4 years ago
October 28, 2020
एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राती समूह बी को खेलमा स्पेनिस च्याम्पियन रियल म्याड्रिड बोरुसिया मोन्चेनग्लाडबाकसँग हारबाट जोगिएको छ । बोरुसियामा भएको खेलमा रियल अन्तिम समयमा २ गोल गर्दै खेल २-२ को बराबरी गर्न सफल भएको हो ।
खेलको ३३ औं मिनेटमा घरेलु टोलीले मार्कस थुरामको गोलमा अग्रता लिएको थियो । उनले एलेसन प्लेयाको पासमा गोल गरेका थिए । दोस्रो हाफको ५८ औं मिनेटमा थुरामले नै अग्रता दोब्बर पारे । प्लेयाको प्रहारलाई गोलरक्षक थिबाउट कोर्टुवाले बचाएपछिको रिबाउन्डमा थुरामले गोल गरे ।
खेलको ८७ औं मिनेटसम्म पनि २-० ले पछि रहेको रियल म्याड्रिड अन्तिम समयमा दुई गोल गरेपछि हारबाट जोगियो । ८७ औं मिनेटमा करीम बेन्जेमाले गोल गर्दै खेलमा फर्कने संकेत दिए । उनले क्यासेमिरोको पासमा ओभरहेड किकमार्फत गोल गरेका थिए । इन्ज्युरी समयको तेस्रो मिनेटमा क्यासेमिरोले सर्जियो रामोसको पासमा गोल गर्दै खेल बराबरी गरे ।
त्यसअघि ग्लाडबाकले खेल २-० को अवस्थामा रहँदा अग्रता बढाउने अवसर चुकाएको थियो । प्लेयाले कोर्टुवासँग वन भर्सेस वनको स्थितिमा गोल गर्न सकेनन् । लार्स स्टीन्डलको प्रहार पनि पोस्टभन्दा बाहिरिंदा रियलले पुनरागमन गर्ने अवसर पाएको थियो ।
यसअघि पहिलो खेलमा पनि ग्लाडबाक बराबरीमा नै रोकिएको थियो । उक्त खेलमा इन्टर मिलानका रोमेलु लुकाकुले अन्तिम मिनेटमा गोल गर्दा खेल २-२ को बराबरीमा सकिएको थियो । यस बराबरीका बाबजुद रियल अंक तालिकामा भने पुछारमा नै रहेको छ । लगातार चौथो हार बेहोर्नबाट बचेको रियलको २ खेलमा १ अंक छ ।
समूहको अर्को खेलमा इन्टर मिलान र शाख्तर डोनेस्कले गोलरहित बराबरी खेले । यससँगै शाख्तर ४ अंकसहित शीर्षस्थानमा छ । ग्लाडबाक र इन्टर मिलानको २-२ अंक छ ।
February 2, 2025
पोखरा (हाम्रो खेलकुद) – आहा!रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं संस्करणको सबै तयारी पूरा भएको छ। आयोजक सहारा क्लब पोखराले आइतवार पत्रकार सम्मेलनमार्फत तयारीको बारेमा जानकारी गराएको छ। सोही अवसरमा आहा रारा गोल्डकपको ट्रफी, व्यक्तिगत अवार्ड र आयोजकले गोल्डकपमा प्रयोग गर्ने जर्सी सार्वजनिक गरिएको थियो। प्रतियोगिता मंगलवार पोखरा रंगशालामा सुरु हुनेछ। उद्घाटन खेल आयोजक र […]
February 2, 2025
एजेन्सी- स्पेनिस ला लिगामा रियल म्याड्रिडले शनिवार स्तब्ध भएको छ। इस्पनयोलले रियललाई १-० पराजित गरेको छ। इस्पनयोलका लागि कार्लोस रोमेरोले ८५ औं मिनेटमा गरेको गोल रियललाई हराउन पर्याप्त रह्यो । शीर्ष स्थानको रियलले अंक अन्तरलाई बढाउने मौका गुमाएको छ । रियलको ४९ अंक छ। रेलिगेसनबाट बच्न संघर्षरत इस्पनयोललाई राहत मिलेको छ । शनिवार नै एटलेटिको […]
February 2, 2025
एजेन्सी – मोहमद सलाहको २ गोलमा शीर्षस्थानको लिभरपुलले इंग्लिस प्रिमियर लिगमा बर्नमाउथलाई शनिवार २-० ले हराएको छ । ३० औं मिनेटमा पेनाल्टीमा गोल गरेका सलाहले अर्को गोल ७५ औं मिनेटमा गरेका थिए । प्रिमियर लिगमा सलाह उच्च गोलकर्ता सूचीको छैटौं स्थानमा उक्लेका छन् । उनले चेल्सीका पूर्व स्टार फ्रान्क लाम्पार्डलाई पछाडि पारेका छन् । लिगमा […]