default_image

9 years ago

August 26, 2016

रुस्लान थ्री स्टार क्लबको एअरपोर्टमा भब्य स्वागत

83 views

0 Bookmark

एएफसी कप फुटबलको प्लेअपमा, छनौट भएको थ्रिस्टार क्लब शुक्रबार अपराह्न काठमाडौं आईपुगेको छ । टोलीको त्रिभुवन अन्र्तराष्ट्रिय भब्य स्वागत गरिएको छ ।

Three Star returns home

थ्रिस्टारको टोलीलाई स्वागत गर्न अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव धिरेन्द्र प्रधान , उपाध्यक्ष कर्मा छिरीङ शेर्पा , एन्फाका पुर्व उपाध्यक्ष तथा मनाङ मस्र्याङ्दी क्लबका पुर्व अध्यक्ष कर्मा छिरीङ शेर्पा लगायतले टोलीको स्वागत गरे । विमानस्थलमा अवतरण गरेको थ्रिस्टारको टोलीलाई क्लबका प्रशंसकहरुले स्वागत गरेका थिए । ज्यापु समाज ललितपुरले टोलीको स्वागतमा सांस्कृतिक बाजा सहित स्वागत समेत गरेको थियो ।

मंगोलियाको उलानबटारमा सम्पन्न एएफसी कप फुटबलको प्लेअप छनौट प्रतियोगिता खेलेर थ्रिस्टार १० दिनको बसाई पछि स्वदेश फर्किएको हो । टोली सुरुमा मंगोलियाको उलानबटारबाट बिहीबार मध्यराती दक्षिण कोरियाको सियोल हुदै काठमाण्डौा आइपुगेको हो । सियोलमा थ्रिस्टारको टोली ९ घण्टा ट्रान्जीटमा परेको थियो ।

३२ साउनमा काठमाडौंबाट उलानबटारमा गएको टोलीले एएफसी कप प्लेअफ छनौटमा आयोजक मंगोलियाको एर्चिम फुटबल क्लबलाई २–० ले तथा कम्बोडियाको नागाबल्र्डसाग १–१ गोलको बराबरी खेलेको थियो । ४ अंक सहित समुह बि मा शिर्ष स्थानमा रहदै टोली अर्को चरणमा पुगेको छ ।

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

March 14, 2025

यु १९ की फुटबल खेलाडी पुनम सम्मानित

दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्‍याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]

Success

Thank you for your time.