default_image

9 years ago

August 20, 2016

महिला फुटबलमा जर्मनीलाई स्वर्ण

97 views

0 Bookmark

रियो ओलम्पिकमा स्विडेनलाई हराउदै जर्मनीले महिला फुटबलमा स्वर्ण पदक जित्न सफल भएको छ । रोमाञ्चकारी खेलमा स्विडेन बिरुद्ध १-२ को नतिजा निकाल्दै जर्मनीले स्वर्ण जितेको हो भने स्विडेनको रजत नै यस ओलम्पिकको पहिलो हो ।

Football - Women's Tournament Gold Medal Match

पहिलो हाल्फमा दुबै टोली बाट धेरै मौका हरु सदुपयोग हुन सकेन । जर्मनी ले थुप्रै मौका सिर्जना गरे पनि अग्रता लिन सकेन भने स्विडेनले सेट पिस हरुलाई गोलमा परिणत गर्न नसक्दा पहिलो हाल्फ गोल रहित अन्त्य भयो ।

दोस्रो हाल्फमा शानदार प्रदर्शन गरेकी मरोज्सनको गोलमा जर्मनीले अग्रता लियो ।  दोस्रो हाल्फमा शानदार प्रदर्शन गरेकी मरोज्सनको गोलमा जर्मनीले अग्रता लियो । त्यस्तै लिन्डा सेम्ब्रन्त को आत्मघाती गोल मा जर्मनी को अग्रता दोब्बर भयो ।

स्विडेन २ गोलले पछी परे पनि खेलमा फर्किन लडी रह्यो , स्तिना  ब्लाकस्तीनइयसको गोलमा स्विडेनले खेलमा फर्किने प्रयास गर्‍यो । जर्मनीलाई अन्तिम मिनेट सम्म दबाब दिन सफल भए पनि अन्तिम समयको मौका सदुपयोग गर्न नसके पछी स्विडेन रजतमा चित्त बुजाउन बाध्य भयो ।

March 25, 2025

‘मलेसियाको गतिविरुद्ध खेल्न सकेनौं’ – प्रशिक्षक रस

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]

March 25, 2025

नेपाल मलेसियासँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]

March 25, 2025

मच्छिन्द्र तिलोत्तमा गोल्ड कपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल मच्छिन्द्र एफसी रुपन्देहीमा जारी २३ औं तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। भारतको अडोर्न गडवा स्पोर्टिङ क्लबलाई आज १-० ले हराउँदै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको रोमान्चक खेलमा मच्छिन्द्रको जितमा राजिव लोक्चन एकमात्र गोले गरेका हुन । […]

Success

Thank you for your time.