default_image

8 years ago

August 28, 2016

जितका लागि रियालको संघर्ष

50 views

0 Bookmark

सेल्टा भिगो संघर्षपुर्ण जित पछी ला लिगामा दुइ खेल पछी रियाल म्याड्रीड शिर्ष स्थानमा पुगेको छ ।

Real Madrid

युभेन्टसबाट दुइ सिजनको लोन पछी रियाल फर्केका मोराटले पहिलो पल्ट गोल गरेपछी लिएको अग्रता सेलटा भिगो ले सात मिनेट पछी गोल गर्दै तोड्न सफल भयो  । सेल्टा भिगोकोलागी भालेन्जुएलाले बराबरि गोल गरेका थिए ।

रियाल म्याड्रीडले खेल आफ्नो पक्षमा राख्न सफल भएपनी विजयी गोल गर्न ८१औ मिनेट सम्म कुर्नु पर्‍यो । टोनी क्रुसको बक्स बाहिरबाटको दाया खुट्टाको प्रहार गोलमा परिणत भएपछी रियालको जित सुनिस्चित भएको थियो।

आफ्नो दोस्रो खेलमा एथ्लेटिक बिल्बावोलाई जित्न सके बार्सिलोना लिगको पहिलो स्थानमा फर्कने छ ।

November 19, 2024

डेनमार्क क्वाटरफाइनलमा, स्पेनको जित

एजेन्सी – सर्बियासँग सोमवार गोलरहित बराबरी खेल्दै डेनमार्क युइएफए नेसन्स लिगको क्वाटरफाइनलमा पुगेको छ। लिग ए समूह ४ मा दोस्रो स्थानमा रहँदै अघिल्लो चरणमा पुग्नका लागि डेनमार्कलाई कम्तीमा बराबरी आवश्यक थियो। सोही समूहको अर्को खेलमा स्पेनले स्विट्जरल्यान्डलाई ३-२ ले हरायो । इन्ज्युरी समयको तेस्रो मिनेटमा ब्रायन जारागोजाले पेनाल्टीबाट गोल गरेपछि स्पेन विजयी भएको हो । […]

November 19, 2024

राष्ट्रिय फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- ताजकिस्तानमा थ्री नेसन्स अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलेर नेपाली राष्ट्रिय फुटबल टोली सोमवार साँझ स्वदेश फर्केको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङसहित एन्फा पदाधिकारी र कर्मचारीले टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। नेपाली टोलीले दुईमध्ये एक खेलमा जित र अर्कोमा हार बेहोरेको थियो। ताजकिस्तानसँग नेपाल ४-० ले […]

November 19, 2024

पोर्चुगलसँग बराबरी खल्दै क्रोएसिया क्वाटरफाइनलमा

एजेन्सी – क्रोएसिया युइएफए नेसन्स लिगको क्वाटरफाइनलमा पुगेको छ । पोर्चुगलसँग सोमवार १-१ को बराबरी खेल्दै क्रोएसियाले अन्तिम आठमा स्थान पक्का गरेको हो । पोर्चुगल यसअघिनै प्रतियोगिताको अन्तिम ८ मा पुगिसकेको थियो। लिग ए‌ समूह १ मा पोर्चुगलले‌ १४ र क्रोएसियाले ८ अंक जोडेको छ। स्टेडियम पोलजुडमा क्रिस्टियानो रोनाल्डोसहित केही स्टार खेलाडीलाई विश्राम दिएका खेलको […]

Success

Thank you for your time.