default_image

9 years ago

September 10, 2016

म्यान्चेस्टर डर्बिमा सिटी विजयी – युनाइटेडलाई घरमा निराशा

78 views

0 Bookmark

म्यान्चेस्टर युनाइटेडलाई ओल्ड ट्राफोडमा हराउदै पेप गुवार्डिओलाले पहिलो डेर्बी खेलमा जित दर्ता गरेका छन । केभिन डि ब्रुवाइनाको उत्कृस्ट प्रदर्शनमा सिटिले युनाइटेडलाई निराश पार्न सफल रह्यो ।

De Bryune

पहिलो हाल्फमा सिटिले युनाइटेडलाई दबाबमा राख्दै दुइ गोल गर्न सफल भयो । खेलको १५ मिनेटमा केभिन डि ब्रुवाइनाले ब्लिन्डलाई पहिलो टचमा बिट गर्दै गरेको सुन्दर गोलमा सिटिले अग्रता लियो । त्यस्तै ३६ औ मिनेटमा केभिन डि ब्रुवाइनाको प्रहार पोस्टमा लागेर फर्किदा, इहेनाचोले रिबाउन्डमा गोल गर्दै सिटिको अग्रता दोब्बर गरे ।

दुइ गोलले पछी परेको युनाइटेडकोलागी सिटिका नयाँ किपर ब्राभोको गल्तीमा इब्राहिमोबिकले गोल गर्दै पहिलो हाल्फको अन्त्य सम्म खेलको रोमान्च जोगाइ राखे ।

दोस्रो हाल्फमा युनाइटेडमा थप उर्जा देखियो , युनाइटेड खेलामा फर्किन उत्सुक देखियो । खेलमा फर्किन मोरिनोले रुनि, राश्फोर्ड, इब्रा, मार्सियल  लगायतका फर्वार्ड एकै साथ खेलाए, तर दोस्रो हाल्फमा कुनै गोल गर्न नसक्दा आफ्नो घरेलु मैदानमा आफ्नो कट्टर प्रतिद्वन्द्वीबाट पराजय भोग्न बाध्य भयो ।

March 30, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लियोनल मेसीले गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले शनिवार भएको खेलमा फिलाडेल्फिया युनियनमाथि २-१ को जित हात पार्यो । चेस स्टेडियममा भएको खेलमा मियामीको जितमा रोबर्ट टेलरले अर्को गोल गरे । फिलाडेल्फियाका डेनियल गजडागले गोल गरे । खेलको २३औं मिनेटमा टेलरको गोलमा मायमीले […]

March 30, 2025

एमबाप्पेको गोलमा रियलको‌ जित

एजेन्सी – स्पेनिस ला लिगामा रियल म्याड्रिडले रेलिगेसबाट जोगिन संघर्षरत लेगानेसमाथि शनिवार कठिन जित हासिल गरेको छ । किलियन एम्बाप्पेले निर्णायक सहित ३ गोल गरेपछि रियलले लेगानेसलाई ३-२ ले पराजित गर्यो । घरेलु मैदानमा रियलको लागि अर्को गोल जुड बेलिङ्घमले गरे । लेगानेसका डिएगो गार्सिया र दानी राबाले गोल गरे । खेलको ३२औं मिनेटमा एमबाप्पेको […]

March 29, 2025

तिलोत्तमा गोल्ड कप – चर्च ब्वाइज नयाँ च्याम्पियन

सुमन अधिकारी, बुटवल सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले २३ औं तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । एपिएफ एफसीलाई शनिवार २-० ले पराजित गर्दै चर्च ब्वाइज च्याम्पियन बनेको हो । पहिलो पटक तिलोत्तमा जितेको चर्च ब्वाइजको यो बर्षको पाँचौं उपाधि हो । खेलको २० औं मिनेटमा रिचर्ड विल्सनको गोलमाचर्च […]

Success

Thank you for your time.