5 years ago
July 27, 2020
काठमाडौं (हाम्रो खेलकुद)— सधै मैदानमा सक्रिय रहने विभिन्न खेलका दर्जन बढी स्टारहरु राष्ट्रिय गितको म्युजिक भिडियोमा देखिने भएका छन् ।
रामकृष्ण ढकाल र मेलिना राईले आवाजमा रहेको राष्ट्रिय गितको म्युजिक भिडयोमा महिला राष्ट्रिय फुटबल टोलीकी सावित्रा भण्डारी, भलिबल टोलीकी रेश्मा भण्डारीसहित नेपाल एपिएफ क्लबका विभिन्न खेलका खेलाडीले अभिनय गरेका छन् । म्युजिक भिडियोको शुटिङ सोमबार चोभारमा भएको थियो ।
सावित्रा, रेश्मासहित म्युजिक भिडियोमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेतासहित अन्य खेलाडीले अभियन गरेका छन् । जसमा एथलेटिक्सका ५ हजार मिटरका स्वर्ण पदक विजेता गोपीचन्द्र पार्की, जुडोकी देविका खड्का, करातेका लक्ष्मण तामाङ, ओलम्पियन कान्छीमाया कोजु छन् ।
त्यस्तै महिला फुटबल टोलीकी एन्जिला तुम्बापो सुब्बा, क्रिकेटका प्रदीप ऐरी, ज्योति पाण्डे, फुटबलकी निशा थोकर, फुटबलका नवीन लामा, भलिबलका महेन्द्र श्रेष्ठ रहेका छन् । त्यस्तै एपिएफका डिएसपी प्रेम श्रेष्ठ र भलिबलका अन्तर्राष्ट्रिय रेफ्री तथा निरीक्षक विजय केसीले पनि म्युजिक भिडियोमा अभिनय गरेका छन् ।
आनन्द राईको संगित र महेश्वर शर्माको शब्द रहेको उक्त गितको म्युजिक भिडियोलाई युवराज वाईवाले निर्देशन गरेका छन् । म्युजिक भिडियो निर्देशक वाईवाले देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने खेलाडी भएको राष्ट्रिय गितमा खेलाडीहरुलाई राखिएको बताए । उनका अनुसार झन्डै तीन सातापछि म्युजिक भिडियो सार्वजनिक हुनेछ ।
भिडियो सुटका तस्बिरहरु :
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]