5 years ago
June 21, 2020
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति ३०औं चरणका चार खेलहरु हुँदैछन् । शीर्षस्थानमा रहेको लिभरपुल, म्यानचेस्टर सिटी, चेल्सी र सेफिल्ड युनाइटेडले आ–आफ्ना प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्दैछ ।
अंक तालिकाको चौथो स्थानमा रहेको चेल्सीले रेलिगेसन जोनमा रहेको एस्टन भिल्लाको भ्रमण गर्दैछ । खेल नेपाली समयअनुसार भिल्ला पार्कमा राति ९ बजे हुनेछ । घरेलु टोलीमाथि सहज जित निकाल्दै चेल्सी अंक तालिकालाई थप बलियो बनाउदै अर्काे सिजनको च्याम्पियन्स लिगको छनोटको सम्भावना बलियो राख्ने योजनमा हुनेछ ।
युवा खेलाडीले भरिएको चेल्सीका लागि ट्यामी अब्राहम, विलियन, क्रिस्टियन पुलिसिस, मासन माउन्ट, एङ्गोलो कान्टे, मार्काेस अलन्सो, एन्टेनियो रुडिगर, पेड्रो रोड्रिग्वेज र कप्तान सेजर एज्पिलिक्वेटाको साथ हुनेछ । कलुम हड्सन ओडोई, फिकायो तोमोरीले खेल्ने सम्भावना न्युन रहँदा मिडफिल्डर जर्गिन्हो प्रतिबन्धका कारण टोलीमा हुनेछैनन् ।
कोरोना महामारीका कारण मार्चमा प्रिमियर लिग स्थगित हुनु अघि चेल्सीले एभर्टनमाथि ४–० को सहज जित निकालेको थियो । सोही जितको निरन्तरता दिने दाउमा चेल्सी हुनेछ । चेल्सी २९ खेलबाट ४८ अंक जोडेर चौथो स्थानमा रहेको छ ।
यता, एस्टन भिल्ला चेल्सीलाई स्तब्ध पार्दै रेलिगेसन जोनबाट उम्कने दाउमा हुने छ । भिल्ला २९ खेलबाट २६ अंक जोडेर १९औं स्थानमा छ । चेल्सीलाई पराजित गर्न सके भिल्ला १६औं स्थानमा उक्लनेछ । हार या बराबरीले सोही स्थानमा यथावत रहनेछ ।
अन्य खेल
न्यु क्यासलविरुद्ध सेफिल्ड युनाइटेड (साँझ ६ः४५ बजे)
एभर्टनविरुद्ध लिभरपुल (राति ११ः४५ बजे)
म्यानचेस्टर सिटी विरुद्ध बर्नली (राति १२ः४५ बजे)
May 2, 2025
एजेन्सी – नटिङ्घम फरेस्टको युईएफए च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का लागेको छ। घरेलु मैदानमा बिहीवार भएको प्रिमियर लिगको खेलमा फरेस्ट ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो। सिटी ग्राउण्डमा भएको खेलमा ब्रेन्टफोर्डले दुबै हाफमा गोल गर्दै युरोपमा छनोट हुने आशा कायम राख्यो। केभिन शाडेले पहिलो हाफको अन्त्यतिर गोलको खाता खोले । ७०औं मिनेटमा योआने विस्साले ब्रेन्टफोर्डको […]
May 2, 2025
एजेन्सी – टोटनहमले युरोपा लिगको फाइनलमा पुग्ने दिशामा एक कदम अगाडि बढाएको छ । नर्वेजियन क्लब बोडो/ग्लिम्टविरुद्धको सेमिफाइनलको पहिलो लेगमा ३-१ को जित हात पार्दै टोटनहम बलियो स्थितिमा पुगेको छ । टोटनहेमले बिहीवार गरेको प्रदर्शन यो सिजनको घरेलु प्रदर्शनमध्ये सबैभन्दा उत्कृष्टमध्ये एक हो । यसले सन् २००८ पछि पहिलो उपाधिको जित्ने सम्भावनालाई मजबुत बनाएको छ […]
May 2, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले युरोपा लिगको फाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ। पहिलो हाफमा १० खेलाडीमा सिमित एथ्लेटिक क्लबलाई पहिलो लेगमा बिहीवार युनाइटेडले ३-० ले हराएको छ। ओल्ड ट्राफोर्डमा हुने सेमिफाइनल दोस्रो लेगका लागि म्यान युनाइटेडले फराकिलो अग्रता बनाएको छ। शोरगुलपूर्ण सान मामेस स्टेडियममा पाहुना टोली सुरुआती चरणमै २-० ले पछि पर्न सक्थ्यो। विलियम्सले राम्रो […]