default_image

8 years ago

August 24, 2016

मध्यपुर र एनआरटिको बराबरीले आरसीटिलाई फाइदा

61 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – रानीपोखरी कर्नर टिम (आरसिटी) राजधानीमा जारि ‘बि’ डिभिजन लिग फुटबल प्रतियोगिताको अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ।

Khumaltar (White) vs RCT (Red)

आज हल्चोकस्थित एपीएफ रंगशालामा भएको खेलमा खुमलटारलाई २-१ले पराजित गर्दै ६ अंक बोकेको आरसिटी शिर्ष स्थानमा उक्लिएको हो। पुकार आले मगरको ७०औं मिनेटको गोलले अग्रता लिएको आरसिटीका लागि बिदुर रिजालले ९०औं मिनेटमा अग्रता दोब्बर पारेका थिए। ९०+३ मिनेटमा सुरज राउतले खुमलटारको लागि गोल गरेपनि खुमलटार खाली हात फर्किन बाध्य भयो।

दिनको अर्को खेलमा एनआरटि र मध्यपुर युथ एसोसिएसनले १-१को बराबरी खेले। सुबर्ण बिक्रम कार्कीको ५३औं मिनेटको गोलले जितको नजिक पुगेको मध्यपुरले ९०+३ मिनेटमा राकेश गुरुङको पेनाल्टी गोलका कारण अंक बाढ्नु पर्यो।

September 21, 2024

ग्लोरीको गोलमा बुटवल लुम्बिनीको जित

सुशील पन्त क्षेत्री, चितवन जोन ग्लोरीले २ गोल गरेपछि गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपमा बुटवल लुम्बिनी एफसी विजयी भएको छ । नेपाल प्रहरी शिक्षालयको मैदानमा आज भएको खेलमा बुटवल लुम्बिनीले न्यु स्टार एफसी सुनसरीलाई २-० ले पराजित गरेको हो । खेलमा पहिलो हाफको ३९ औं मिनेटमा गोल गर्दै ग्लोरीले बुटवललाई अग्रता दिलाएका थिए । ग्लोरीले […]

September 21, 2024

पुलिससँग वालिङको हार

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगमा वालिङ नगरपालिकामाथि जित हात पारेको छ । वालिङलाई हराउँदै पुलिसले आफ्नो अपराजित यात्रा कायमै राखेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला भएको खेलमा पुलिसले वालिङलाई २-० ले पराजित गरेको हो । पुलिसलाई जित दिलाउन दुवै गोल सम्झना लावतीले गरिन् । सम्झनाले ६७औं र इन्ज्युरी समयमा […]

September 21, 2024

अन्नपूर्ण आरसिटीमा पहिलो पटक महिलालाई सदस्यता

काठमाडौं (हाम्रो खेलकुद)–अन्नपूर्ण आरसिटीले १९ औं साधारण सभाको अवसरमा शनिवार पहिलो पटक महिलालाई पनि सदस्यता प्रदान गरेको छ । योसँगै आरसिटीले महिला टिम बनाउने र प्रतियोगिता खेल्ने बाटो खोलेको छ । अध्यक्ष सुरेशकाजी शाक्यले ३ दर्जन भन्दा बढी महिला सदस्यलाई क्लबमा स्वागत गरे । महिला टिम बनाएपछि आरसिटीले एन्फा वुमेन्स लिगमा सहभागिता जनाउने पाउनेछ । […]

Success

Thank you for your time.