default_image

4 years ago

October 19, 2020

एसओएसदेखि साग स्वर्ण र भारतीय लिग

324 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

युवा फरवार्ड राजेश परियारले गत साता भारतीय लिगमा अहमदाबाद र्याकेट एकेडेमी फुटबल क्लबका लागि डेब्यु गरे । तीन वर्षको हुँदा एसओएस बालग्राम पुगेका राजेशले त्यहाँबाट एन्फा एकेडेमी हुँदै गतवर्ष नेपालमा सम्पन्न १३ औं सागमा नेपालका लागि स्वर्ण जितेका थिए ।

सानो उमेरमा नै आमा गुमाएका उनले बाबुको साथ पनि पाएनन् । आफ्नो दिदिसँग हजुरआमाले एसओएसमा छोडेको उनलाई अलिअलि याद आउँछ । उनको घर परिवार भनेको नै एसओएस रहयो । एसओएस भरतपुरको घर नम्बर ७ मा हुर्केका उनले कान्ति नेपालीका रुपमा आफ्नो आमा पाए । उनले आफूलाई जन्म दिने आमा नभएपनि कर्म दिने आमा भने पाए । आफूलाई जीवनमा माया र साकारात्मक सोच विकास गर्न आमा कान्तिबाट सबैथोक पाएको बताउँछन् ।

एसओएसमा हुँदा कराते खेल्ने गरेका उनलाई नजिकै मैदानमा फुटबल खेलेको देख्दा खेलौंझैं लाग्थ्यो । एकदिन चितवनका खेलाडी साजन श्रेष्ठसँग मुखै फोरेर खेल्न मन लागेको भने । साजनले खेल्ने भन्दापनि उनकै उमेरका अन्यलाई समेत समेटेर प्रशिक्षण दिन थाले । साजन आफू काठमाडौंमा लिग नखेल्दा चितवनमा रहेर राजेशसहित अरुलाई प्रशिक्षण दिन थाले ।

२०१२ मा एन्फा एकडेमीको लागि खुला छनोटका लागि साजनले आफूले प्रशिक्षण दिइरहेका खेलाडीलाई लग्ने विचार गरे । चितवन जिल्लाबाट राजेशसहित १२ जना छनोट भएर क्षेत्रीय छनोटका लागि हेटौंडा लागे । त्यहाँबाट पनि ८ जना छनोट हुँदा राजेशले राम्रो प्रदर्शन गरे । केन्द्रीय छनोटमा पनि राम्रो प्रदर्शन गरेपछि राजेह्स यू-१२ उमेर समूहमा एन्फा एकेडेमीमै रहने भए ।

राजेश एन्फा एकेडेमीमा बस्न पाउने भएपछि एकदम उत्साहित थिए । आफूले चाहेको लक्ष्य पूरा जो हुँदै थियो । तर जब प्रशिक्षक साजनले उनलाई एकेडेमी छोडेर बिदा भए, उनलाई रुन आयो । लामो समय एसओएस बसेका उनलाई एकेडेमीको सुरुवाती केहि दिन निकै कठिन भयो ।

‘छनोट चरणमा हुँदा त एकेडेमीमा बस्ने रहर थियो । छनोट भएपछि एकदम खुसी थिएँ । तर जब साजन गुरुले अब गएँ राम्रोसँग बस्नु भन्नुभयो, म त रुन थालेछु । सुरुवाती केहि दिन त हरेक दिन रोएँ । बिस्तारै साथीहरु चिन्दै गएँ । अनि बानि पर्न थाल्यो,’ राजेशले स्मरण गरे ।

राजेश एकेडेमी आएपछि उनको दिदीको पनि एसएलसी सकिएपछि नर्सिङमा नाम निस्कियो । छात्रवृत्तिमा दिदि पनि विरगंजमै रहन थालिन् । एसओएसमा हुर्केको उनको जीवनी अब एन्फा एकेडेमीमा नै बित्न थाल्यो ।

एन्फामा हुँदा अन्य खेलाडी साथीहरुलाई घरबाट फोन आएको देख्दा निकै दुख लाग्थ्यो । ‘ अरुको घरबाट फोन आयो भन्थे, बेला बेलामा भेट्न पनि आउनु हुन्थ्यो । मेरो त जे थियो एसओएस नै भयो । आमा सानैमा बित्नुभयो । बाबाको बारेमा केहि थाहा थिएन । त्यो देख्दा चैं एकदम दुख लाग्थ्यो,’ उनले सुनाए ।

राजेशले एकेडेमीबाट राष्ट्रिय टोलीको उमेर समूहका प्रतियोगिता पनि खेले । तर सुरुवातमा भने उनलाई कागजी प्रक्रिया नमिल्दा निकै गाह्रो भयो । ‘सुरुवातमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जाने भन्दा मेरो पासपोर्ट थिएन । समयमा आवश्यक कागज तयार पार्न नसक्दा म टोलीमा जान पाइन । अब कागज नबन्ने भएपछि एकेडेमी बस्न पनि मन लागेन,’ उनले सुनाए ।

‘एकेडेमी छोड्छु भनेर कुरा गर्न होस्टेल वार्डन टक्कर थापा सरकोमा गएको थिएँ । त्यहिबेला उपेन्द्र गुरुले मलाई सुब्रतो कपको छनोटमा सहभागी हुन भन्नुभयो । पासपोर्ट नचाहिने हुनाले आफ्नो उमेर समूहभन्दा माथिको भएपनि प्रयास गर्ने अठोट लिएँ, उनले भने, ‘सरलाई मेरो खेल मन परेछ । एपीएफविरुद्ध मैत्रीपूर्ण खेलमा गोल पनि गरें । त्यसपछि भारतमा भएको उक्त प्रतियोगिता राम्रो खेलेपछि यू-१४ टोलीमा नै पर्न सफल भएँ ।’

एकेडेमीमा रहेर यू-१६ उमेर समूह खेलेपछि राजेशले आर्मीबाट यू-१८ लिग खेले । सुरुवाती दुवै संस्करण आर्मीले जित्दा राजेश टोलीका सदस्य थिए । आर्मीको सिनियर टोलीमा अवसर नपाउने देखेपछि उनले मोफसलमा भने विभिन्न क्लबबाट खेले । २०७५ सालको ए डिभिजन लिगका लागि भने उनले एनआरटिमा ट्रायल दिने निर्णय गरे ।

क्लबले केहि दिन खेल हेरेपछि निर्णय गर्ने भनेपनि दोस्रो दिन नै उनलाई अनुबन्ध गर्ने पक्का गर्यो । लिगको पहिलो खेलमा नै आर्मीविरुद्ध गोल गर्दै उनले सुखद सुरुवात पनि गरे । तर त्यसपछि लगातार चोटका कारण उनले अपेक्षित प्रदर्शन गर्न सकेनन् ।

उमेर समूहको टोलीमा नियमित सदस्य रहेका राजेश १३ औं दक्षिण एसियाली खेलकुदमा भने ढिलो गरि टोलीमा छनोट भए । प्रारम्भिक छनोटका दौरान डेंगु लागेपछि बिचमै छोड्नुपरेको उनलाई एन्फाले अनुशासनका कारण खेलाडी कारवाही गरेपछि विकल्पका रुपमा तीन खेलाडीका रुपमा समावेश भए ।

सागको स्वर्ण जित्दा टोलीको सफलतामा खुसी रहेपनि उनी व्यक्तिगत प्रदर्शनबाट भने सन्तुष्ट भएनन् । ‘हामीले स्वर्ण जित्यौं, त्यसमा एकदम खुसी छु । तर अझैपनि मैले राम्रो खेल्न सकिन भन्ने दुख छ । मैले अवसर पाएको पनि थिएँ, तर त्यसमा चुक्न पुगें । नेपाली फुटबलको इतिहासकै एक पाटो बन्न पाएकोमा भने गर्व छ,’ राजेशले भने ।

भारतीय आइलिगको छनोटका लागि उनले अहमदाबादसँग अनुबन्ध गरेका हुन् । उनी हाललाई अनुभव बटुल्न त्यहाँ पुगेको बताउँछन् । ‘ यहाँ आएर मैले धेरै सिक्न पाएको छु । खेल्ने नखेल्ने प्रशिक्षकको हातमा हुन्छ । मैले आफ्नो तर्फबाट शत प्रतिशत मिहिनेत गरेको छु । आफ्नो व्यक्तिगत विकासमा ध्यान दिने प्रयास छ,’ उनले भने ।

१३ औं सागमा स्वर्ण जितेपछि एसओएस फर्कंदाको क्षण उनलाई आजपनि सम्झंदा खुसी लाग्ने बताउँछन् । ‘ सागमा स्वर्ण जितेर एसओएस फर्कंदा मलाई निकै खुसी लाग्यो । एसओएसको नाम मैले कतै गएर चिनाउन सकें जस्तो लाग्छ । मलाई त्यहाँ आएका नयाँ भाइ बहिनिहरुले फुटबल हेरेको भरमा नै चिनेर बोलाउँदा एकदम खुसी लाग्यो । एसओएसको विदेशी प्रमुख समेत उपस्थित उक्त कार्यक्रममा सम्मानित हुँदा खुसीको सिमा रहेन,’ उनले भने ।

एसओएसले नै यहाँसम्म ल्याउन आफूलाई मदत गरेको २० वर्षीय राजेशको बुझाइ छ । ‘ मलाई एसओएसले साथ दिएको छ, मैले एसओएसको नाम चिनाउनुपर्छ । एसओएसमा भएको सबै क्षेत्रमा राम्रो हुन्छ भन्ने सबैलाई देखाउनु छ । मैले ममीको माया एसओएसबाट पाएँ, तर सामान्य बालकले पाउने परिवारको माया मैले पाइन,’ उनले भने ।

अहमदाबादमा यस छनोट प्रतियोगिताका लागि मात्र आबद्ध राजेश अब नेपाल फर्केर प्रशिक्षणमा जुट्ने छन् । आइलिग पुग्ने धोको पूरा नभएपनि यस अनुभवले आफूलाई सहयोग पुगेको उनी बताउँछन् । अब फेरी नेपाल फर्केर राम्रो प्रदर्शन गर्ने उनको लक्ष्य छ ।

‘यहाँ धेरै सिक्न पाएँ । अब सम्भवत एनआरटिमा नै बस्छु होला । सम्झौता सकिएपनि नविकरणबारे छलफल भइरहेको छ । अघिल्लो सिजन चोटका कारण धेरै खेल गुमाए । अहिले फिटनेसमा एकदम ध्यान दिएको छु । आशा गरौँ चाडैं मैदानमा उत्रन पाइनेछ,’ उनले भने ।

February 23, 2025

‘लयमा फर्कदै छु’- साम्बा

काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित।‌ साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]

February 23, 2025

फाइनल अघि नेपालले म्यानमारलाई बराबरीमा रोक्यो

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]

February 23, 2025

बंगलादेशको काउर्न बाजार भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल,भद्रपुर काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा काउर्नले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । काउर्नले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । […]

Success

Thank you for your time.