10 years ago
September 5, 2015
दिपेश तिमल्सिना | हाम्रो खेलकुद
१९ भाद्र, २०७२
भारत विरुद्ध नेपाल, खेल जसले जिते पनि सधैंजसो खेलको नतिजा एक वा दुई गोलको फरकमै भेटिन्छ र जित पनि धेरैजसो भारतिय पक्षमा भएको सुन्न र देख्न पाइन्छ| सुन्न पाइने यो हिसाबले कि भारत भएका धेरैजसो खेल टिभी मा प्रत्यक्ष प्रशारण भएको विरलै देखिन्छ| १ अर्ब भन्दा बढि जनसङ्ख्या र हजार बढी टिभी च्यानल भएको देशमा गल्ली क्रिकेट टिभीमा हेर्न पाइन्छ तर फुटबलको अन्तराष्ट्रिय मान्यता प्राप्त खेल एवं प्रतियोगिता हेर्न पाउन भने हम्मे हम्मे पर्छ, र खेल यदि नेपालमा भएको छ भने भाग्यमानीले रंगशालामा गएर खेल हेर्न पाउँछ र बाँकि अरुले टेलीभिजनमा| नेपालमा टिभी च्यानलहरु गन्ने हो भने हातैमा गन्न सकिने छन्| नेपाली जनताको फुटबल प्रतिको क्रेजले होला नेपालको खेल हुँदा रंगशालामा सिट खाली भएको देख्नु परेको छैन| उमेर समुहमा पनि हजारौं दर्शक खेल हेर्न रंगशालामै पुगेका हुन्छन|
भर्खरै सम्पन्न साफ यु-१९ फुटबल प्रतियोगिता दशरथ रंगशालाको अभावले गर्दा एन्फा कम्पलेक्समा गरिने निर्णय भयो| वैशाख १२ गते गएको विनाशकारी भुकम्पले गर्दा रंगशाला प्रयोग गर्न नहुने भएपछि खेल सातदोबाटोमा हुने भएको हो| हुन त एन्फासमक्ष लगनखेलको सैनिक शारिरक सुगठन तथा तालिम केन्द्रको मैदान र हल्चोकस्थित शसत्र प्रहरी बलको मैदान पनि तयार नै थियो| यी दुवै मैदानमा पहिला पनि अन्तराष्ट्रिय स्तरको प्रतियोगिताहरु भै नै रहेका हुन्| वैशाख १२ गते भुकम्प जानुअघि लगनखेलमा ए.एफ्.सी यु-१४ महिलाको प्रतियोगिताका केहि खेलहरु सञ्चालन गरिएको थियो| संयोगवश भनौं या दुर्भाग्यवश, सोहि प्रतियोगिताको फाइनलको दिन रंगशालामा तेश्रो स्थानको खेलको तयारीको क्रममा भुकम्प आएको थियो| त्यतिबेला दर्शको उपस्थिति नभएकोले ठुलो दुर्घटना टरेको कुरालाई नकार्न सकिन्न|
कुरा साफ यु१९ प्रतियोगितामौ जोडौं, एन्फा कम्पलेक्समा खेल हुने वा नहुने भन्ने अन्यौल प्रतियोगिता सुरु हुने दुई दिन अघिसम्म पनि थियो| एक महिनाभित्र एन्फाले जुन काम गर्यो त्यो स्वयं एन्फामै कार्यरत कर्मचारीलाई पनि पत्यार नलाग्न सक्ने अवस्था थियो| एन्फाका सि.इ.ओ इन्द्रमान तुलाधरको शव्दमा भन्ने हो भने यो प्रतियोगिता एन्फालाई गर्न कुनै चाह थिएन| तर भुकम्पपछि विश्वको मानसपटलमा नेपालको स्थितिबारे जुन नराम्रो छाप बसेको थियो, त्यसलाई हटाउन एन्फाले यो प्रतियोगिता गर्ने निर्णय लियो| “पर्यटकिय हिसाबले र खेल प्रेमी समक्ष हामीले यो सन्देश दिन जरुरी छ कि हामी जे भयो त्यसबाट अघि बढ्न सक्क्षम छौं,’ तुलाधरले भने|
लगनखेल र हल्चोक मेैदान उपलब्ध हुँदाहुँदै पनि एन्फामा खेल गर्नु पछाडी पनि केहि कारण पनि अवश्य छन्| सबैलाई अवगतै छ कि यी दुवै खेलमैदानमा दर्शकका लागि प्याराफिट उपलब्ध छैन| यसै कारण पनि, दुई हजार क्षमता भएपनि खेल एन्फा कम्पलेक्समै गराउने जमर्को एन्फाले लियो| प्रतियोगिताको समापन पश्चात मुल्याकंन गर्ने हो भने यो निर्णय निकै राम्रो साबित भयो| दर्शकको उपस्थितिले खेलाडीहरुलाई थप उर्जा मिल्यो, भाग्यमानी खेलप्रेमी दर्शकले खेल नजिकैबाट नियाल्न पाए अथावा भनौं जितको मजा पनि खेलाडीसंगै लिन पाए र एन्फालाई केहि हदसम्म आर्थिक क्षेत्रमा लाभ भयो|
७८ लाख अनुमानित बजेट भएको प्रतियोगिताको लागि ५० लाख साफले उपलब्ध गराएको थियो भने बाँकि रकम टिकटबाट उठाउने लक्ष्य एन्फाले लिएको थियो| समुह चरणको खेलहरुमा २०० र ३०० रुपैंया तोकिएको टिकट परम्परागत शैलीलाई पछ्याउँदै सेमिफाइनल र फाइनलका लागि रु. ३०० र रु. ५०० तोकिएको थियो| अन्दाजी हिसाब गर्दा एन्फाले टिकटबाट करिब २० लाख उठाउन सफल रह्यो| आर्थिक हिसाबनमा घाटा नै भएपनि सि.इ.ओ. तुलाधरले भनेझैं यस प्रतियोगिताले फुटबल जगतका साथसाथै अन्य विभिन्न क्षेत्रबाट सहयोग भने अवश्य पुर्यायो|
यस प्रतियोगिता जितेपछि नेपालको २२ वर्षको उपाधि खडेरी त तोडियो नै साथसाथै यसले आशा पनि जगाएको छ| यसै प्रतियोगितामा राम्रो प्रदर्शन गरेका चार खेलाडीले राष्ट्रिय टोलीमा आफ्नो स्थान पनि बनाए| भारत विरुद्धको मैत्रिपुर्ण खेलमा विमल घर्ती मगर, अन्जन विष्ट र अन्नत तामागं सुरुवाति एघारमै अटाए भने विश्वास श्रेष्ठ अतिरिक्त खेलाडीमध्ये एक थिए| मिडफिल्डर हेमन्त थापा मगर ३० जनाको सुचीमा परेपनि अन्तिम टोलीमा पर्न भने असफल रहे| सोहि टोलीका सदस्य दिनेश राजवंशी यसअघिनै राष्ट्रिय टोलीका सदस्य भइसक्का छन् र घाइते भएका कारण यो पाली टोलीमा अटाउन सकेनन्|
यस प्रतियोगिताको फाइनलका नायक सोजित गुरुगं भर्खर सत्रौं वसन्त पार गर्दैछन्| विगतका उमेर समुहमा केहि फितलो देखिएको गोलरक्षकको समस्याले भविष्यमा राष्ट्रिय टोलीमै समस्या आउने हो कि भन्ने डर पनि केहि हदसम्म साम्य भएको छ| सुनिल बल, डोना थापा, गौरव बुढाथोकि, आकाश थापा लगाएतका खेलाडिले पनि प्रतियोगिता अवधिभर राम्रै प्रदर्शन गरे|
दर्शकको कुरा गर्ने हो भने नेपालको खेलको दिन सातदोवाटो तिरको माहोल भिन्नै देखिन्थ्यो| समुह चरणका खेलहरु दिउँसो साढे तिन बजे सुरु हुने र खेलका लागि १२ बजे टिकट बिक्रि सुरु हुने भने पनि बिहान एघार बजेदेखि टिकटमा लाम सुरु हुन्थ्यो| साधारण तर्फ १७०० र भि. आई.पी तर्फ ३०० टिकट बेच्ने निर्णय भएकोमा टिकट लिने लाम सधैं टिकट संख्याभन्दा धेरै हुन्थ्यो| लाम बस्ने सबैको मनोभावना मध्यनजर गर्दै एन्फाले समुहचरणमा प्रति व्यक्ति ३ टिकट, सेमिफाइनलमा दुई र फाइनलको दिनमा एक व्यक्ति एक टिकटको अवधारणा अपनाएको थियो| जबजब खेल समय नजिकिंदै जान्थ्यो एन्फा परिसर वरपरका घरका छतहरु भरिदैं जान्थे भने बाटो वरपर मानिसको भिड व्यवस्थापन गर्न प्रहरीहरुलाई हम्मे पर्थ्यो| कम्प्लेक्ससंगै जोडिएको टेनिस कोर्ट प्रतियोगिता अवधिभर खेल हुने समयमा सञ्चालन हुन सकेन| नेपालको खेलमा वरपरका रुखका हाँगामा समेत चढेर खेल हेर्ने दर्शक पाइए|
फाइनलको दिन टिकट ११:३० बजे विक्रि गर्ने भनेपनि बिहान चार बजेको सिमसिम पानीमै केहि खेलप्रेमीहरु लाम लाग्न सुरु भइसकेका थिए| लाम बस्नेमध्य एकले भने,” अस्ति सेमिफाइनलको दिन आठ बजे आएर पनि टिकट पाइएन, बनेपा देखि आउनुपर्ने भएर हिजो यतै होटेलमा रात बिताएर बिहान छ बजेनै लाम बस्न आएको| तर म आउँदापनि लाममा सय भन्दा बढि मानिस बसिसकेका थिए|” बिहान सातबजेनै करिब १५०० लामबद्ध भैसकेका थिए भने आठबजेबाट प्रहरीहरु तैनाथ गरेर कम्पलेक्स परिसरको सुरक्षा प्रणाली कडा गरिएको थियो|
कान्तिपुर गोल्डले प्रत्यक्ष प्रशारण गरेको प्रतियोगिकताको लाइभ स्ट्रिमिगं एवं लिखत अपडेट एन्फाकै वेबसाइट लगाएत अन्य मिडियाले पनि दिएका थिए| उमेर समुहको प्रतियोगिताको पलपलको समाचार विश्वभरि छाइरहेको अवस्था भने दुई दिनपछि भारतमा भएको मैत्रिपुर्ण खेलमा भने पाउन सकिएन| केहि भारतिय वेबसाइटले लिखत अपडेत दिएपनि नेपाली गोलकिपर बाहेक अन्य खेलाडिको नाम विरलै पाइयो| नेपालको फर्मेसन कस्तो थियो भन्ने कुराको बयान र खेल कस्तो रह्यो भन्ने विस्तृत विवरण टोलीको नेपाल आगमन पछि मात्र थाहा भयो|, त्यो पनि स्वयं खेलाडिहरुको मुखराविन्द बाट|
नेपाल नखेलेको खेलमा पनि करिब पाँच सय दर्शकको उपस्थिति, प्रतियोगिता अवधिभर नेपली मिडियाले गरेको खेलको विश्लेषण एवं प्रस्तुति र त्यसमा नेपाली दर्शकको प्रतिक्रिया एकदमै प्रशंसनिय थियो| एन्फाले देशको यस्तो परिस्थितिमा चालेको यो कदम वास्तवमै स्वागतयोग्य छ र अन्य क्षेत्रका संघसंस्थाले पनि यसबाट केहि प्रेरणा अवश्य लिनेछन्| खेल, खेलाडी र यससंग जोडिएका सम्पुर्ण ठाउँबाट आएको यस किसिमको नतिजाले नेपली फुटबलमा नयाँ आशा जगाएको छ|
आशा जागाउने काम संगसंगै एन्फासमक्ष चुनौतिहरु पनि उत्तिकै छन्| अहिले भएका राम्रा कार्यहरुलाई जारी राख्ने र कमजोर पक्षहरुमा क्रमश: सुधार गर्नु एन्फाको लागि एकदमै जरुरी देखिन्छ| दुई हजार दर्शक क्षमता भएको एन्फा कम्प्लेक्स मैदानको निर्माणमा जे कमजोरी देखिए, ति सबै कमजोर पक्षहरु अब बन्ने ललितपुर च्यासल स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा सुधार्नुपर्छ| फिफा, नेपाल सरकार र एन्फाको सामुहिक प्रयासमा च्यासलको टेक्निकल सेन्टरलाई स्तरोन्नति गरेर पन्ध्र हजार क्षमता भएको अन्तराष्ट्रिय स्तरको सुविधासम्पन्न मैदान तयार पार्ने सम्झौता भइसकेको छ| फिफाले मैदानमा प्रयोग हुने एष्ट्रो टर्फ सहयोग गर्ने र सरकारले १५,००० दर्शक क्षमताको प्याराफिट बनाएर एन्फालाई हस्तानतरण गर्ने निर्णय पनि भइसकेको छ|
खेलको लागि आवश्यक पुर्वाधार संगसंगै खेलको स्तरोन्नति गर्नु पनि एन्फा समक्ष चुनौति बनेको छ| उमेर समुहमा राम्रो प्रदर्शन संगसंगै राम्रो नतिजा आएपनि सिनिएर टोलीमा त्यो जारी हुन सकेको छैन| अहिलेको यु१९ टोलीका अधिकांश खेलाडी राम्रा भएका र राष्ट्रिय टोलीमा पनि केहि महत्वपुर्ण खेलाडीहरु आफ्नो खेलजिवनको अन्त्यतर्फ आइरहेको स्थिति मध्यनजर गर्दै एन्फाले जरुरी कदमहरु चाल्न आवश्यक देखिन्छ| देशको खेलको स्थिति त्यहाँको घरेलु खेलस्थितिले देखाउँछ भनिन्छ| भुकम्पका कारण रोकिएको राष्ट्रिय लिग सरिरहेको अवस्थामा यस लिगलाई सम्पन्न गरेर यस वर्षको फुटबल क्यालेन्डर सुचारु गर्नुपर्ने दवाव पनि उत्तिकै छ| खेल र खेलाडिको उचित व्यवस्थापन गरेर अगाडी बढ्ने कुरामा खेलाडि, क्लब र संघ लगाएत सम्पुर्ण खेलसमाज सकारातमक भएर बढेमा अब आउने पुस्ताले नेपाली फुटबल जगतको इतिहासमा केहि नगर्ला भन्न सकिन्न|
April 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सुर्खेत जिल्ला फुटबल संघको विशेष साधारण सभाले दीलिप बस्याललाई अध्यक्ष निर्वाचित गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। सुर्खेत जिल्ला फुटबल संघ लामो समयदेखि विवादित रहँदै आएको थियो। मंगलवार बसेको विशेष साधारण सभाले तत्कालिन अध्यक्ष रविन्द्र चन्दविरुद्ध अविश्वास प्रस्ताव पारित गर्दै उनलाई पदमुक्त गरेको थियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको […]
April 30, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले युइएफए च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा आर्सनललाई १-० ले हराएको छ। इमिरेट्स स्टेडियममा मंगलवार भएको खेलमा ओउस्मान डेम्बेलेले गोल गर्दै पिएसजीलाई महत्त्वपूर्ण अग्रता दिलाए। डेम्बेलेले चौथो मिनेटमा गोल गर्दै दिलाएको अग्रतालाई पिएसजी जोगाउन सफल रह्यो । दोस्रो हाफमा खुट्टाको चोटका कारण डेम्बेले मैदान छाड्नु परेको थियो। उनले जारी सिजनमा […]
April 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बल (एपिएफ) प्रथम बागमती प्रदेश मुख्य मन्त्री कपको सेमिफाइनलमा प्रवेश गरेको छ। नुवाकोटको बट्टारमा जारी प्रतियोगिताको आज भएको क्वाटरफाइनलमा पदमा स्पोर्टस क्लबलाई ४-० ले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो । एपिएफको जितमा अनिता केसीले २ तथा रश्मि कुमारी घिसिङ र गीता रानाले समान १ गोल गरे। खेलको ११ औं […]