5 years ago
July 15, 2020
काठमाडौं (हाम्रो खेलकुद)– तेक्वान्दोका कीर्तिमानी खेलाडी संगिना वैद्य र दीपक विष्टले तेक्वान्दो संघको केन्द्रिय समितिको जिम्मेवारीबाट राजिनामा दिएका छन् । त्यस्तै अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष उपेन्द्रमान सिंहले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को फुटबल प्रशिक्षकबाट राजीनामा दिने निर्णय गरेका छन् ।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लागु भएसँगै संघ वा प्रशिक्षकका रुपमा कार्यरतले एउटा ठाँउबाट रोज्नु पर्ने बाध्यात्मक अवस्था सृजना भएको हो । त्यसैका आधारमा तेक्वान्दो संघका सचिव र प्रवक्ता रहेका दीपक तथा सदस्य रहेकी संगिनाले पदबाट राजीनामा दिएका हुन् । उनीहरुले प्रशिक्षकका रुपमा कार्यरत रहने निर्णय लिएका छन् ।
उपेन्द्रमानले भने एन्फा राजेका छन् ।
तीनै खेलाडीले दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जिते वापत सम्मान स्वरुप प्रशिक्षकको नियुक्ती पाएका थिए । राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान समेत रहेका गोलकिपर उपेन्द्रमान सन् १९९३ मा नेपाली फुटबल टोलीले स्वर्ण पदक जित्दाका सदस्य थिए । भारतसँग २–२ को बराबरीपछि टाइब्रेकरमा नेपालले फाइनल जित्दा उपेन्द्रमानले नै पोष्ट सम्हालेका थिए । यद्दपी उनले २०६३ सालमा जीवनराम श्रेष्ठ सदस्य सचिव भएका बखत करारमा प्रशिक्षकको नियुक्ती पाएका थिए ।
उपेन्द्रले स्वर्ण पदक विजेताका रुपमा सम्मान स्वरुप प्राप्त गरेको प्रशिक्षक पद त्याग्नु पर्दा खुसी नलागेको बताएका छन् । ‘दुई मध्ये एक रोज्नुपर्ने बाध्यात्मक परिस्थिति पर्यो’, उनले भने, ‘एन्फामा पनि एउटा जिम्मेवारी लिएको छु । बीचमा छाड्नु उपयुक्त लागेन । बाध्यतावश प्रशिक्षक पद त्याग्ने निर्णय लिएको छु । उपेन्द्रमान दुई वर्षअघि एन्फाको उपाध्यक्षमा निर्वाचित भएका थिए ।’
दीपक र संगिनाले आठौं र नवौं सागमा लगातार स्वर्ण पदक जितेका थिए । त्यस्तै संगिनाले छनोट चरण पार गरेर सन् २००४ को एथेन्स ओलम्पिक खेलेकी थिइन् । उनी ओलम्पिकमा छनोट हुने पहिलो नेपाली हुन् । दीपकले भने आठौं, नवौं हुँदै १० औं र ११ औंमा लगातार ४ स्वर्ण पदक जितेका थिए । त्यस्तै उनले २००२ र २००६ एसियली खेलकुदमा कास्य पदक पनि जितेका थिए । त्यस्तै २००८ मा उनले छनोट चरण पार गरेर बेजिङ ओलम्पिक खेलेका थिए ।
संघमा बसेर आफुले सक्रियतापूर्वक काम गर्दै आएको अवस्थामा नयाँ ऐनले एउटा रोज्न बाध्य हुनु परेको उल्लेख गर्दै दीपकले भने, ‘भोलीको दिनमा संघमा आवश्यकता परेको खण्डमा प्रशिक्षक पद त्यागेर संघमा जान म तयार छु ।’
यसअघि दोहोरो जिम्मेवारीमा ३३ जना राखेपका कर्मचारी तथा प्रशिक्षकले सम्वन्धित संघबाट तथा प्रशिक्षक पदबाट राजीनामा दिइसकेका छन् ।
March 5, 2025
एजेन्सी – इंग्लिस क्लब आर्सनलले नेदरल्यान्ड्समा पिएसभी आइन्डहोभेनलाई मंगलवार ७-१ को लज्जास्पद हार चखाउँदै च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगअघि बलियो अग्रता बनाएको छ। आर्सनलले पहिलो हाफमा ३ गोल र बाँकी गोल दोस्रो हाफमा गर्यो । टोलीले प्रतियोगिताको क्वाटरफाइनलको सम्भावनालाई मजबुत बनाएको छ। जुरियन टिम्बरले १८औं मिनेटमा आर्सनलको लागि गोलको खाता खोले। यसको ३ […]
March 5, 2025
एजेन्सी – रियल म्याड्रिड ले एट्लेटिको मड्रिडविरुद्ध च्याम्पियन्स लिग अन्तिम-१६ को पहिलो लेगमा अग्रता लिएको छ। ब्राहिम डियाजको निर्णयक गोलमा रियलले एट्लेटिकोलाई मंगलवार २-१ ले हराएको छ । रियलका लागि पहिलो गोल रोड्रिगो गरे। एट्लेटिकोका लागि जुलियन अल्भारेज गोल गरे। घरेलुु मैदानमा रोड्रिगोले चौथो मिनेटमा नै टोलीलाई अग्रता दिलाए। ३२ औं मिनेटमा अल्भारेजले गोल गरे […]
March 4, 2025
हिमाल खरेल,बिर्तामोड पाँचौं मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेल शनिवार आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र भारतको जर्जियन एफसीबिच हुने भएको छ । आयोजकका सल्लाहकार शेरबहादुर बस्नेतका अनुसार दोस्रो दिन फागुन २५ गते ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडले एनएसएल टिम झापा एफसीको सामना गर्नेछ । त्यस्तै, तेस्रो क्वार्टर फाइनल खेल […]