4 years ago
October 28, 2020
एजेन्सी – जर्मन च्याम्पियन बायर्न म्युनिखले यूईएफए च्याम्पियन्स लिगमा आफ्नो जितको सिलसिलालाई कायम राख्दै लगातार १३ औं खेलमा जित हासिल गरेको छ । बायर्नले मंगलबार लोकोमोटिभ मस्कोलाई २-१ ले पराजित गरेको हो ।
बायर्नले खेलको १३ औं मिनेटमा लिओन गोरेट्जकाको गोलमा अग्रता लिएको थियो । बेन्जामिन पाभार्डको भली क्रसलाई उनले हेडरमार्फत गोल गरे । किंग्सले कोमानको प्रहार पोस्टमा लागेर फर्कंदा बायर्नले अग्रता दोब्बर पार्न सकेन ।
दोस्रो हाफको ७० औं मिनेटमा मेन्डेस आन्द्रादेको पासमा एन्टोन मिरान्चुकले गोल गर्दै खेल बराबरीमा ल्याए । तर त्यसको दश मिनेट नबित्दै बायर्नले पुन: अग्रता लियो । ७९ औं मिनेटमा जोशुवा किमिखले गोल गर्दै बायर्नको अग्रता पुन: स्थापना गरे । उनले मार्टिनेजको पासलाई उत्कृष्ट नियन्त्रणमा लिँदै टर्न गरेपछि प्रहार गरेको भली गोलमा परिणत भएको थियो ।
त्यसअघि रोबर्ट लेवान्डोस्कीले पेनाल्टी प्राप्त गरेपनि भिडियो असिस्टेन्ट रेफ्रीले त्यसलाई अफसाइडको मान्यता दिएपछि बायर्नले अन्तिम समयसम्म कुर्नुपरेको हो । घरेलु टोलीको समर्थनमा रंगशालामा केहि हजारको संख्यामा दर्शकको समेत उपस्थिति रहेको थियो ।
यस समूहको अर्को खेलमा एटलेटिको म्याड्रिडले रेड बुल साल्जबर्गलाई ३-२ ले पराजित गर्यो । बायर्न २ खेलमा ६ अंकसहित शीर्षस्थानमा छ । एटलेटिको ३ अंकसहित दोस्रो स्थानमा रहँदा मस्को र साल्जबर्गको १-१ अंक रहेको छ ।
February 2, 2025
पोखरा (हाम्रो खेलकुद) – आहा!रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं संस्करणको सबै तयारी पूरा भएको छ। आयोजक सहारा क्लब पोखराले आइतवार पत्रकार सम्मेलनमार्फत तयारीको बारेमा जानकारी गराएको छ। सोही अवसरमा आहा रारा गोल्डकपको ट्रफी, व्यक्तिगत अवार्ड र आयोजकले गोल्डकपमा प्रयोग गर्ने जर्सी सार्वजनिक गरिएको थियो। प्रतियोगिता मंगलवार पोखरा रंगशालामा सुरु हुनेछ। उद्घाटन खेल आयोजक र […]
February 2, 2025
एजेन्सी- स्पेनिस ला लिगामा रियल म्याड्रिडले शनिवार स्तब्ध भएको छ। इस्पनयोलले रियललाई १-० पराजित गरेको छ। इस्पनयोलका लागि कार्लोस रोमेरोले ८५ औं मिनेटमा गरेको गोल रियललाई हराउन पर्याप्त रह्यो । शीर्ष स्थानको रियलले अंक अन्तरलाई बढाउने मौका गुमाएको छ । रियलको ४९ अंक छ। रेलिगेसनबाट बच्न संघर्षरत इस्पनयोललाई राहत मिलेको छ । शनिवार नै एटलेटिको […]
February 2, 2025
एजेन्सी – मोहमद सलाहको २ गोलमा शीर्षस्थानको लिभरपुलले इंग्लिस प्रिमियर लिगमा बर्नमाउथलाई शनिवार २-० ले हराएको छ । ३० औं मिनेटमा पेनाल्टीमा गोल गरेका सलाहले अर्को गोल ७५ औं मिनेटमा गरेका थिए । प्रिमियर लिगमा सलाह उच्च गोलकर्ता सूचीको छैटौं स्थानमा उक्लेका छन् । उनले चेल्सीका पूर्व स्टार फ्रान्क लाम्पार्डलाई पछाडि पारेका छन् । लिगमा […]