default_image

9 years ago

August 22, 2016

थ्रिस्टार र कम्बोडियाको नागावल्र्ड खेल्दै

85 views

0 Bookmark

नवीन लुईटेल/ एनएसजेएफ

एएफसी कप फुटबलको प्लेअफ छनौटको आफ्नो दोस्रो खेलमा नेपालको राष्ट्रिय लिग च्याम्यिपयन रुस्लान थ्रिस्टार क्लबले मंगलबार कम्बोडियाको नागाबल्र्ड क्लबसँग खेल्दै छ ।

मंगोलियाको उलानबटारमा जारी खेल नेपाली समय अनुसार दिउँसोको पौने ३ बजे मंगोलियन फुटबल फेडेरेसनको कृत्रिम मैदानमा हुनेछ । थ्रिस्टारले पहिलो खेलमा मंगोलियाकै एर्चिम क्लबलाई उसकै घरेलु मैदानमा २–० को जित निकालेको थियो ।

Three Star

समुह बि को यो छनौट प्रतियोगितामा थ्रिस्टार ३ अंक सहित पहिलो स्थानमा छ । शिर्ष स्थानमा भएको हुनाले थ्रिस्टारको अर्को चरणमा जाने संभावना बढि छ । तैपनी विपक्षीलाई कमजोर मानेर लिन नहुने कप्तान विक्रम लामा बताउछन् । नागावल्र्डसँगको खेलमा पुरा शक्ति लगाएर खेलेमा राम्रो नतिजा आउनेमा कुनै दुई मत नै नहुने उनको विश्वास छ । “विपक्षी जस्तो सुकै भएपनि कमजोर मान्न हुन्न ” , उनले भने ,  ” हामी खेलाडीहरुको टिम स्प्रीट राम्रो छ , आशा छ हामीले राम्रो नतिजा अवश्य दिनेछौँ “। 

थ्रिस्टारले एर्चिमसँगको पहिलो खेलमा सुरुवाती १० मिनेट प्रतिद्धन्द्धिको खेल बुझ्ने कोसीस गरेको थियो । जसका कारण पहिलो हाफको १५ मिनेट पछि र दोस्रो हाफमा थ्रिस्टारले राम्रो खेल्न सक्यो ।

पहिलो खेलकै रणनिती दोहोर्‍याउने पक्षमा मुख्य प्रशिक्षक मेघराज केसी रहेका छन् । “एर्चिमसँगको खेलमा जस्तै सुरुको १०–१५ मिनेट हामी उनीहरुको खेल हेर्छौ किनभने हाम्रा लागी नागाबल्र्ड टिम नौलो हो , त्यत्ति बुझेपछि हामीलाई कमजोरी र बलियो पक्ष थाहा हुन्छ र खेलको रणनिती हामी बुन्छौ “, उनले भने । 

उता कम्बोडियाको क्लब नागाबल्र्डका प्रमुख प्रशिक्षक मियास चानाले पर्याप्त तयारी गरेर टोली मंगोलिया आएको बताए। ” हामीले तयारी राम्रै गरेका छौँ  “, उनले भने , “टिमले राम्रो प्रर्दशन गर्नेछ “।

कप्तान सोक रिथीले आफ्नो टिमका खेलाडीका लागी मौसमले साथ नदिएको गुनासो गरे । हाम्रो देशमा भन्दा यहाा धेरै जाडो छ , उनले भने , जाडो भएपनि हामी खेलमा फोकस भएर राम्रो नतिजा दिन्छौँ ।

मंगलबारको खेलमा थ्रिस्टार विजयी भए , स्वत एएफसी कप फुटबलको अर्को चरणमा पुग्नेछ भने अन्य नतिजा आएमा नागाबल्र्ड र एर्चिमवीचको खेलको नतिजा कुर्नुपर्नेछ ।

तीन समूहमा विभाजन गरिएको प्लेअफ छनोट चरणमा नौ टोलीको सहभागिता रहेको छ। तीनै समूहबाट समूह विजेता अर्को चरणमा पुग्नेछ ।

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

March 14, 2025

यु १९ की फुटबल खेलाडी पुनम सम्मानित

दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्‍याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]

Success

Thank you for your time.