सिटीसँग हारेको म्याचेस्टर युनाइटेड ९ अंकसहित तेस्रो स्थानमा छ । स्वान्सी ४ अंकसहित १३ औं स्थानमा छ ।
March 30, 2025
एजेन्सी – कप्तान लियोनल मेसीले गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले शनिवार भएको खेलमा फिलाडेल्फिया युनियनमाथि २-१ को जित हात पार्यो । चेस स्टेडियममा भएको खेलमा मियामीको जितमा रोबर्ट टेलरले अर्को गोल गरे । फिलाडेल्फियाका डेनियल गजडागले गोल गरे । खेलको २३औं मिनेटमा टेलरको गोलमा मायमीले […]
March 30, 2025
एजेन्सी – स्पेनिस ला लिगामा रियल म्याड्रिडले रेलिगेसबाट जोगिन संघर्षरत लेगानेसमाथि शनिवार कठिन जित हासिल गरेको छ । किलियन एम्बाप्पेले निर्णायक सहित ३ गोल गरेपछि रियलले लेगानेसलाई ३-२ ले पराजित गर्यो । घरेलु मैदानमा रियलको लागि अर्को गोल जुड बेलिङ्घमले गरे । लेगानेसका डिएगो गार्सिया र दानी राबाले गोल गरे । खेलको ३२औं मिनेटमा एमबाप्पेको […]
March 29, 2025
सुमन अधिकारी, बुटवल सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले २३ औं तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । एपिएफ एफसीलाई शनिवार २-० ले पराजित गर्दै चर्च ब्वाइज च्याम्पियन बनेको हो । पहिलो पटक तिलोत्तमा जितेको चर्च ब्वाइजको यो बर्षको पाँचौं उपाधि हो । खेलको २० औं मिनेटमा रिचर्ड विल्सनको गोलमाचर्च […]