9 years ago
August 27, 2016
लेस्टर (एजेन्सी) – लेस्टरले प्रिमियर लिगको जारी सिजनमा पहिलो जित हासिल गर्ने क्रममा शनिबार स्वान्सीलाई २–१ ले हराएको छ । साविक विजेता रहेको लेस्टरलाई जित दिलाउन स्ट्राइकर जेमी भार्डे र कप्तान वेस मोर्गानले गोल गरेका थिए ।
रियाद मेराजले ५६ औं मिनेटमा पेनाल्टीमा गोल गर्न सकेको भए लेस्टरको गोलअन्तर अझै बढ्ने थियो । तर ५६ औं मिनेटमा उनको पेनाल्टी विपक्षी गोलकिपरले जोगाएका थिए । जेमीले ३२ औं र मोर्गानले ३२ औं मिनेटमा गोल गरेका थिए । ३ खेलमा पहिलो जित हासिल गरेको लेस्टरको ४ अंक पुगेको छ । टोली अंक तालिकाको नवौं स्थानमा पुगेको छ ।
शनिबारकै अन्य खेलमा चेल्सीले लगातार तेस्रो जित हासिल गर्ने क्रममा चेल्सीले बुम्लीलाई ३–० ले विजयी भएको छ । इडन हेजार्डले नवौं मिनेटमा पहिलो गोल गरेको खेलमा विलियनले ४१ औं र खेल सकिन एक मिनेटअघि भिक्टोर मोसेसले गोल गर्दै टोलीर्ला सहज जित दिलाएका थिए । ३ खेलमा सतप्रतिशत नतिजा निकाल्दै चेल्सी अंक तालिकाको शीर्षस्थामा पुगेको छ । अर्को खेलमा आर्सनलले वाटफोर्डलाई ३–१ ले हराएको छ । आर्सनलले पहिलो हाफमै तीन गोल गरेको थियो । सान्टी काजोर्लाले नवौं, एलेक्स सान्चेजले ४० औं र मेसुट ओजिले ४५ औं मिनेटमा गोल गरेका थिए । वाटफोर्डका लागि रोर्बेटो पेरेयराले दोस्रो हाफमा एक गोल फर्काएका थिए । ४ अंकका साथ आर्सनल सातौं स्थानमा छ ।
शनिबार भएको पहिलो खेलमा लिभरपुल र टोटनह्यामले १–१ को बराबरी खेलेका छन् । अन्य खेलमा एभर्टनले स्टोकलाई १–० ले हरायो भने क्रिस्टल प्यालेस र एएफसी बार्नेमाउथले तथा साउथ ह्याम्टन र सन्डरल्यान्डले समान १–१ को बराबरी खेलेका छन् ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]