9 years ago
September 10, 2016
पोखरा (हाम्रो खेलकुद)–मनाङ मस्र्याङदी क्लवले पोखराको सहारा एकेडेमीलाई खेल सामाग्रि तथा आर्थिक सहयोग गरेको । मनाङले फुटवल २० थान, प्रशिक्षण गर्दा लगाउने पोसाक २० थान सहित एक लाख रुपैया आर्थिक सहयोग गरेको सहारा क्लवले जनाएको छ ।
मनाङ मस्र्याङदी क्लवका संस्थापक अध्यक्ष एवं तेश्रो साग खेलकुदका भौतिक निमार्ण तथा मर्मतका संयोजक समेत रहेका टाली घलेले सहारा एकेडेमीको शनिबार अवलोकन गर्दै उक्त खेल सामाग्रि सहित उक्त रकम क्लवका अध्यक्ष वीरभद्र आचार्यलाई हस्तान्तरण गरेका हुन ।
मनाङ तरुण दलका सभापति तथा मनाङका पुर्व महासचिव कर्मा गुरुङ, मनाङका सल्लाहकार तथा नेपाली कागेंस तनहुँका सदस्य सुरेस भट्टराईले समेत एकेडेमी अवलोकन गरेका थिए । कार्यक्रममा वोल्दै मनाङका संस्थापक अध्यक्ष घलेले यस्तो एकेडेमी खेलकुदको विकासको लागि देशै भरी आवश्यक भएको बताउदै सहारा एकेडेमीलाइ पुन सहयोग गर्ने वचन दिए । एन्फामा अध्यक्षमा आफु निर्वाचित भएको खण्डमा देशका धेरै ठाँउहरुमा एकेडेमीहरु स्थापना गराउन पहल गर्ने उद्घोष गरे । अनिल गुरुङ जस्ता खेलाडीहरु उत्पादनमा यस्ता एकेडेमी आवश्यक भएको उनले बताए ।
क्लवका अध्यक्ष आचार्यले फुटवल खेल बुझेको व्यक्ति एन्फामा आवश्यक भएको बताउदै घलेलाई शुभकामना दिए । वरिष्ठ उपाध्यक्ष केशब बहादुर थापाले स्वागत तथा क्लबको बर्तमान गतिविधि जानकारी गराएका थिए । सहारा क्लब पोखराको ड्रिम प्रोजेक्ट सहारा एकेडेमीमा हाल १६ जिल्लाका २८ जना वालकहरु रहेका छन् ।
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]