default_image

5 years ago

June 21, 2020

मेस्सीलाई कार्ड नदिनु गलत

121 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा शुक्रबार राति क्याटलान क्लब बार्सिलोना तेस्रो स्थानको सेभिल्लासँग गोलरहित बराबरीमा रोकिन बाध्य बन्यो । जितको दवाव बोकेर सेभिल्ला पुगेको बार्सिलोना मात्र १ अंक बटुलेर घर फर्कियो ।

सेभिल्लाको मैदानमा सोचेअनुरुपको प्रदर्शन गर्न नसक्दा हारबाट मुस्किलले बच्यो । खेल भरी नै बार्सिलोनाले भन्दा सेभिल्लाले बढी आक्रमण बुन्यो । अघिल्लो दुई खेलमा दुई गोल र दुई असिस्ट दिएका मेस्सीले सेभिल्लाविरुद्धको खेलमा पनि केही अवसरहरु बनाएपनि गोल गर्नबाट चुक्यो ।

सेभियाविरुद्ध गोल गर्न नसकेको तनाव मेस्सीमा प्रत्यक्ष झक्लिन्थ्यो । उनै मेस्सीले पहिलो हाफको अन्त्यतिर गरेको व्यवहारको अहिले चर्चा र आलोचना भइरहेको छ । पहिलो हाफको अन्त्यतिर सेभिल्लाका रक्षक जुलेस काउन्डेले लुइस सुआरेजमाथि फउल गरेपछि खेलमा विवाद सिर्जना भएको थियो ।

त्यसक्रममा मेस्सी सेभिल्लाका खेलाडीमाथि जाइलागेका थिए । रेफ्री जोसे लुइस गोन्जालेजले मेस्सीको व्यवहारलाई प्रत्यक्ष देखेपनि कुनै कारवाही नै गरेनन् । मेस्सीलाई कुनै कार्ड नै नदिने रेफ्रीको पनि आलोचना भएको छ । यद्यपि त्यसै समयमा बार्सिलोनाका सर्जियो बुस्केट्स र सेभिल्लाका फर्नान्डोले भने पहेंलो कार्ड पाएका थिए ।

सुआरेजमाथि फउल भएपछि दुवै टिमका खेलाडीबीच केही समय झडपको स्थिति सिर्जना भएको थियो । मेस्सी एक्कासी सेभिल्लाका डिएगो कार्लाेसमाथि जाइलागे । प्राय मैदानमा शान्त देखिने मेस्सी केही पर रहेपनि आफ्नो आक्रोशलाई थाम्स सकेनन् र कार्लाेसमाथि जाइलागे । मेस्सीले हातले कार्लाेसको छातीमा धक्का दिदा यनी लड्न पुगेका थिए ।

सोही क्रममा रेफ्रीले बुस्क्वेट्स र फर्नान्डोलाई कार्ड देखाउँदै खेललाई सामान्य अवस्थामा ल्याए । मेस्सी भने रेफ्रीको कारवाहीबाट जोगिए । कार्लाेसले त्यसको केहि समयअघि मेस्सीलाई फउल गरेका थिए । मेस्सीले त्यही आक्रोश पोखेको हुन सक्ने अनुमान गरिएको छ ।

खेलपछि सेभिल्लाका प्रशिक्षक जुलियन लोपेटेगुईले मेस्सीको व्यवहारविरुद्ध रेफ्रीको आलोचना गर्दै कुनै प्रतिक्रिया नजानउँदा मजाक गरेको बताए । उनले मेस्सी ठुलो खेलाडी भएकोले कार्ड नै नदिएको आरोप लगाए ।

‘तपाईं अहिले पनि फुटज हेर्नसक्नुहुनेछ । त्यहाँ मेस्सीलाई रातो कार्ड नै हुनुपर्ने थियो । किनभने उनले अनावश्यक रुपमा विपक्षी खेलाडीलाई हातपात गरेका छन् । तर, ठुला खेलाडी भएका कारण नै रेफ्रीले उनलाई कार्ड दिएनन् । यो पक्षपात हो । फुटबलको लागि यो फोहोरी कुरा हो ।’ रियल म्याड्रिडका पूर्व प्रशिक्षक रहेका लोपेटगुईले भने ।

यता, बार्सिलोनाका प्रशिक्षक क्विके सेटिनले पनि मेस्सीले कार्लाेसमाथि जाइलाग्नुपर्ने कुनै कारण नरहेको बताएका छन् । ‘उनी संयम हुनुपर्ने थियो । तर, फुटबलमा कहिलेकाँही यस्तो हुन्छ ।’ सेटिनले भने ।

स्पेनिस रेफ्री विशेषज्ञ एन्डुजर ओलिभरले मेस्सी निर्विवाद रातो कार्डको भागीदार रहेको दावी गरे । ‘मेस्सी कार्लाेसमाथि हातपातमा उत्रनु हुने थिएन । उनको त्यो व्यवहार स्वभाविक थिएन । उनमा व्यक्तिग फ्रस्टेसन थियो,’ ओलिभरले भने ।

‘उनको व्यवहार रातो कार्ड कै हो । नत्र कम्तीमा पनि पँहेलो कार्डको थियो । ठुला खेलाडीको यस्तो खराव व्यवहारलाई वेवास्ता गर्नु राम्रो होइन । यदि त्यहाँ हुनै अन्य खेलाडी भएको भए । रातो कार्ड दिइने पक्का थियो ।’

May 2, 2025

ब्रेन्टफोर्डसँग नटिङ्घम फरेस्टको हार

एजेन्सी – नटिङ्घम फरेस्टको युईएफए च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का लागेको छ‌। घरेलु मैदानमा बिहीवार भएको प्रिमियर लिगको खेलमा फरेस्ट ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो।‌ सिटी ग्राउण्डमा भएको खेलमा ब्रेन्टफोर्डले दुबै हाफमा गोल गर्दै युरोपमा छनोट हुने आशा कायम राख्यो। केभिन शाडेले पहिलो हाफको अन्त्यतिर गोलको खाता खोले । ७०औं मिनेटमा योआने विस्साले ब्रेन्टफोर्डको […]

May 2, 2025

युरोपा लिगमा टोटेनहमलाई सफलता

एजेन्सी – टोटनहमले युरोपा लिगको फाइनलमा पुग्ने दिशामा एक कदम अगाडि बढाएको छ । नर्वेजियन क्लब बोडो/ग्लिम्टविरुद्धको सेमिफाइनलको पहिलो लेगमा ३-१ को जित हात पार्दै टोटनहम बलियो स्थितिमा पुगेको छ । टोटनहेमले बिहीवार गरेको प्रदर्शन यो सिजनको घरेलु प्रदर्शनमध्ये सबैभन्दा उत्कृष्टमध्ये एक हो । यसले सन् २००८ पछि पहिलो उपाधिको जित्ने सम्भावनालाई मजबुत बनाएको छ […]

May 2, 2025

युरोपा लिगमा म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले युरोपा लिगको फाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ। पहिलो हाफमा १० खेलाडीमा सिमित एथ्लेटिक क्लबलाई पहिलो लेगमा बिहीवार युनाइटेडले ३-० ले‌ हराएको छ। ओल्ड ट्राफोर्डमा हुने सेमिफाइनल दोस्रो लेगका लागि म्यान युनाइटेडले फराकिलो अग्रता बनाएको छ। शोरगुलपूर्ण सान मामेस स्टेडियममा पाहुना टोली सुरुआती चरणमै २-० ले पछि पर्न सक्थ्यो। विलियम्सले राम्रो […]

Success

Thank you for your time.