8 years ago
September 9, 2016
आर्सनलका चिलियन फर्वर्ड एलेक्सिज स्यान्चेजले आफुलाई मेस्सी र रोनाल्डोसङ तुलना गर्दै आफु कोही भन्दा कमसल नरहेको महसुस गर्ने बताएका छन ।
बोलिभियासँगको गोलरहित बराबरी पछी अन्तर्वार्तामा आफु महान् खेलाडीहरू प्रतिस्पर्धा गर्नसक्ने स्तरमा पुगी सकेको भन्दै आफुलाई मेस्सी र रोनाल्डोसँग दाजेका छन ।
” म महान खेलाडिहरुसङ दाज्न मिल्ने स्तरमा पुगी सकेको छु , म आफुलाई कोही भन्दा कम छैन भन्ने सोच्छु । म मेस्सी र रोनाल्डो जस्तै छु र उनिहरु जतिकै क्षमता ममा छ ” , स्यान्चेजले भने ।
२०१४ मा आर्सनल आएपछी स्यान्चेजले ९६ खेल हरुमा ४३ गोल गर्दै २५ असिस्ट दिएका छन । स्यान्चेजको तथ्याड़क हेर्ने हो भने उनले हरेक खेलमा ०.६८ गोल या असिस्ट गरेका छन भने मेस्सीले १.३९ भने रोनाल्डो ले हरेक ९० मिनेट मा १.३० गोल या असिस्टमा योगदान दिएका छन ।
December 25, 2024
काठमाडौं (हाम्रो खेलकुद)- श्री कुसुन्ती युवा क्लब र ललितपुर महानगरपालिका वडा १३ को संयुक्त आयोजनामा दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । जावलाखेलको फुटबल मैदानमा पुस २२ गते सुरु हुने प्रतियोगितामा २२ टोलीको सहभागिता निश्चित गरिसकेको बुधवार आयोजित पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष निरज खड्काले जानकारी गराए । ३२ टोली सहभागी […]
December 25, 2024
दिपक बोहोरा, पाँचथर झापा कप जितेको दोस्रो दिन बुधवार चर्च ब्वाइज युनाइटेड क्लब ११औं फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। तेस्रो क्वाटरफाइनल खेलमा खेलमा विराटनगर सिटी एफसीलाई ७-१ ले हराउँदै चर्च ब्वाइज अन्तिम ४ मा पुगेको हो। चर्च ब्वाइजको जितमा समिर तामाङ र विदेशी खेलाडी अर्मान्ड बेयुडुमले ह्याट्रिक गरे । अर्को गोल विदेशी खेलाडी फोफनाको […]
December 24, 2024
दिपक बोहोरा,पाँचथर ए डिभिजनको क्लब मच्छिन्द्र क्लबले न्यु स्टार क्लब सुनसरीलाई ६-२ ले हराउँदै ११ औं फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । न्यु स्टार पहिलो खेलबाट घर फर्किएको छ । फिदिम माविको मैदानमा मंगलवार भएको खेलमा मच्छिन्द्र हाबी रह्यो । मच्छिन्द्रको जितमा विजु भुजेलले २ गोल,आदित्य शाक्य, मनिष डागी र सौरभ […]