4 years ago
September 9, 2020
काठमाडौं (हाम्रो खेलकुद)– कोरोना भाइरस कोभिड १९ का कारण स्थगित घरेलु खेलकुद गतिविधि कहिलेबाट सुरु हुने अझै निश्चित भएको छैन ।
कोराना संक्रमण समुदायमा फैलन थालेपछि काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरले गरेका ३ साता लामो निषेधाज्ञा बिहीबारबाट केहि खुकुलो हुँदैछ । जोर विजोरका आधारमा सवारी साधण चल्न पाउने निर्णय भएको छ ।
कतिपय सञ्चालन गर्न मिल्ने नमिल्ने विषयमा पनि सुची जारी गरिएको छ । जसमा खेलकुदसँग सबन्धित विषयमा पनि उल्लेख गरिएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट जारी आदेशमा स्वीमिङ पुल, समूहमा खेलिने खेलकुद र खेल प्रस्तुति निषेध गरिएको उल्लेख गरिएको छ ।
६ महिना भन्दा लामो समयदेखि कोभिडका कारण अन्य क्षेत्र जस्तै नेपाली खेलकुद गतिविधि शून्य छ । सरकारले चैत ११ बाट साउनको पहिलो साता सम्म गरेको लकडाउनमा खेलकुदका कुनै पनि प्रशिक्षण सुरु हुन सकेन ।
लकडाउन खुकुलो भएपछि केहि खेलले प्रशिक्षण सुरु गरेका थिए । राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण भदौ १ गतेबाट सुरु हुने तयारी थियो । तर, एसियाली फुटबल महासंघ (एएफसी) ले सन् २०२० का सबै खेल स्थगित गरेपछि फुटबल टोलीको प्रशिक्षक स्थगित भएको थियो ।
त्यस्तै ब्याडमिन्टन, टेबल टेनिस, ओलम्पिक छनोटमा रहेको करातेको प्रशिक्षण निषेधाज्ञासहित स्थगित भएको थियो ।
February 1, 2025
हिमाल खरेल,भद्रपुर दोस्रो सौर्य एअर ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकपका भाग्यशाली एक दर्शकले टिभिएस मोटरसाइकल पाउने भएका छन् । टिकट किनेर प्रतियोगिता हेर्ने दर्शकमध्ये एकजनालाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल उपलब्ध गराउने गोल्डकपका अध्यक्ष दिपेश ढकालले बताए । फागुन ७ गतेदेखि १६ गतेसम्म आयोजना हुने गम्भीर राई स्मृति संस्करणको फाइनल खेलका एकजना दर्शकले टिकटका […]
January 31, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरण प्रवेश गर्नका लागि हुने नकआउट राउन्डमा च्याम्पियन्स लिग सर्वाधिक १५ पटक जित्ने रियल म्याड्रिड र म्यानचेस्टर सिटी खेल्ने भएका छन् । शुक्रबार सार्वजनिक भएको ड्र अनुसार रियल म्याड्रिड र सिटी मध्य एक टोली मात्र यस सिजन च्याम्पियन्स लिगको अन्तिम १६ चरणमा पुग्ने भएका […]
January 31, 2025
सुमन अधिकारी,बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता अर्को साता सुरु हुने भएको हो । लखन ब्रदर्श युथ क्लबको आयोजनामा माघ २२ गते प्रतियोगिता सुरु हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको शुक्रवार पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुदिप खत्रीले बताए । सामाजिक क्षेत्रमा निरन्तर श्रमदान गर्दै आएको क्लब अब भने खेल विकासमा अग्रसरता देखाउन लागेको […]