default_image

5 years ago

June 21, 2020

एट्लेटिकोको कठिन जित

103 views

0 Bookmark

एजेन्सी – रियल भालाडोलिडमाथि कठिन जित निकाल्दै एट्लेटिको म्याड्रिड स्पेनिस ला लिगाको तेस्रो स्थानमा उक्लन सफल भएको छ । एट्लेटिकोको भालाडोलिडमाथि १–० को कठिन जित निकाल्दै सेभिल्लालाई पछि पार्दै तेस्रो स्थानमा उक्लन सफल भएको हो । 

घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा शनिबार राति भएको खेलमा भिटोलोले खेल सकिन ९ मिनेट बाँकी रहँदा गरेको गो नै एट्लेटिकोको जितमा निर्णायक बन्यो । उनले खेलको ८१औं मिनेटमा डिएगो कोस्टाको पासमा सहज गोल गरेका थिए ।  त्यसअघि खेलको चौथो मिनेटमा नै घरेलु टोलीका गोलरक्षक जान ओब्लाकले उत्कृष्ट बचाउ गर्दै भालाडोलिडको सम्भावित अग्रता टारेका थिए ।

छैटौ मिनेटमा जोओ फेलिक्सले अवसर खेर फाल्दा एट्लेटिको अग्रता लिनबाट चुक्यो । २३औं मिनेटमा फेलिक्स पुनः चुके । दोस्रो हाफमा पनि एट्लेटिकोले गोलको अवसर सिर्जना गरेपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । ५५औं मिनेटमा थोमस लेमार चुक्दा एट्लेटिकोले अग्रता लिन सकेन । ७०औं मिनेटमा डिएगो कोस्टाले गोल गरेपनि उनी अफसाइड ठहरिए ।

८०औं मिनेटमा कोकीको फ्रिकिकलाई थोमस लेमारले प्रयास गरेपनि भालाडोलिडका गोलरक्षक जोसे एन्टोनियो कारो बाधक बने । त्यसको एक मिनेटपछि नै सब्सिच्युट भिटोलोले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । भिटोलो ७३औं मिनेटमा मार्काेस लोरेन्टेको स्थानमा मैदानमा प्रवेश गरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा एट्लेटिको १–० ले विजयी हुन सफल भयो ।

जितसँगै एट्लेटिकोको ३० खेलबाट ५२ अंक पुगेको छ । समान ५२ अंक रहेपनि सेभिल्ला गोल अन्तरमा पछि रहँदै चौथो स्थानमा झरेको छ । भालाडोलिड ३३ अंक जोडेर १५औं स्थानमा छ ।

यस्तै अर्काे खेलमा लेभान्टेले स्पान्योललाई ३–१ ले तथा एथ्लेटिको विल्वाओले रियल बेटिसलाई १–० ले पराजित गर्दा गेटाफे र एइवरले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

May 2, 2025

ब्रेन्टफोर्डसँग नटिङ्घम फरेस्टको हार

एजेन्सी – नटिङ्घम फरेस्टको युईएफए च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का लागेको छ‌। घरेलु मैदानमा बिहीवार भएको प्रिमियर लिगको खेलमा फरेस्ट ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो।‌ सिटी ग्राउण्डमा भएको खेलमा ब्रेन्टफोर्डले दुबै हाफमा गोल गर्दै युरोपमा छनोट हुने आशा कायम राख्यो। केभिन शाडेले पहिलो हाफको अन्त्यतिर गोलको खाता खोले । ७०औं मिनेटमा योआने विस्साले ब्रेन्टफोर्डको […]

May 2, 2025

युरोपा लिगमा टोटेनहमलाई सफलता

एजेन्सी – टोटनहमले युरोपा लिगको फाइनलमा पुग्ने दिशामा एक कदम अगाडि बढाएको छ । नर्वेजियन क्लब बोडो/ग्लिम्टविरुद्धको सेमिफाइनलको पहिलो लेगमा ३-१ को जित हात पार्दै टोटनहम बलियो स्थितिमा पुगेको छ । टोटनहेमले बिहीवार गरेको प्रदर्शन यो सिजनको घरेलु प्रदर्शनमध्ये सबैभन्दा उत्कृष्टमध्ये एक हो । यसले सन् २००८ पछि पहिलो उपाधिको जित्ने सम्भावनालाई मजबुत बनाएको छ […]

May 2, 2025

युरोपा लिगमा म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले युरोपा लिगको फाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ। पहिलो हाफमा १० खेलाडीमा सिमित एथ्लेटिक क्लबलाई पहिलो लेगमा बिहीवार युनाइटेडले ३-० ले‌ हराएको छ। ओल्ड ट्राफोर्डमा हुने सेमिफाइनल दोस्रो लेगका लागि म्यान युनाइटेडले फराकिलो अग्रता बनाएको छ। शोरगुलपूर्ण सान मामेस स्टेडियममा पाहुना टोली सुरुआती चरणमै २-० ले पछि पर्न सक्थ्यो। विलियम्सले राम्रो […]

Success

Thank you for your time.