default_image

10 years ago

September 7, 2015

एलए फुटबल खेलाडी सम्मानित

165 views

0 Bookmark

काठमाडौं भदौ २१ गते ।

लिटिल एन्जल्स स्कुल (एलए), हात्तीवनले आफ्ना तीन फुटबल खेलाडीलाई सोमबार सम्मान गरेको छ । कक्षा ७ की रज्जु खड्का, कक्षा १० का सजन राई र कक्षा ६ का हार्दिक पौडेल सम्मानित भए ।

LA football kheladi samman

रज्जु गत बैशाखमा काठमाडौं भएको यु–१४ महिला साफ फुटबल च्याम्पियनसिपमा नेपाली टोलीमा समावेश थिइन् । रज्जुले श्रीलंका विरुद्ध १ गोल पनि गरिन् । नेपाल उपाधिका लागि बंगलादेशसंग भिड्ने दिन बैशाख १२ गते भूकम्प गएपछि च्याम्पियनसिप स्थागित भएको थियो ।
सजन यसै महिना कीर्तिपुरमा भएको गणेशमान सिंह कप अन्तरविद्यालय फुटबल प्रतियोगितामा उत्कृष्ट डिफेन्डर चुनिएका थिए । त्यस्तै दक्षिण कोरियामा भएको यु–१२ फुटबलमा हार्दिकले गोलरक्षकको भूमिका निभाएका थिए । त्यो प्रतिस्पर्धामा नेपाल दोश्रो भएको थियो ।
एलएका प्रिन्सिपल मुकुन्दराज शर्माले उनीहरुलाई खादा लगाइ एक कार्यक्रमबीच सम्मान गरे ।

May 16, 2025

महिला फुटबल टोलीको दोस्रो चरणमा ३१ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले थाइल्याण्डविरुद्धको आगामी दुई मैत्रीपूर्ण खेलको लागि दोस्रो चरणमा ३१ खेलाडी छनोट गरेका छन् । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले झन्डै दुई साताको प्रशिक्षणपछि ४८ खेलाडीबाट दोस्रो चरणमा ३१ खेलाडी छनोट गरेका हुन् । दोस्रो चरणमा १७ खेलाडीले स्थान बनाउन सकेनन् । कोपिला खड्का, सबित्रा किशन, सजनी […]

May 16, 2025

नेपाल सेमिफाइनलबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – प्रतिस्पर्धात्मक खेलमा बंगलादेशसँग पराजित हुँदै नेपाल साफ यु १९ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ । साविक विजेतासँग २–१ ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरिएको हो । खेलको अन्त्यतिर ३ गोल निस्कदा नेपालले बंगलादेशलाई नतिजा सुम्पियो ।बंगलादेशका आशिखुर रहमान र कप्तान फैजलले गोल गरे । नेपालका सुजन डंगोलले एक गोल फर्काए । पहिलो […]

May 16, 2025

बार्सिलोनाले जित्यो ला लिगा उपाधि

एजेन्सी – बार्सिलोनाले विहीबार रातको खेलमा छिमेकी प्रतिद्वन्द्वी एस्पान्योललाई पराजित गर्दै स्पेनिस ला लिगाको उपाधि पक्का गरेको छ । प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा उपाधि जित्ने क्रममा बार्सिलोनाले एस्पान्योललाई २-० ले पराजित गर्यो । समग्रमा क्याटलान क्लबको यो २८ औं लिग उपाधि हो । बार्साको जितमा लामिन यमाल र फर्मिन लोपेजले १-१ गोल गरे । खेलको […]

Success

Thank you for your time.