4 years ago
October 17, 2020
काठमाडौं (हाम्रो खेलकुद)– खेल पोशाक र सामाग्रीको अन्तर्राष्ट्रिय उत्पादक ब्रान्ड केल्मीको नेपालमा दशौं आउटलेट उग्रतारा स्पोर्टस हबले औपचारिक रुपमा शनिबार विक्री सुरु गरेको छ ।
विभिन्न खेलका राष्ट्रिय खेलाडीले ललितपुरको जावलाखेलमा रहेको उग्रताराको संयुक्त रुपमा उद्घाटन गरे । १३ औं सागका दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्य, मण्डेकाजी श्रेष्ठ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङ, महिला राष्ट्रिय बास्केटबल टोलीकी कप्तान सदिना श्रेष्ठ, भलिबल खेलाडी प्रतिभा मालीले संयुक्त रुपमा हबको उद्घाटन गरेका थिए ।
उग्रताराको सञ्चालन र व्यवस्थापन खेलकुदका सफल दम्पती ओलम्पियन दीपक विष्ट र १३ औं सागकी दोहोरो स्वर्णधारी आयशा शाक्यले गर्नेछन् । विष्टको संलग्नतामा बानेश्वरमा स्पोर्टस् युनिभर्स पनि सञ्चालनमा छ । खेल जीवनमा सबैका शुभेच्छा र साथ पाउने गरेको स्मरण गर्दै व्यवसायिक यात्रामा पनि त्यस्तै साथ रहने अपेक्षा गरेका छन् । उनले नाफाबाट केहि प्रतिशत कार्यमा खर्चने जानकारी दिए ।
नेपालका लागि स्पेनिस स्पोर्टस ब्रान्ड केल्मीको आधिकारिक विक्रेता कामारुका प्रबन्ध निर्देशक उत्तम न्यौपानले नेपालमा नम्बर एक ब्रान्ड बन्ने लक्ष्यका साथ अघि बढ्ने क्रममा सफल खेलाडी दीपक विष्टसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताएका छन् ।
केल्मीको आउटलेट दरबारमार्ग, दमक, बौद्ध, धरान, पोखरा, सुर्खेत, नायारणघाट, नक्साल, लमजुङमा सञ्चालनमा छन् । आउटलेटमा यसअघि फुटबलका अधिकांश खेल सामाग्री र पोशाक पाइन्थ्यो । अब भलिबल र बास्केटबलको पनि पाइने न्यौपानेले जानकारी दिए । उनका अनुसार सबै उमेर महिला पुरुषलाई क्याजुअल वेयर पाइनेछ ।
कामारुका संस्थापक निर्देशक प्रदीप न्यौपानेले नेपालमा पनि स्पोर्टस वेयरको ब्रान्डप्रतिको सचेतना बढ्दै गएको कारण केल्मीको आधिकारिक विक्रेता लिएर काम अघि बढाएको बताए ।
‘हाम्रो कमाई, खर्च गर्न सक्ने क्षमता र रिजनेबल प्राइसमा खरिद गर्न सकिने ब्रान्डका रुपमा रहेकोले हामीले केल्मीको वितरण सुरु गरेका हौं,’ गैर आवासिय नेपाली संघ (एनआएनए) चीनका अध्यक्ष समेत रहेका न्यौपानले भने, ‘हाम्रो लक्ष्य भनेको भविष्यमा नेपालभर विक्री सुरु गर्ने हो । देशका विभिन्न शहरमा हामी पुगिसकेका छौं । भविष्यमा अरु शहरमा पनि पुग्नेछौं ।’
नेपाली राष्ट्रिय फुटबल टोलीको प्रायोजक केल्मीले ए डिभिजन क्लबका विभिन्न क्लबलाई पनि प्रायोजन गरेको छ ।
February 1, 2025
हिमाल खरेल,भद्रपुर दोस्रो सौर्य एअर ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकपका भाग्यशाली एक दर्शकले टिभिएस मोटरसाइकल पाउने भएका छन् । टिकट किनेर प्रतियोगिता हेर्ने दर्शकमध्ये एकजनालाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल उपलब्ध गराउने गोल्डकपका अध्यक्ष दिपेश ढकालले बताए । फागुन ७ गतेदेखि १६ गतेसम्म आयोजना हुने गम्भीर राई स्मृति संस्करणको फाइनल खेलका एकजना दर्शकले टिकटका […]
January 31, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरण प्रवेश गर्नका लागि हुने नकआउट राउन्डमा च्याम्पियन्स लिग सर्वाधिक १५ पटक जित्ने रियल म्याड्रिड र म्यानचेस्टर सिटी खेल्ने भएका छन् । शुक्रबार सार्वजनिक भएको ड्र अनुसार रियल म्याड्रिड र सिटी मध्य एक टोली मात्र यस सिजन च्याम्पियन्स लिगको अन्तिम १६ चरणमा पुग्ने भएका […]
January 31, 2025
सुमन अधिकारी,बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता अर्को साता सुरु हुने भएको हो । लखन ब्रदर्श युथ क्लबको आयोजनामा माघ २२ गते प्रतियोगिता सुरु हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको शुक्रवार पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुदिप खत्रीले बताए । सामाजिक क्षेत्रमा निरन्तर श्रमदान गर्दै आएको क्लब अब भने खेल विकासमा अग्रसरता देखाउन लागेको […]