9 years ago
August 27, 2016
हल (एजेन्सी) – बराबरीतर्फ उन्मुख खेलको इजुरी समयमा मार्कोस रासफोर्डले गोल गरेपछि म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा लगातार तेस्रो खेल जितेको छ । चार मिनेट इन्जुरी समयको दोस्रो मिनेटमा वाइने रोनीले हलका रक्षकलाई विट गर्दै निकालेको पासमा रासफोर्डले नजिकबाट वान टच गोल गरेका थिए ।
अन्तिम दुई मिनेट सम्हालिन नसक्दा हल सिटीले घरेलु मैदानमा हार बेहोर्नु परेको छ । रासफोर्ड माटाको ठाँउमा ७१ औं मिनेटमा मैदान प्रवेश गरेका थिए । सिटीले पनि अघिल्ला दुवै खेल जितेको थियो । जितपछि युनाइटेडले शीर्षस्थानमा रहेको चेल्सीसँग समान ९ अंक पुर्याएको छ । ७ अंकसहित एभर्टन तेस्रो स्थानमा छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटी र हल सिटीको समान ६ अंक छ ।
March 26, 2025
एजेन्सी – फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र फ्रान्सेली फुटबलर मिसेल प्लाटिनीले फिफामा भएको ठगी सम्बन्धित भ्रष्टाचारको आरोपमा सफाइ पाएका छन्। स्विजरल्याण्डको मुटेन्जस्थित एक अपिल अदालतले मंगलबार ब्लाटरले सन् २०११ मा प्लाटिनीलाई गरेको २० लाख स्विस फ्र्याङ्कको भुक्तानीमा कुनै अनियमितता नभएको ठहर गरेको छ। दुबैले लगातार आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए। पहिलो पटक […]
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाटनेपाल सुपर लिग (एनएसएल) खेल्न इमोह इजेकिएल र पापा इबोउ केबे आज नेपाल आइपुगेका छन्। ललितपुर गत संस्करणमा च्याम्पियन हुँदा इमोह र पापा दुवै टोलीको सदस्य थिए। ६ गोल गर्दै इमोह गोल्डेन बुट पनि जितेका थिए ।विजेता समेत हुन। धनगढी एफसी विरुद्धको फाइनलमा उनले २ गोल गरेका थिए। इमोहले […]
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले वैशाख २६ गते हुने साधारण सभामा डेढ अर्ब रुपैयाँको बजेट पेश गर्ने भएको छ । एन्फाले बुधबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार वैशाख २६ गते संघको नियमित साधारण सभा गर्ने उल्लेख गरिएको छ । उक्त सभामा वार्षिक कार्यक्रम तथा प्रतियोगिताका लागि अनुमानित बजेट […]