default_image

10 years ago

September 7, 2015

मनाङ द्वारा यु-१६ राष्ट्रिय फूटबल टिम ५-१ ले पराजित

186 views

0 Bookmark

ए.एफ.सी यु१६ छनोट चरणका खेलको तयारीका क्रममा रहेको यु१६ टोलीले मनाङ मर्स्याङ्दी क्लबसंग ५-१को हर व्यहोरेको छ|

Manang Marshyandgi vs u-16 National Team

 

किर्गिस्तानमा हुने छनोट चरणको खेलका लागि तयार गर्दै गरेको टोलीले राष्ट्रिय लिग खेल्न प्रशिक्षणरत मनाङसंग हार व्यहोरेको हो| २८औं मिनेटमा डोडोजको गोलले मनाङले खेलमा अग्रता लियो| किपर विशाल श्रेष्ठको लामो पासमा डोडोजले किपर अगाडी बढेपछि बक्स बहिरबाट गोल गरेका थिए| हाफ टाइममा एक गोलले पछि परेको युवा टोलीका लागि ५१औं मिनेटमा अभिषेक रिजालले हेडिगं मार्फत बराबरी गेल गरे| सुमन अर्यालको क्रसबाट दोश्रो बारबाट उनको हेडिगं प्रहार गोल भएको थियो|

काउन्टर अट्याकमा बढेको बललाई ५५औं मिनेटमा सुजलले हेडिगं गर्दै पुन अग्रता दिलाए| रवि पासवानको क्रसमा गरेको उनको गोल निकै राम्रो थियो| ६१औं मिनेटमा मनाङले अनिलको गोलबाट अग्रता दोब्बर पार्यो, गुरुङको पहिलो टचकै सटले गोलकिपर सन्देश बिट भए, यो पाली पनि रवि पासवानकै क्रस थियो| ७९औं मिनेटमा रवि आफैं गोल गर्न सफल भए, उनको निएर पोष्ट फिनिस किपर बिट भइसकेको अवस्थामा हानिएको थियो| वैकल्पिक खेलाडिको रुपमा आएका निराजन मल्लले ८३औं मिनेटमा गोल गर्दै ५-१ बनाए|

May 16, 2025

महिला फुटबल टोलीको दोस्रो चरणमा ३१ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले थाइल्याण्डविरुद्धको आगामी दुई मैत्रीपूर्ण खेलको लागि दोस्रो चरणमा ३१ खेलाडी छनोट गरेका छन् । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले झन्डै दुई साताको प्रशिक्षणपछि ४८ खेलाडीबाट दोस्रो चरणमा ३१ खेलाडी छनोट गरेका हुन् । दोस्रो चरणमा १७ खेलाडीले स्थान बनाउन सकेनन् । कोपिला खड्का, सबित्रा किशन, सजनी […]

May 16, 2025

नेपाल सेमिफाइनलबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – प्रतिस्पर्धात्मक खेलमा बंगलादेशसँग पराजित हुँदै नेपाल साफ यु १९ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ । साविक विजेतासँग २–१ ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरिएको हो । खेलको अन्त्यतिर ३ गोल निस्कदा नेपालले बंगलादेशलाई नतिजा सुम्पियो ।बंगलादेशका आशिखुर रहमान र कप्तान फैजलले गोल गरे । नेपालका सुजन डंगोलले एक गोल फर्काए । पहिलो […]

May 16, 2025

बार्सिलोनाले जित्यो ला लिगा उपाधि

एजेन्सी – बार्सिलोनाले विहीबार रातको खेलमा छिमेकी प्रतिद्वन्द्वी एस्पान्योललाई पराजित गर्दै स्पेनिस ला लिगाको उपाधि पक्का गरेको छ । प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा उपाधि जित्ने क्रममा बार्सिलोनाले एस्पान्योललाई २-० ले पराजित गर्यो । समग्रमा क्याटलान क्लबको यो २८ औं लिग उपाधि हो । बार्साको जितमा लामिन यमाल र फर्मिन लोपेजले १-१ गोल गरे । खेलको […]

Success

Thank you for your time.