default_image

10 years ago

September 6, 2015

नेपाल कप महिला आमन्त्रण फुटबल असोज ३ देखि पोखरामा,

195 views

0 Bookmark

भाद्र २०, काठमाडौं-

नेपाल कप महिला आमन्त्रण फुटबल प्रतियोगिता आगामी असोज ३ देखि हुने भएको छ । पोखरा रङ्गशालामा हुने प्रतियोगीता १० गतेसम्म सञ्चालन हुने छ ।

Nepal womens international cup

स्पोर्टस् फर अल क्लब नेपाल, कास्की जिल्ला फुटबल सङ्घ र महिला फुटबल समितिको संयुक्त आयोजनामा हुने उक्त प्रतियोगितामा भारत र नेपालका गरी ११ टोलीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

छत्तिसौ विश्व पर्यटन दिवसको अवसर पारेर आयोजना गर्न लागिएको उक्त प्रतियोगितामा कुल १० वटा खेल सञ्चालन हुने छन् र प्रतियोगिताका विजेता टोलीले एक लाख र उपविजेता टोलीले रु ५० हजार सहित ट्रफी पाउनेछन् ।

महिला फुटबलको अन्र्तराष्ट्रीय क्षेत्रमा समेत विकास र विस्तार गर्ने उद्देश्यले आयोजित सो प्रतियोगिता सम्पन्न गर्न करिब २० लाख खर्च लाग्ने अनुमान आयोजकको छ ।

May 16, 2025

महिला फुटबल टोलीको दोस्रो चरणमा ३१ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले थाइल्याण्डविरुद्धको आगामी दुई मैत्रीपूर्ण खेलको लागि दोस्रो चरणमा ३१ खेलाडी छनोट गरेका छन् । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले झन्डै दुई साताको प्रशिक्षणपछि ४८ खेलाडीबाट दोस्रो चरणमा ३१ खेलाडी छनोट गरेका हुन् । दोस्रो चरणमा १७ खेलाडीले स्थान बनाउन सकेनन् । कोपिला खड्का, सबित्रा किशन, सजनी […]

May 16, 2025

नेपाल सेमिफाइनलबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – प्रतिस्पर्धात्मक खेलमा बंगलादेशसँग पराजित हुँदै नेपाल साफ यु १९ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ । साविक विजेतासँग २–१ ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरिएको हो । खेलको अन्त्यतिर ३ गोल निस्कदा नेपालले बंगलादेशलाई नतिजा सुम्पियो ।बंगलादेशका आशिखुर रहमान र कप्तान फैजलले गोल गरे । नेपालका सुजन डंगोलले एक गोल फर्काए । पहिलो […]

May 16, 2025

बार्सिलोनाले जित्यो ला लिगा उपाधि

एजेन्सी – बार्सिलोनाले विहीबार रातको खेलमा छिमेकी प्रतिद्वन्द्वी एस्पान्योललाई पराजित गर्दै स्पेनिस ला लिगाको उपाधि पक्का गरेको छ । प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा उपाधि जित्ने क्रममा बार्सिलोनाले एस्पान्योललाई २-० ले पराजित गर्यो । समग्रमा क्याटलान क्लबको यो २८ औं लिग उपाधि हो । बार्साको जितमा लामिन यमाल र फर्मिन लोपेजले १-१ गोल गरे । खेलको […]

Success

Thank you for your time.