9 years ago
August 23, 2016
काठमाडौं – नेपाली राष्ट्रिय लिग च्याम्पियन रुस्लान थ्री स्टारले एएफसी कपको अघिल्लो चरण पुग्नका लागि समूह चरणको अन्तिम खेलको नतिजा कुर्नुपर्ने भएको छ । थ्री स्टारले आफ्नो दोस्रो खेलमा मंगलबार कम्बोडियाको नागावल्र्ड क्लबसँग १–१ को बराबरी खेलेपछि छनोटका लागि अर्को खेलको नतिजा कुर्नु पर्ने भएको हो ।
यो बराबरीले मंगोलियाको घरेलु टोली इर्चिम एफसी भने प्रतियोगिताबाट बाहिरिएको छ । थ्री स्टार ४ अंक सहित शीर्षस्थानमा छ भने नागावल्र्डको १ अंक छ । इर्चिम अंकविहिन छ । पहिलो खेलमा थ्री स्टारले इर्चिमलाई २–० ले हराएको थियो । अब थ्री स्टार र नागागल्र्ड मध्ये एउटा टोली अघिल्लो चरण पुग्नेछ । नागावल्र्ड र इर्चिमले बराबरी खेले वा इर्चिम विजयी भएमा थ्री स्टार फाइनल चरणमा पुग्नेछ । मंगोलियाको उलानबटारस्थित एस्ट्रो टर्फमा भएको खेलको २८ औ मिनेटमा निम सोभान्नाराको गोलबाट नागावल्र्डले अग्रता लिएको थियो । खेलको अन्तिम समयमा थ्रीस्टारका मार्टिन्सले गोल फर्काउँदै हार जोगाएका थिए ।
एएफसी कपको छनोटमा ९ क्लबको सहभागिता छ । ३ समूहमा अलग अलग प्रतिस्पर्धापछि हरेक समूहका शीर्ष टोली अन्तिम चरणमा पुग्नेछन् ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]