9 years ago
August 23, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – राजधानीमा जारी ‘बि’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत टुसाल युवा क्लबले पुल्चोक स्पोर्ट्स क्लब विरुद्ध ५-४को रोमांचक जित दर्ता गरेको छ।
हल्चोकमा भएको खेलमा पुल्चोकले दुइ पटक खेल बराबरीमा ल्याए पनि जित हासिल गर्न सकेन। टुसालका लागि दोर्जे तामाङ (६), सुजित गुरुङ(२४,८५) र दिनेश हेन्जन(३९)ले गोल गरे भने पुल्चोकका लागि तेजेन्द्र पुन (७,३७), मिलन गुरुङ(५१) र मन्दिप थापा(८९)ले गोल गरेका थिए। पुल्चोकका अजित थापाले ६७औं मिनेटमा आत्मघाती गोल गरेर टुसाललाइ अग्रता दिलाएका थिए।
हल्चोकमा भएको दिनको पहिलो खेलमा भने बाँसबारी र महाबिर क्लबले गोलरहित बराबरी खेलेका थिए।
उता एन्फा कम्प्लेक्स सातदोबाटोमा खेलिएको खेलमा श्री कुमारी क्लबले च्यासल युथ क्लब विरुद्ध २-१को जित हासिल गर्यो। श्री कुमारीका लागि कुलदिप कार्कीले १७औं र टंक बहादुर सिङ्गदानले ३०औं मिनेटमा गोल गरेका थिए। च्यासलको लागि एकमात्र गोल कप्तान रबि ब्यन्जनकारले गरेका थिए।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]