default_image

9 years ago

August 25, 2016

नेपाली खेलाडीहरुको म्याच फिक्सिङ्गविरुद्धको अपिल खारेज

90 views

0 Bookmark

एसीयाली फुटबल महासंघ (एएफसी)को अपिल कमिटीले म्याच फिक्सिङको आरोपमा नेपाली खेलाडी माथि गरिएको आजिवन प्रतिबन्ध कारबाही माथी परेको पुनरावलोकनको आग्रहलाई खारेज गरिदिएको छ ।
fixing
एएफसीको अपिल कमिटीको आज बसेको बैठकले चार जना खेलाडी र एक जना प्रशिक्षकलाई एएफसीले लगाएको प्रतिबन्ध विरुद्धको अपिललाई खारेज गरेको हो । एएफसीको अनुशासन कमिटीले नेपालका राष्ट्रिय फुटबल टिमका सदस्यहरू विकास सिंह क्षेत्री, सन्दीप राई, रितेश थापा र सागर थापाले म्याच फिक्सिङमा संलग्न रहेको भन्दै गत बर्षको डिसेम्बरमा आजिवन फुटबल खेल्न प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
नेपालले सन् २००८ देखी २०१२ को समयमा खेलेका अन्तर्राष्ट्रिय मैत्रिपुर्ण म्याचमा म्याच फिक्सिङ्ग आशंकामा एएफसीले स्पोर्टस राडर सेक्युरेटी र नेपाल प्रहरीसंग मिलेर अनुसन्धान गरेको थियो । म्याच फिक्सिङ्गमा चार खेलाडी र एक प्रशिक्षकको मिलोमतो प्रमाणित भएपछि एएफसीले आजिवन फुटबल गतिविधीमा संलग्न हुन नपाउने गरि प्रतिबन्ध लगाएको हो ।
-इकान्तिपुरबाट साभार

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

March 14, 2025

यु १९ की फुटबल खेलाडी पुनम सम्मानित

दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्‍याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]

Success

Thank you for your time.