9 years ago
August 24, 2016
एएफसी कप फुटबलको प्लेअफ छनौट चरण पार गर्न नेपालको राष्ट्रिय लिग च्याम्पियन रुस्लान थ्रिस्टारले कम्बोडियाको नागाबल्र्ड र मंगोलियाको एर्चिमवीचको खेल कुरीरहेको छ ।
जुन खेलको नतिजाले मात्र औपचारिक रुपमा कुन टिम अर्को चरणमा जाने हो भन्ने निक्र्यौल गर्नेछ । नागाबल्र्ड र एर्चिमवीचको खेल मंगोलियन फुटबल फेडेरेसनको कृत्रिम मैदानमा बिहीबार नेपाली समय अनुसार पौने ३ बजे सुरु हुनेछ । समुह बि को यो छनौट प्रतियोगितामा रुस्लान थ्रिस्टार बलियो स्थितीमा छ । जारी तालिकामा थ्रिस्टारको २ खेलबाट ४ अंक भएको छ भने १–१ खेल खेलेका नागाबल्र्ड र एर्चिमको १–१ अंक नै छ ।
हामी थ्रिस्टार माथी अर्को राउण्डमा पुगोस् भन्ने कामना गछौँ , एक जना अफिसीयल राम बोस् भन्छन् र्, हामी नागावल्र्ड र एर्चिमको खेलको प्रतिक्षामा छौँ । टिम ब्यवस्थापक देखी लिएर सबै अफिसीयलहरुको ध्यान यही खेलमा छ र्। हामीले खेल्ने जति खेलीसक्यौँ , अब नतिजा अरुको भरमा छ , कप्तान विक्रम लामाले भने , थ्रिस्टारलाई माया गर्ने सबैको कामनाले गर्दा अर्को चरणमा जान सक्छ त्यसैले सबैले सकारात्मक सोच राखौँ ।
२ खेलमा थ्रिस्टारले ५ वटा पहेलो कार्ड खाएको छ भने नागाबल्र्डको २ बटा पहेलो र १ वटा रातो कार्ड खाएको छ । जसका कारण यदि एर्चिमलाई नागावल्र्डले २ गोलको अन्तरसम्मले हराएपनि थ्रिस्टारलाई नै अर्को चरणमा पुर्याउँछ । बराबरी , या समान्य एक गोलको अन्तरले जित्दा पनि नागावलर्डलाई बेफाइदा हुनेछ र्। हामी धेरै पक्षबाट राम्रो र बलियो स्थितीमा छौँ , मुख्य प्रशिक्ष्क मेघराज केसीले भने र्, एर्चिम र नागावल्र्ड वीचको खेल निकै प्रतिस्पर्धात्मक हुनेछ तर पनि नतिजा उनीहरुको सोचाईमा जस्तो हुँदैन । नागाबल्र्डका लागी एर्चिम क्लबसँगको प्रतिस्पर्धा त्यत्ति सजिलो नहुने देखीएको छ । नागाबल्र्डका पहिलो रोजाईका गोलकिपर योर्क यारीले रातो कार्ड खाएका कारण उनी अर्को खेलमा हुनेछैनन् । जसको फाइदा एर्चिमसागै थ्रिस्टारलाई पनि ह’नेछ । गोलकिपर यारीले थ्रिस्टारको प्लेयर बक्समा उत्श्रृङ्खल संकेत गरेपछि सिंगापुरका म्याच रेफ्रि जानसेन फोले रातो कार्ड दिएका हुन् । त् यो प्रतियोगितामा नाइजेरियन अजायी मार्टिन्स कायोडेले २ गोल गरेका छन् भने एक गोल कप्तान विक्रम लामाको नाममा छ । मार्टिन्सले एर्चिम विरुद्ध एक गोल तथा नागावल्र्ड विरुद्ध एक एक गोल गरेका हुन् ।
उपकप्तान निराजन खड्काले यो स्थान र मौसमले थ्रिस्टारलाई साथ दिएकोमा खुसी ब्यक्त गरे र्। यहाँका सबैले हामीलाई साथ दिएका छन् , मौसम र स्थानले साथ दिएको छ , उनले भने र्, आशा छ हामीलाई भाग्यले पनि साथ दिएर छनौट हुनेछौँ । कम्बोडियाको क्लब नागाबल्र्डका प्रमुख प्रशिक्षक मियास चानाले आफ्ना खेलाडीलाई आक्रमण खेल्न सुझाव दिएका छन् र्। अब हाम्रो खेल एर्चिमसँग छ ,त्यो टिम पनि राम्रो टिम छ , उनले भने र्, हामी त्यो खेलमा पुरा शक्ति लगाएर खेल्छौँ , हामी स्कोरमा होइन राम्रो खेलमा विश्वास गछौँ । बिहीबार नागाबल्र्ड र एर्चिमवीच समुह बिको अन्तिम छनौट खेल दिउँसो पौने ३ बजे सुरु हुनेछ । ३ समूहमा विभाजन गरिएको प्लेअफ छनोट चरणमा नौ टोलीको सहभागिता रहेको छ। तीनै समूहबाट समूह विजेता अर्को चरणमा पुग्नेछ
चेङ्गिज खान रहेको ठुलो पार्कमा खेलाडीहरु थ्रिस्टारको टोली उलानबटारबाट ५४ किलामिटर टाढा रहेको चेङ्गिज खान घोडामा चढेको विशाल मुर्तिरहेको पार्कको भ्रमणमा निस्कीएको छ । मंगलबार नागावल्र्डसँगको खेलपछि फुर्सदमा रहेको टोली टोसोङ्गीनबोल डग पहाडको छेउमा रहेको पार्कमा पुगेको थियो । पार्कमा मंगोलियाको इतिहास जोडीएका पुरातात्विक बस्तुहरु , रमाइलो र मनोरम दृश्य हेर्न सकिने स्थान , म्युजियम , ठुलो जुत्ता , मेटलबाट बनेको सामग्री आदी रहेको थियो । केही खेलाडीहरुले विभिन्न गिफ्टका सामान समेत त्यहाँबाट किनेर ल्याउका छन् ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]