default_image

5 years ago

June 20, 2020

हालान्ड चम्कँदा डर्टमुन्डले लाइप्जिगलाई हरायो

118 views

0 Bookmark

एजेन्सी – युवा सनसनी एर्लिङ ब्राउट हालान्डको दुई गोल सहयोगमा बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगामा आरबी लाइप्जिगलाई पराजित गरेको छ । डर्टमुन्डले घरेलु टोलीमाथि २–० को सहज जित हात पारेको हो ।

रेडबुल एरिना लाइप्जिगमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलको ३०औं मिनेटमा हालान्डको गोलबाट डर्टमुन्डले १–० को अग्रता बनायो । हालान्डले जियोभानी रेनाको पासमा गोल गरेका थिए । त्यसअघि डर्टमुन्डले गोलका केही सुन्दर मौक खेर फालेका थिए । राफयल गुरेरो, थोर्गन  हाजार्ड र हालान्डले गोलको अवसर खेर फालेका थिए । ४०औं मिनेटमा टिमो वर्नरको प्रहार रोमन बुर्कीले बचाउदा लाइप्जिग खेल बराबरी गर्नबाच चुक्यो ।

दोस्रो हाफको सुरुमै हालान्डले सुन्दर मौका खेर फाले । ५२औं मिनेटमा राफयल गुरेरोको पासमा हालान्डको प्रहार क्रसबारमा लागेर फर्कदा डर्टमुन्ड अग्रता दोब्बर बनाउनबाट चुक्यो । ७०औं मिनेटमा प्याट्रिकको प्रहारलाई डर्टमन्डका रक्षकले ब्लक गर्दै सम्भावित बराबरी टारे । ८०औं मिनेटमा लाइप्जिगका क्रिस्टियन एन्कुकुको प्रहारले पोस्टको दिशा लिन सकेन ।

८९औं मिनेटमा टेलर एडम्सले मौकालाई सदुपयोग गर्न सकेन । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा हालान्डले अर्काे गोल थप्दै डर्टमुन्डलाई २–० को सहज जित दिलाए । हालान्डले यसपटक जुलियन ब्रान्डको पासमा गोल गरेका थिए ।

जितसँगै डर्टमुन्ड ३३ खेलबाट ६९ अंक जोड्दै दोस्रो स्थान पक्का गरेको छ । पराजित लाइप्जिग ६३ अंक जोडेर तेस्रो स्थानमा यथावत छ ।  डर्टमुन्डमाथि जित निकाल्न सकेको भए लाइप्जिगले अर्काे सिजनको लागि च्याम्पियन्स लिगमा स्थान सुरक्षित गर्ने थियो ।

हारले पनि लाइप्जिगको शीर्ष चारमा पर्ने सम्भावना जीवितै छ । अब लिगको अन्तिम खेलमा अग्सबर्गलाई पराजित गर्न सके लाइप्जिग शीर्ष चारमा रहेर अर्काे सिजनको लागि च्याम्पियन्स लिगलाई छनोट हुनेछ ।

अन्य नतिजाहरु

बायर्नविरुद्ध फ्रेइवर्ग (–१)

एफसी कोल्नविरुद्ध आइनट्राख्ट फ्रान्कफर्ट (१–१)

फोर्टुना डुसेलडर्फविरुद्ध अग्सवर्ग (१–१)

हेर्था बर्लिनविरुद्ध बायर लिभरकुसन (–०)

होफेनहाइनविरुद्ध युनियन बर्लिन (–०)

मेइन्जविरुद्ध वेर्डर ब्रेमेन (–१)

पाडेरवर्नविरुद्ध बोरुसिया मोन्चेनग्लाडवाक (१–)

साल्केविरुद्ध वल्फ्सवर्ग (१–)

May 2, 2025

ब्रेन्टफोर्डसँग नटिङ्घम फरेस्टको हार

एजेन्सी – नटिङ्घम फरेस्टको युईएफए च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का लागेको छ‌। घरेलु मैदानमा बिहीवार भएको प्रिमियर लिगको खेलमा फरेस्ट ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो।‌ सिटी ग्राउण्डमा भएको खेलमा ब्रेन्टफोर्डले दुबै हाफमा गोल गर्दै युरोपमा छनोट हुने आशा कायम राख्यो। केभिन शाडेले पहिलो हाफको अन्त्यतिर गोलको खाता खोले । ७०औं मिनेटमा योआने विस्साले ब्रेन्टफोर्डको […]

May 2, 2025

युरोपा लिगमा टोटेनहमलाई सफलता

एजेन्सी – टोटनहमले युरोपा लिगको फाइनलमा पुग्ने दिशामा एक कदम अगाडि बढाएको छ । नर्वेजियन क्लब बोडो/ग्लिम्टविरुद्धको सेमिफाइनलको पहिलो लेगमा ३-१ को जित हात पार्दै टोटनहम बलियो स्थितिमा पुगेको छ । टोटनहेमले बिहीवार गरेको प्रदर्शन यो सिजनको घरेलु प्रदर्शनमध्ये सबैभन्दा उत्कृष्टमध्ये एक हो । यसले सन् २००८ पछि पहिलो उपाधिको जित्ने सम्भावनालाई मजबुत बनाएको छ […]

May 2, 2025

युरोपा लिगमा म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले युरोपा लिगको फाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ। पहिलो हाफमा १० खेलाडीमा सिमित एथ्लेटिक क्लबलाई पहिलो लेगमा बिहीवार युनाइटेडले ३-० ले‌ हराएको छ। ओल्ड ट्राफोर्डमा हुने सेमिफाइनल दोस्रो लेगका लागि म्यान युनाइटेडले फराकिलो अग्रता बनाएको छ। शोरगुलपूर्ण सान मामेस स्टेडियममा पाहुना टोली सुरुआती चरणमै २-० ले पछि पर्न सक्थ्यो। विलियम्सले राम्रो […]

Success

Thank you for your time.