9 years ago
August 20, 2016
एएफसी कप फुटबलको प्लेअफ छनौटका लागी आइतबार नेपालको राष्ट्रिय लिग च्याम्पियन रुस्लान थ्रिस्टारले आयोजक मंगोलियाको एर्चिम फुटबल क्लबसँग खेल्दैछ ।
खेल स्थानिय समय अनुसार दिउँसोको ३ बजे मंोलियन फुटबल फेडेरेसनको कृत्रिम मैदानमा सुरु हुनेछ । यो नेपाली समय अनुसार पौने १२ बजे खेल सुरु हुन्छ । यो प्रतियोगिताका लागी सम्पुर्ण तयारी पुरा भएको फेडेरेसनले जनाएको छ । रुस्लान थ्रिस्टार नेपालको पछिल्लो राष्ट्रिय लिगको विजेता हो भने एर्चिम मंगोलियाको राष्ट्रिय लिग विजेता हो । दुबै टोलीले फेडेरेसनकै कृत्रिम मैदानमा अभ्यास गरीरहका छन् । एर्चिम क्लब थ्रिस्टारका लागी नौलो प्रतिद्धन्द्धि होइन , यी दुई टिमको प्रेसिडेन्ट कप फुटबलमा भेट भइसकेको छ । थ्रिस्टारका मुख्य प्रशिक्षक मेघराज केसीले टोली अर्को चरणमा छनौट हुने लक्ष्यका साथ मैदानमा उत्रने बताए । एएफसी कप प्लेअफको छनौट प्रतियोगिता एक दिन पहिले शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले अर्को चरणमा जाने तरिकाले खेल्ने बताए र्। एर्चिमसँग हामीले पहिले पनि खेलेका हौँ , तर खेल्ने खेलाडीहरु परिवर्तन भैसकेकाले यसै भन्न सकिन्न , उनले भने र्, एर्चिमसँगको खेलमा हामी राम्रो नतिजा दिनेछौँ , उनीहरुको होम ग्राउण्ड जस्तै भएपनि हामी त्यो चुनौती पार गर्न तयार छौँ ।थ्रिस्टार ४ –४ –२ कै रणनितीमा मैदानमा जाने उनले बताए । खेलका क्रममा थ्रिस्टारले निलो जर्सी र मोजामा खेल्नेछ ।
थ्रिस्टारका कप्तान विक्रम लामाले आफ्नो टिम जितका लागी अगाडी बढेको बताए र्। हामी जसरी हुन्छ राम्रो नतिजा ल्याउनेछौँ , कप्तान लामाले भर्ने हामी सक्दो खेल्नेछौँ । उनले एर्चिम र नागाबल्डको टिम तथा फुटबलका बारेमा आफुहरुलाई त्यत्ति थाहा नभएपनि खुलेर खेल्ने उल्लेख गरे । थ्रिस्टारको टिममा राष्ट्रिय टोलीबाट खेल्ने ७ जना खेलाडी छन् भने मंगोलियाको टिममा १० जना राष्ट्रिय टोलीबाट खेल्ने खेलाडी छन् । अभ्यासका क्रममा डिफेन्डर सरोज दाहालको खुट्टामा चोट लागेको भएपनि एर्चिमसँगको खेलमा खेल्नसक्ने कप्तान विक्रम लामाले बताए । यसैगरी अर्का खेलाडी रोशन मललाई रुघाले सताएपनि उनले खेल्ने बताइसकेका छन् । यहाँको मौसम र मैदानले गर्दा छनौट चरणका दुबै खेल खेल्न सजिलो हुने थ्रिस्टारका खेलाडीहरुले बताइसकेका छन् र्। हामी २–३ दिन अगाडीदेखी यहाँ आइपुग्दा यहााको मौसममा फिजेर अभ्यास गर्न पाएका छौ , प्रशिक्षक केसीले भने , मौसमले त्यत्ति मात्रामा खेलमा प्रभाव पारेको छैन , बरु फाइदा भएको छ ।
एर्चिम क्लबले पछिल्लो लिगमा राम्रो नतिजा ल्याइरहेकाले यसपालीको एएफसी कपको छनौटमा राम्रो नतिजा ल्याउने आशा क्लबले लिएको छ र्। हामीले अरु दुई क्लबको खेलस्तरका बारेमा पनि अध्ययन गरेका छौँ , क्लबका मुख्य प्रशिक्षक बटुल्गा जोरिटले भने र्, हामीले आफ्नो तर्फबाट तयारी पुरा गरेका छौँ , अब देआउने पालो मैदानमा हो । उनले आफ्ना १० खेलाडी राष्ट्रिय टोलीबाट खेल्ने भएकाले नतिजा राम्रो निकाल्नका लागी फलदायी हुने उल्लेख गरे । हामी फिजीकल्ली , मेन्टल्ली दुबै तर्फबाट खेल्न तयार छौँ , एर्चिमका कप्तान इन्खजारगाल टिसेरेन्जाबले भने र्, आफ्नै देशको मैदान र घरलु समर्थनले पनि हामीलाई फाइदा छ ।
नेपालमा गएको साल भने भुकम्प र नाकाबन्दिका कारण लिगाका खेल नभएकाले अघिल्लो वर्षकै विजेता नै यो प्रतियोगितामा गएको हो । गएको मंगलबार साँझ नेपालबाट हिडेको थ्रिस्टारको टोलीले बुधबार मंगोलियाको राजधानी उलानबटार आइपुगेर बिहीबारबाट मात्र अभ्यास थालेको हो । नेपालको प्रतिनिधित्व गर्दै ए.एफ.सी. कप खेल्ने यस रुस्लान थ्री स्टार क्लब नै पहिलो टोलि हो । तीन समूहमा विभाजन गरिएको प्लेअफ छनोट चरणमा नौ टोलीको सहभागिता रहेको छ। तीनै समूहबाट समूह विजेता अर्को चरणमा पुग्नेछ । थ्रिस्टारले दोस्रो खेलमा ७ भदौमा कम्बोडियाको नागाबल्र्डसँग खेल्नेछ । त्यहाँको लिग च्याम्पियन क्लब म्याच फिक्सिङमा परेपछि दोस्रो स्थानमा रहेको नागावल्र्डले क्लबले यो प्रतियोगिता खेल्ने मौका पाएको हो ।
खेलाडीहरु
एएफसी कप छनौट खेल्ने थ्रिस्टारका खेलाडीहरूमा ,एलेन न्यौपाने, बिनय श्रेष्ठ र अविशेक बराल गोलरक्षक छन् । यसैगरी रञ्जित धिमाल, देवेन्द्र तामाङ, पिटर सेगुन, विजय धिमाल, सरोज दाहाल, विष्णु सुनार डिफेन्डर छन् । त्यसैगरी बिक्रम लामा, निराजन खड्का, प्रकाश बुढाथोकी, सुनिल बल, विजय गुरुङ, विष्णु गुरुङ मिडफिल्डर छन् । फरवार्डमा बुद्ध राज लिम्बु (चेम्जोङ), असिम जंग कार्की, रोशन मल, मार्टिन्स कायोडे अजायी, रहेका छन् ।
प्रतियोगिताको तयारी पुरा ।
एएफसी कप प्लेअफ छनौटका लागी सम्पुर्ण तयारी पुरा भएका मंगोलियन फुटबल फेडेरेसनले जनाएको छ । दर्शकलाई फुटबल हेर्ने ब्यवस्थापन देखी लिएर सहभागगी क्लबलाई दिने अन्य सेवा र सुरक्षाका लागी पनि रामै्रो बन्दोबस्त मिलाइएको फेडेरेसनले बतायो । ३ वटा क्लबका प्रशिक्षक र कप्तानले पत्रकारहरु माझ आफ्ना भनाई र टिमका बारेमा जानकारी दिनुअघि क्लबका पदाधिकारी , प्रशिक्षक , रेफ्रि , सुरक्षा निकायका अधिकारी , मिडीयाका प्रतिनिधी र अन्य फुटबल खेलसँग सरोकार राख्ने निकायका वीच छलफल भएको थियो । एशियाली फुटबल परिषद एएफसीका प्रतिनिधी एवं म्याच कमिसनर युएन भिनसेन्टले छलफलका क्रममा प्रतियोगिताका दौरान निभाउनुपर्ने नियमका बारेमा जानकारी गराएका थिए । पत्रकार सम्मेलनमा बोल्दै कम्बोडियाको क्लब नागाबल्र्डका प्रमुख प्रशिक्षक मियास चानाले पर्याप्त तयारी गरेर टोली मंगोलिया आएको बताए र्। हामीले तयारी राम्रै गरेका छौँ , उनले भने र्, टिमले राम्रो प्रर्दशन गर्नेछ । कप्तान सोक रिथीले आफ्नो टिमका खेलाडीका लागी मौसमले साथ नदिएको गुनासो गरे र्। हाम्रो देशमा भन्दा यहाा धेरै जाडो छ , उनले भने , जाडो भएपनि हामी खेलमा फोकस भएर राम्रो नतिजा दिन्छौँ ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]
March 14, 2025
दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]