default_image

8 years ago

August 25, 2016

थ्रिस्टार एएफसी कप फुटबलको प्लेअफमा छनौट

68 views

0 Bookmark

नेपालको राष्ट्रिय लिग च्याम्पियन रुस्लान थ्रिस्टार क्लब एएफसी कप फुटबलको प्लेअफ छनौट चरण पार गर्न सफल भएको छ ।

Three Star Qualify

मंगोलियामा बिहीबार सम्पन्न एएफसी कप फुटबलको प्लेअफ छनौट चरण अन्र्तगतको समुह बिको अन्तिम खेलमा मंगोलियाको एर्चिम फुटबल क्लबले कम्बोडियाको नागावल्र्ड फुटबल क्लबलाई एक शुन्यले हराएपछि ललितपुरे थ्रिस्टारको भाग्य चम्किएको हो । थ्रिस्टारसँगै समुह ए बाट किर्गीस्थानको डोरडोई विस्केक र समुह सी बाट चाइनिज ताइपेइको टाटुङ एफसी पनि अर्को चरणमा पुगेका छन् ।

बिहीबारको खेलमा एर्चिमका लागी दाबाजेभले निर्णयक गोल गरेका थिए । यो समुहमा रहेका ३ टोली मध्ये थ्रिस्टार ४ अंक बटुल्दै अघिल्लो चरणमा प्रवेश गरेको हो । तालिकामा थ्रिस्टारपछि एर्चिमको ३ अंक रह्यो भने एक बराबरी र १ हार बेहोरेको नागाबल्र्ड तेस्रो स्थानमा रह्यो । उसको २ खेलमा १ अंक भयो ।

थ्रिस्टारले पहिलो खेलमा घरेलु प्रतिद्धन्द्धि एर्चिमलाई उसकै समर्थक माझ २–० ले हराएको थियो । जुन खेलमा नाइजेरियन खेलाडी अजायी मार्टिन्स कायोडे र कप्तान विक्रम लामाले एक –एक गोल गरेका थिए । नागावल्र्डसँग थ्रिस्टारले १–१ गोलको बराबरी खेल्दा पनि मार्टिन्सले नै एक गोल फर्काएर हारबाट जोगाएका थिए ।

नाइजेरियन अजायी मार्टिन्स कायोडेले २ गोल गरेका छन् भने एक गोल कप्तान विक्रम लामाको नाममा छ । मार्टिन्सले एर्चिम विरुद्ध एक गोल तथा नागावल्र्ड विरुद्ध एक एक गोल गरेका हुन् । नेपाली टोलीले २ खेलमा

मंगोलियन फुटबल फेडेरेसनको कृत्रिम मैदानमा भएको खेलमा निर्धारित ९० मिनेटसम्मको खेलमा दुबै टोलीले कुनै गोल गर्न सकेनन् । तर खेलको अन्तिम इनजुरी समयमा एर्चिमले एक गोल गर्यो । त्यसबाहेक दुबैतर्फबाट गोल गर्ने थुप्रै अवसरहरु सिर्जना भएका थिए । नागावल्र्ड र एर्चिमवीचको खेल हेर्न थ्रिस्टारको टोली नै फेडेरेसनको प्याराफिटमा पुगेको थियो । एर्चिमको समर्थन गर्दै टोलीले बराबरी या एर्चिमको जितको कामना गरिरहेका थिए । खेलमा एर्चिमले गोल हान्ने वित्तिकै थ्रिस्टारका सबै टोली प्याराफिटमा उफ्रिएका थिए ।

मलाई एकदमै खुसी लागीरहेको छ  आज हामी अर्को चरणमा पुग्न सफल भयौँ , मुख्य प्रशिक्षक मेघराज केसीले भनर्, भाईहरुको मेहेनतले नै हामीले यो सफलता पायौँ ।उनले एर्चिमले आफ्नो गौरबका लागी फुटबल खेलेको बताए र्।   थ्रिस्टारसँगको खेल र त्योबेलाको नतिजाले गर्दा एर्चिमसँग उसले खेल्न सकेन जसले गर्दा हामी अर्को चरणमा पुग्यौँ , अर्का प्रशिक्षक रवीन्द्र सिलाकारले भने र्,  नतिजा हाम्रो राम्रो आयो । कप्तान विक्रम लामाले पनि सबै खेलाडी प्रशिक्ष्क , ब्यवस्थापक र सुभचिन्तकको मायाले नै टोलीलले अर्को चरणमा प्रवेश पाएको बताए ।

उपकप्तान निराजन खड्काले यो स्थान र मौसमले थ्रिस्टारलाई साथ दिएकोमा खुसी ब्यक्त गरे र्।  यहाँका सबैले हामीलाई साथ दिएका छन् , मौसम र स्थानले साथ दिएको छ , उनले भने र्,  हामीलाई भाग्यले पनि साथ दिएको छ । टोलीका ब्यवस्थापक कृष्ण अबालले थ्रिस्टारले विदेशी भुमीमा आएर नौलो प्रर्दशन गरेको प्रतिक्रिया दिए । एशियाली फुटबल परिषद एएफसीले एएफसी कप फुटबलको प्लेअफ आउने जनवरीमा गर्दैछ । जसमा ८ टोलीको सहभागीता रहनेछ । त्यसका टोली र स्थानका बारेमा एएफसीले जानकारी दिएको छैन । २ खेलमा थ्रिस्टारले ५ वटा पहेलो कार्ड खाएको छ ।

कम्बोडियाको क्लब नागाबल्र्डका प्रमुख प्रशिक्षक मियास चानाले आफ्ना खेलाडीहरुले राम्रो खेल्न नसकेको बताए र्।  एर्चिमलाई धेरै गोल हान्नु थियो , उनले भने र्,  एर्चिम पनि बलियो देखीयो तर हाम्रा खेलाडी खुलेर खेल्न सकेनन् ।

September 21, 2024

ग्लोरीको गोलमा बुटवल लुम्बिनीको जित

सुशील पन्त क्षेत्री, चितवन जोन ग्लोरीले २ गोल गरेपछि गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपमा बुटवल लुम्बिनी एफसी विजयी भएको छ । नेपाल प्रहरी शिक्षालयको मैदानमा आज भएको खेलमा बुटवल लुम्बिनीले न्यु स्टार एफसी सुनसरीलाई २-० ले पराजित गरेको हो । खेलमा पहिलो हाफको ३९ औं मिनेटमा गोल गर्दै ग्लोरीले बुटवललाई अग्रता दिलाएका थिए । ग्लोरीले […]

September 21, 2024

पुलिससँग वालिङको हार

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगमा वालिङ नगरपालिकामाथि जित हात पारेको छ । वालिङलाई हराउँदै पुलिसले आफ्नो अपराजित यात्रा कायमै राखेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला भएको खेलमा पुलिसले वालिङलाई २-० ले पराजित गरेको हो । पुलिसलाई जित दिलाउन दुवै गोल सम्झना लावतीले गरिन् । सम्झनाले ६७औं र इन्ज्युरी समयमा […]

September 21, 2024

अन्नपूर्ण आरसिटीमा पहिलो पटक महिलालाई सदस्यता

काठमाडौं (हाम्रो खेलकुद)–अन्नपूर्ण आरसिटीले १९ औं साधारण सभाको अवसरमा शनिवार पहिलो पटक महिलालाई पनि सदस्यता प्रदान गरेको छ । योसँगै आरसिटीले महिला टिम बनाउने र प्रतियोगिता खेल्ने बाटो खोलेको छ । अध्यक्ष सुरेशकाजी शाक्यले ३ दर्जन भन्दा बढी महिला सदस्यलाई क्लबमा स्वागत गरे । महिला टिम बनाएपछि आरसिटीले एन्फा वुमेन्स लिगमा सहभागिता जनाउने पाउनेछ । […]

Success

Thank you for your time.