9 years ago
August 11, 2016
नेपाल प्रहरीको महेन्द्र पुलिस क्लब र सेनाको त्रिभुवन आर्मी क्लब चितवनमा जारी चौथो नेपाल कप फुटबल प्रतियोगिताको बिहिबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
क्याम्पाचौरमा भएको प्रतियोगिताको पहिलो खेलमा पुलिस क्लबले एभरेष्ट क्लब चितवनलाई ३ – ० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का ग¥यो । सेमिममा उसको भिडन्त शुक्रबार हुने ब्वाईज युनियन र सशस्त्र प्रहरी बलको एपिएफ क्लबको विजेता संग हुनेछ ।
प्ररीका लागि सुमन लामाले पहिलो हाफको २८ औं मिनट गोल गर्दै टिमलाई अग्रता दिलाए । उनले १० औं र १६ औं मिनटमा पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । उनले डि बक्स अगाडी पाएको बललाई गोलमा परिणत गर्न सकेनन् । यस्तै दोश्रो हाफको १९ औं मिनटमा पुलिसमा रवी पासवानले गोल गर्दै गोल संख्यालाई दोब्बर पारे । खेललाई आफ्नो पकडमा राखेको पुलिसको लागि तेश्रो गोल सुमन लामाले ३६ औं मिनटमा गर्दै जित निश्चित गरे । पुलिसको अगाडी निरिह देखिएको एभरेष्टका दिपेन्द्र ठकुरीले २३ औं मिनटमा पाएको डाईरेक्ट किकलाई पुलिसका गोल रक्षक सजित गुरुङ्गले नाकाम बनाई दिए । २४ औं मिनटमा डि बस्क भित्र पाएको बललाई मिलन गुरुङ्गले सदुपयोग गर्न सकेनन् ।
दुई गोल गरेका सुमन लामा म्यान अफ द म्याच घोषित भए ।
स्पोर्टस् फर अल, नेपालको आयोजनामा भएको प्रतियोगिताको दोश्रो खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले विरगंज युथ एकेडेमीलाई ३–० गोल अन्तरलेनै पराजित गर्दै सेमिफाइन प्रवेश ग¥यो । अव सेनाको भिडन्त एनआरटी क्लबसंग हुनेछ । पुरा खेललाई आफ्नो नियन्त्रणमा राखेको सेनाले पहिलो हाफमा कुनै गोल गर्न सकेन । पहिलो हाफमा दक्षिण एशियाली फुटबलमा नायक नवयुग श्रेष्ठले १२ र्औ मिनटमा पाएको बललाई पोलमाथी बाट प्रहार गर्न पुगे । त्यस्तै उनले १४ र्औ मिनटमा डिबक्स नजिकबाट हानेको बललाई गोल रक्षक जयराम चौधरीले बचाए ।
खेलको दोश्रो हाफको दोश्रो मिनटमा राजु तामाङ्गले गोल रक्षक चौधरीबाट डिफ्लेक्ट भएर आएको बललाई गोल पोस माथी हाने । पाँचौं मिनटमा डि बस्क भित्र पाएको बललाई भरत खवासले गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाए । यस्तै १० औं मिनटमा दिपक गुरुङ्गले कर्नरबाट पाएको बललाई हेड मार्फत गोल गर्दै गोल संख्यामा बृद्धि गरे । यस्तै १४ र्औ मिनटमा नवयुगले हानेको बल बारमा लागेर फर्कियो । यस्तै ३२ औं मिनटमा दीप लामाले गोल गर्दै आर्मीको जित निश्चित गरे ।
सेनाका क्याप्टेन भरत खवास म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगितको अन्तिम क्वाटरफाइनल खेल काठमाण्डौको ब्वाईज युनियन क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबविच हुने कार्यक्रम रहेको छ ।
March 24, 2025
एजेन्सी – नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै साविकक विजेता स्पेनले लगातार तेस्रो पटक युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेग आइतवार ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो । पहिलो लेगमा पनि २-२ को बराबरी थियो। समग्रमा ५-५ को बराबरीपछिको पेनाल्टीमा स्पेन भाग्यमानी रह्यो । पाहुना टोली नेदरल्याण्ड्सका लागि मेम्फिस डेपे, इयान मास्टेन […]
March 24, 2025
एजेन्सी – फ्रान्सले युइएफए नेसन्स लिगको क्वार्टरफाइनलमा क्रोएसियामाथि पुनरागमन जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । सोमवार बिहान भएको क्वार्टरफाइनलको दोस्रो लेगको सडन डेथमा ५-४ को जित सहित फ्रान्सले सेमिफाइनलमा स्थान बनाएको हो । दोस्रो लेगको निर्धारित समयमा फ्रान्सले २–० को अग्रता बनायाे । शुक्रवार क्रोएसियाको घरेलु मैदानमा भएको खेलमा फ्रान्स २-० ले पराजित […]
March 24, 2025
एजेन्सी – डेनमार्कलाई क्वाटरफाइनलमा पराजित गर्दै पोर्चुगल युइएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा आइतवार ५-२ को जित निकालेको पोर्चुगल समग्रमा ५-३ अग्रतासहित अघि बढ्यो । पहिलो लेगमा डेनमार्क १-० ले विजयी भएको थियो । पोर्चुगललाई घरेलु मैदानमा जित दिलाउन फ्रान्सिस्को ट्रिन्काओले २ , क्रिस्टियानो रोनाल्डो र गोन्सालो रामोसले समान १ […]