default_image

4 years ago

October 13, 2020

सरकार र राखेपसँग खेलाडीको गुनासो

133 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– कोरोना संक्रमणका कारण ठप्प केहि क्षेत्र मध्ये खेलकुद पनि हो । चैत यता कुनै पनि प्रतियोगिता भएको छैन । केहि खेलले प्रशिक्षण सुरु गरेपनि समग्र खेलकुद गतिविधिले कहिलेबाट सुचारु हुन्छ अझै भन्ने सकिने अवस्था छैन । सरकारले खेलकुदलाई अझै सुरु गर्नु अनुमति दिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) र युवा तथा खेलकुद मन्त्रालयमार्फत प्रशिक्षण सुरु गर्न अनुमतिको लागि पहल भइरहेको बताएपनि स्वीकृति नपाइएको बताउँदै आएको छ ।

यसैबीच, राष्ट्रिय फुटबल टोलीका कार्यवहाक कप्तान किरण चेम्जोङ, राष्ट्रिय महिला फुटबल टोलीकी कीर्तिमानी फरवार्ड सावित्रा भण्डारीलगायत राष्ट्रिय टोलीका अन्य खेलाडीले मंगलबार सामाजिक सञ्जालमार्फत सबै खेलकुद सुरु गर्न सरकार र राखेपलाई अनुरोध गरेका छन् ।

किरणले फेसबुकमा लेखेका छन्, ‘व्यक्तिगत र एन्फाको तर्फबाट सरकारलाई के सम्झाउँन चाहन्छु भने फुटबलम मात्रै नभई सम्पूर्ण खेलकुद सुचारु गर्न सबै मापदण्ड पुरा गरि पूर्ण सुचारु गर्न अनुरोध गर्दछु । खेलाडी सधै मर्कामा पर्ने र मर्ने हो भने सम्बन्धित निकायमा बसेको के अर्थ रह्यो ?’

सावित्राले पनि सरकार र राखेपसँग गुनासो पोखेकी छिन् । खुट्टा चलाएर घर परिवार हुर्नुपर्ने हुन्छ । ७ महिना देखि बेरोजगार भएका खेलाडीको क्षतिपूर्ति कसले दिन्छ ? सावित्राले लेखेकी छिन्, खेलाडी खेलेर नै जीविका चलाउथे । आज भोली खेलमैदान छोडेर विदेश जानु पर्ने अवस्था आएको छ ।

देशको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा नाम चिलाउन खेलाडीले भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै किरणले प्रश्न गरेका छन्, खेलाडी चाहिँ सधै काठमाडौंको धुलोमा तपाईहरु चाहिँ चिल्लो गाडीमा ?

यति लामो समय देखि खेलकुद कुन दुर्दशामा छ भन्ने चासो नदिनुले फुटबलमै भविष्य खोज्ने नयाँ पुस्तालाई कति असर परेको छ अनुमान गर्न सक्ने उनीहरुको तर्क छ । युरोपलगायत अन्य देशमा फुटबल गतिविधि सुरु भइसक्दा हाम्रो खेलकुदका विषयमा बोलिने कोही नभएकोमा उनीहरुले चिन्ता व्यक्त गरेका छन् ।

दशरथ रंगशालामा म्युजिक भिडियो खिच्न मिल्ने फुटबल खेल्न नमिल्ने भन्ने प्रश्न पनि खेलाडीले गरेका छन् । खेलाडीले एन्फा भित्रको विवादका विषयमा पनि खेलाडीले घुमाउरो गरि बोलेका छन् ।

‘आखिरमा कहिले सम्म नेपाली फुटबलको लोकदोहोरी फेसबुकमा हेरेर बस्ने ? फुटबल विकासका लागि सकैले केहि गरिरहेको देखिएन’, उनीहरुले लेखेका छन्, ‘खेलाडीले खेल्न बिर्सिसके सरकार । राजनीतिलाई व्यङ्ग गर्दै भनेका छनु, फुटबल रानीतिक जस्तो होइन बोलेर मख्ख पार्न । फुटबलमा हात खुटाले दिमाग लगाएर खेल्ने गरिन्छ । चिल्लो गाडिमा बसेर गफ लगाए जस्तो सजिलो हुन्न ।’

भदौ १ गतेबाट राष्ट्रिय टोलीको तयारी थाल्ने अन्तिम तयारी चलिरहँदा एसियाली फुटबल महासंघ (एएफसी) ले विश्व कप छनोटका सबै खेल स्थगित गर्दै ती खेल सन् २०२१ मा आयोजना गर्ने जनाएको थियो । सोही समयमा काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेपछि एन्फाले फुटबलको प्रशिक्षण रोकेको थियो ।

March 21, 2025

चितवन महिला फुटबल फाइनल – उपाधि जित्नेमा दुवै टोलीको दाबी

सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]

March 21, 2025

तिलोत्तमा गोल्डकप -रुपन्देहीले ११ र एपिएफबीच उद्घाटन खेल

सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]

March 21, 2025

जिलेस्पीको गोलमा सिंगापुरमाथि नेपालको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]

Success

Thank you for your time.