9 years ago
September 6, 2016
बिश्व कप २०१८ को छनोट चरणको खेलमा समुह ‘जि’ अन्तर्गतको खेलमा स्पेनले कम दर्जाको लिएखटेन्स्टाइन बिरुद्ध ८-० को जित नतिजा निकाल्न सफल भएको छ ।
फिफा वरियतामा नेपाल भन्दा ६ स्थान मात्र माथी १८२ औ स्थानमा रहेको लिएखटेन्स्टाइनलाई स्पेनले ८ गोल गर्न सफल भएको हो , जसमद्धे ७ गोल दोस्रो हाल्फमा भएको हो । स्पेनको जितमा डिएगो कोस्टा ले २ , डेभिड सिल्भाले २, अल्भारो मोराटाले २ गोल गरे भने सेर्जियो रोबर्टो र भिटोलोले १-१ गोल गरे ।
समुहको अन्य खेलमा इटालिले इज्रेल बिरुद्ध ३-१ को जित दर्ता गर्यो । इटालिकालागि पेल्ले र सिरो इम्मोबाइल ले १-१ गोल गरे भने एन्टोनियो क्रान्डेवाले पेनाल्टी मार्फत १ गोल गरे । त्यस्तै अल्बानिया र म्यासेडोनिया बिचको खेल १-१ को स्तिथीमा भारी बर्षाका कारण स्थगित भयो।
सोही दिनको अन्य खेल हरुमा अधिकतम खेलहरु बराबरीमा रोकिए । समुह ‘आइ’ का तीन खेलहरु, क्रोएसिया र टर्की , फिन्ल्याण्ड र कोसोभो अनि युकरेन र आइस्ल्याण्ड सबै १-१ को बराबरीमा टुङिए ।
समुह ‘डि’ मा भने वेल्स ले मोल्डोभा सङ ४-० को जित हासिल गर्यो । वेल्सको जितमा ज्ञारेथ बेलले २ गोल गरे भने जो एलेन र स्याम भोक्स ले १-१ गोल गरे । त्यस्तै अर्को खेलमा सेर्भियाले आयरल्याण्डसँग २-२ नतिजामा अंक बाड्यो ।
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]