default_image

5 years ago

July 13, 2020

अनि फुटबल छोड्ने निर्णय गरें..

269 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

नेपाली टोलीले पछिल्लो पटक सुब्रतो कपको उपाधि जित्दा निशान्त ढुंगाना टोलीका कप्तान थिए । सन् २०११ मा बुटवलस्थित एन्फा एकेडेमीका खेलाडी पढ्ने बुटवल एलिट इंग्लिस एकेडेमीको टोलीले नेपालको प्रतिनिधित्व गरेको थियो  । दक्षिण एसियाकै प्रतिष्ठित उक्त प्रतियोगितामा त्यसयता नेपाली टोलीले फाइनल सम्म पुग्न सकेका छैनन् । अझ केहि वर्ष भयो, नेपालले सहभागिता नै जनाउन सकेको छैन ।

मैले निशान्तलाई व्यक्तिगत रुपमा चिन्दा उनले फुटबल खेल्न छाडेका त थिएनन्, तर उनको फुटबलमा उनको मन मरिसकेको थियो । मतलब उनले फुटबल खेलाडी नै बन्ने चाहना छाडिसकेका थिए । जिविकोपार्जनकै लागि उनले फुटबल छाड्न सकिरहेका थिएनन् । फुटबलबाहेक अरु केहि थाहा नै नभएर पनि उनलाई के गर्ने थाहा थिएन

फुटबल खेल्न शारीरिक रुपमा उनी फिट थिए । रणनीतिक र प्राविधिक रुपमा पनि उत्तिकै निपुण । तर मानसिक रुपमा फुटबल खेलाडी बन्ने भन्नेबारे उनको मनभित्र अनेक प्रश्न थियो । त्यसको उत्तर उनी आफूसँग थिएन । कुनै समय नेपाली राष्ट्रिय टोलीमै खेल्न सक्ने खेलाडीका रुपमा हेरिएक निशान्तले कलिलो उमेरमा नै फुटबल छोड्ने निर्णय लिए ।

सोमबार दिउँसो निशान्तले मलाई मेसेन्जरमा ‘नबदलिएको एक दशक’ नाम गरेको पिडिएफ फाइल पठाए खाजा अर्डर गरेर बसेको मैले फाइल खोलेर हेरें, ५९ पेजको रहेछ उसलाई भरे पढेर खबर गर्छु भनें

तर खाजा आउन केहीबेर लाग्ने भएपछि केहि पेज सुरुवात गरौं भनेर लागें । फुटबल खेलाडी भएकाले व्यक्तिगत रुपमा उनलाई र उनको वरपर रहेका फुटबलका साथीहरु म चिन्थे । उक्त किताबको पहिलो हरफले मलाई तान्यो । खाजा खाँदाखाँदै मैले पढेर भ्याएँ । (उनको उक्त किताबको लिंक यस सामग्रीको अन्त्यमा राखिएको छ।)

निशान्तले फुटबलको कखरा बुटवल एकेडेमीबाट सिकेका हुन् । नवलपरासी बर्दघाटका निशान्तले २०६६ वैशाखमा झन्डै ६ सय प्रतिस्पर्धी खेलाडीमाझ छनोटमा सहभागी भएर एकडेमीमा छनोट भएका थिए । गर्मी मौसमको बेला बालुवाको मैदानमा तीन दिन लामो छनोट चरण पार गरे उनी बुटवल एकेडेमीमा पुगेका थिए ।

पश्चिममा नाम चलेका याम गुरुङ एकेडेमीका प्रशिक्षक थिए । सन् २०१२ मा एएफसी यू-१४ प्रतियोगिताका लागि छनोट हुँदा बुटवल एकेडेमीबाट झन्डै एक दर्जन खेलाडी काठमाडौंमा बोलाइएका थिए । निशान्तसँगै विमल घर्तीमगर, आकाश थापा, ललित थापा, सागर परियार, रंजन थापा, सुदन थापा, गौरव बुढाथोकी, शिव सुवेदी, जितेश गुरुङ, मिलन हितान मगर र शृजन श्रेष्ठ छनोटमा परेका थिए

यीमध्य अधिकांशले नेपालको उमेर समूह टोलीका लागि खेले रंजन र सागरको परिक्षा सकेर एन्फा फर्कने क्रममा सडक दुर्घटनामा निधन भएको थियो । अन्यले भने यू-१४ हुँदै यू-१६ उमेर समूहमा रहेर नेपालको प्रतिनिधित्व गरे । निशान्त आफैंले पनि नेपालका लागि यू-१४ र यू-१६ टोलीबाट खेलेका छन्

सेन्टर मिडफिल्डमा खेल्ने निशान्त बिरलै टोलीबाहिर रहे उनको खेल्ने शैलीमात्र नभएर सरल व्यवहारले पनि धेरैलाई प्रभावित पारेको थियो उनी मैदानभित्र तीक्ष्ण दिमागका कारण पनि प्रशिक्षकको रोजाईमा पर्थे १२ वर्षको उमेरमा सुब्रतो कप जित्दा नै निशान्तलाई प्रशिक्षक गुरुङले निकै विश्वास गरेको एक पृथक घटना छ

त्यसबेला सुब्रतो कपको लिग चरण सकिएपछि प्रशिक्षक गुरुङ बि लाइसेन्सका लागि नेपाल फर्कनुपर्ने थियो । उनले क्वाटरफाइनल पुगिसकेका कारण लिग चरणको अन्तिम खेलमा निशान्तलाई नखेलाई बेन्चमा आफूसँगै राखे । आफ्नो अनुपस्थितिमा उनी निशान्तले मैदानभित्र खेलाडीलाई बुझाउन भन्ने चाहन्थे । गुरुङ कोर्षका लागि नेपाल फर्केपनि निशान्तको कप्तानीमा नेपालले सुब्रतो कप जित्न सफल रहयो । सुब्रतो कपकै आधार र छनोटको प्रदर्शनले उनी लगायत अन्य खेलाडी यू-१४ का लागि एन्फा तानिएका थिए ।

यू-१६ सम्म नियमित टोलीमा खेलिरहेका निशान्तलाई एकदिन एन्फाबाट अप्रत्याशित सूचना आयो एन्फाले एस्ट्रो टर्फ राखेपछि एकेडेमीमा खेलाडी कम गर्नकै लागि खेलाडी हटाउने निर्णय गर्ने भएको रहेछ त्यस सुचिमा निशान्तसँगै बुटवलकै अर्का खेलाडी ललित थापा परे

एकेडेमीबाट बाहिरीएपछि निशान्तसँग क्लब फुटबल खेल्ने बाटो त थियो नै, तर उनले आफू एकेडेमीबाट बाहिरिनुको कारण अझै पाएका थिएनन् । निशान्त अझैपनि त्यसबेला सम्हालिन निकै कठिन भएको बताउँछन् । एकेडेमीबाट एकदिन बाहिरिनु थियो नै, तर जस्तो समय र अवस्थामा त्यो सूचना आयो, निशान्त छाँगाबाट खसेझैं भए ।

‘त्यसबेला निकै गाह्रो भएको थियो एकेडेमीमा नियमित खेलिरहेको थिएँ एक्कासी अब बाहिरिनुपर्छ भन्दा स्तब्ध भएँ के गर्ने थाहा पाउन सकिन । फुटबल खेल्न सकिएको होइन भन्ने थाहा थियो तर जसरि एकेडेमी छोड्नुपर्यो, त्यसले गर्दा आफैंमा विश्वास लाग्न छोड्यो,’ उनले भने ।

राष्ट्रिय लिगमा उनलाई स्थानीय जगदम्बा लुम्बिनी क्लबले अनुबन्ध गर्यो शीर्ष श्रेणीको लिग खेलेको पहिलो सिजनमा नै उनले ८ खेल खेले उनी मानसिक रुपमा पूर्णत तयार थिएनन् तर उनीसँग त्यसबाहेक विकल्प पनि थिएन । उनको प्रदर्शन पनि राम्रो नै रहयो ।

राष्ट्रिय लिग सकिएपछि ए डिभिजन लिग हुनुपर्ने थियो, तर एन्फाले सुरसार नै गरेन भूकम्पले गर्दा यसै राष्ट्रिय लिग बल्लतल्ल सकिएको, एन्फाले अन्य प्रतियोगिता गर्ने छाँटकाँट पनि देखाएन मोफसलका प्रतियोगिता खेल्ने अवसर पनि आएको थियो, तर त्यस्ता अस्थायी प्रतियोगिताको भर गरेर बस्ने आधार पनि थिएन निशान्तले फुटबल खेलाडी बनेर नै करिअर अगाडी बढाउन सक्ने अवस्था देखेनन्

सानो उमेरदेखि फुटबलकै वरपर रहेका उनले कठिन निर्णय लिनुपर्ने अवस्था आयो चाहेको भए उनले मोफसल फुटबल खेलेर जीविकोपार्जन त गर्थे, तर उनलाई भविष्य र परिवारप्रतिको दायित्वको चिन्ता थियो नेपालको अस्थिर फुटबल वातावारणमा उनले खेलाडी बनेर एक दशक खेल्दा पनि केहि नहुने देखे

‘फुटबलमा बस्न चाहेर पनि सकिन एन्फाबाट निस्केपछि एक किसिमले मनमनै हारिसकेको थिएँ । तर खेल्न सक्छु भन्ने विश्वास थियो । राष्ट्रिय लिगमा खेलें पनि । तर फुटबलकै भविष्य अनिश्चित भएको ठाउँमा मैले आफ्नो भविष्य देखिन । जे होला होला भनेर फुटबल चटक्कै छाड्ने निर्णय गरें,’  निशान्तले सुनाए ।

तेज दिमाग भएका उनी पढाइमा राम्रै थिए त्यसमाथि पिनाकल कलेजले उनलाई उच्च शिक्षाको लागि छात्रवृति पनि उपलब्ध गराएको थियो उनले पढाइमा ध्यान दिँदै करिअर मोड्ने सुर कसे विभिन्न संस्थामा आबद्ध भएर आफ्नो क्षमता अभिवृद्धि गर्न उनले कुनै कसर छाडेनन् फुटबल बिर्सेर अगाडी बढ्न निकै कठिन रहेको उनी मान्छन्

‘फुटबल छोड्ने निर्णय गर्न जति कठिन थियो, त्योभन्दा बढी त्यहाँबाट अन्यत्र लाग्न फुटबलमा रहेर म केहि वर्ष खुसी हुन्थे होला, तर मैले भविष्य र परिवारबारे पनि सोच्नु पर्यो खेलुन्जेल जिविकोपार्जन गरेर मात्र पनि भएन,’ उनले प्रश्न गर्दै भने, ‘ पढाइ राम्रै भएकाले केहि गर्न सकिहाल्छु भन्ने थियो केहि संस्थामा पुगेर पढाइसँगै आफ्नो क्षमता अन्य क्षेत्रमा पनि जाँचे फुटबलबाहिरको दुनियाँमा आफू सक्षम बन्न प्रयास जारि राखें

निशान्त अहिले टिच फर नेपालमा आबद्ध छन् तनहुँको बेलचौतारास्थित जनकल्याण माविमा अंग्रेजी पढाउने उनीखाली समयमा त्यहाँका छात्रछात्रालाई फुटबल सिकौअने योजनामा छन् फुटबलमार्फत सामाजमा सकारात्मक परिवर्तन जगाउन सकिन्छ भन्ने विश्वास उनमा छ फुटबल बाहिर रहेर पनि निशान्त खुसी छन् । अबको यात्रा झनै स्मरणीय बनाउने उनको प्रयत्न जारी छ ।

फुटबल खेल्दा पढाइमा कति असर पर्छ भनेर उनलाई थाहा छ त्यसैले निशान्त भविष्यमा आफूजस्तै दुख फुटबल खेलेका अन्यले नपाउन् भनेर शिक्षालाई समेत प्राथमिकतामा राख्दै एकेडेमी खोल्ने सोच बनाएका छन् यसका लागि उनले केहि साथीहरुसँग छलफल पनि गरेका छन् तर त्यसको लागि उनी यो समय आफूलाई तयार पार्न उपयोग गर्न चाहन्छन्

नबद्लिएको-एक-दशक : निशान्तले बुटवल एकेडेमीमा रहँदाको बसाईं र आफ्नो सहकर्मीसँगको अनुभव र सम्झना संगाल्दै लेखेको किताब ‘नबदलिएको एक दशक’ यहाँ पढ्न सक्नुहुनेछ ।

February 23, 2025

‘लयमा फर्कदै छु’- साम्बा

काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित।‌ साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]

February 23, 2025

फाइनल अघि नेपालले म्यानमारलाई बराबरीमा रोक्यो

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]

February 23, 2025

बंगलादेशको काउर्न बाजार भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल,भद्रपुर काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा काउर्नले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । काउर्नले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । […]

Success

Thank you for your time.