5 years ago
June 21, 2020
एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका सर्वियन फरवार्ड लुका जोभिचले इटालियन क्लब एसी मिलान जाने योजना बनाएका छन् । अघिल्लो सिजन मात्रै रियलमा आएका जोभिचले समरमा नै मिलान जाने योजना बनाएका हुन् ।
अघिल्लो सिजन मात्रै जर्मन क्लब आइनट्राख्ट फ्रान्कफर्टबाट ५४ मिलियन पाउन्डमा रियलमा आएका उनी निकै फ्लप देखिए । जिनेदिन जिदानको प्रशिक्षणमा जोभिकले ला लिगामा चार खेलमा मौका पाउदा २ गोल गरेका छन् । रियलले जोभिचलाई करिम बेन्जेमाको विकल्पको रुपमा क्लबमा अनुबन्ध गरेको थियो । तर, उनले रियलमा सोचेअनुरुपको खेल पस्कनै नसक्दा बेच्ने योजना बनाएको छ ।
रियलमा प्रभावकारी प्रदर्शन गर्नबाट चुकेका उनी इटलीमा आफ्नो प्रदर्शनलाई सुधार्न चहान्छ । जोभिचले फ्रान्कफर्टमा २०१८÷१९ को सिजमा २७ गोल गरेका थिए । जोभिचले आफ्ना टिमका पुर्व सहयात्री एन्टी रेविचसँग पुनः जोडिएर खेल्ने योजना रहेको बताएको छ । जोभिच म्याड्रिडमा आउँदा रेविच मिलान पुगेका थिए ।
जोभिच अहिले चोटका कारण टिम बाहिर रहेका छन् । उनी कोरोना संक्रमण सुरु हुँदाको समयमा सर्बिया पुगेपनि त्यहाँ लकडाउनको नियम उल्लंघन गरेपछि आलोचनाको शिकार भएका थिए ।
May 2, 2025
एजेन्सी – नटिङ्घम फरेस्टको युईएफए च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का लागेको छ। घरेलु मैदानमा बिहीवार भएको प्रिमियर लिगको खेलमा फरेस्ट ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो। सिटी ग्राउण्डमा भएको खेलमा ब्रेन्टफोर्डले दुबै हाफमा गोल गर्दै युरोपमा छनोट हुने आशा कायम राख्यो। केभिन शाडेले पहिलो हाफको अन्त्यतिर गोलको खाता खोले । ७०औं मिनेटमा योआने विस्साले ब्रेन्टफोर्डको […]
May 2, 2025
एजेन्सी – टोटनहमले युरोपा लिगको फाइनलमा पुग्ने दिशामा एक कदम अगाडि बढाएको छ । नर्वेजियन क्लब बोडो/ग्लिम्टविरुद्धको सेमिफाइनलको पहिलो लेगमा ३-१ को जित हात पार्दै टोटनहम बलियो स्थितिमा पुगेको छ । टोटनहेमले बिहीवार गरेको प्रदर्शन यो सिजनको घरेलु प्रदर्शनमध्ये सबैभन्दा उत्कृष्टमध्ये एक हो । यसले सन् २००८ पछि पहिलो उपाधिको जित्ने सम्भावनालाई मजबुत बनाएको छ […]
May 2, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले युरोपा लिगको फाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ। पहिलो हाफमा १० खेलाडीमा सिमित एथ्लेटिक क्लबलाई पहिलो लेगमा बिहीवार युनाइटेडले ३-० ले हराएको छ। ओल्ड ट्राफोर्डमा हुने सेमिफाइनल दोस्रो लेगका लागि म्यान युनाइटेडले फराकिलो अग्रता बनाएको छ। शोरगुलपूर्ण सान मामेस स्टेडियममा पाहुना टोली सुरुआती चरणमै २-० ले पछि पर्न सक्थ्यो। विलियम्सले राम्रो […]