9 years ago
August 20, 2016
ओलम्पिकमा पुरुष तर्फको फुटबल खेलमा आज स्वर्ण पदकको लागी ब्राजिल र जर्मनी भिड्डै छ । महिला फुटबल तर्फ स्वर्ण जितेको जर्मनी आज पुरुषमा पनि फाइनल जित्ने दाउमा हुनेछ भने नेमार र उनको टोली भने बिश्व कपको त्यो ७-१ को पराजयको बदला लिदै आफ्नो घरेलु मैदानमा स्वर्ण जित्ने प्रयाशमा रहनेछ । त्यस्तै आयोजक ब्राजिलको महिला टोलिले भने तेस्रो स्थानको खेलको लागी भएको खेलमा क्यानाडी बिरुद्ध पराजय भोगेको थियो ।
पुर्वी जर्मनीले १९७६ मा स्वर्ण जिते पनि यो दुबै टोलीले ओलम्पिकमा फाइनल जितेको छैन । ब्राजिलले ३ रजत जितेको छ, जसमद्धे चार बर्ष अघीको लण्डन ओल्म्पिक्समा मेक्सिको सँगको फाइनलको पराजय पनि पर्दछ ।
आज राती नेपाली समय अनुसार २:१५ मा हुने खेलमा प्रतिभाशाली खेलाडीहरुले भरिएको जर्मनीको टोलीको असली परिक्षा ब्राजिको मुख्य खेलाडी नेमार लाई रोक्ने हुने छ । यसअघी सेमिफाइनलमा होन्डुरस बिरुद्ध १५ सेकेन्डमा गोल गर्दै नेमार ले रेकर्ड कायम गरेका थिए ।
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]
March 25, 2025
सुमन अधिकारी, बुटवल मच्छिन्द्र एफसी रुपन्देहीमा जारी २३ औं तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। भारतको अडोर्न गडवा स्पोर्टिङ क्लबलाई आज १-० ले हराउँदै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको रोमान्चक खेलमा मच्छिन्द्रको जितमा राजिव लोक्चन एकमात्र गोले गरेका हुन । […]